NE/Prabhupada 0553 - हिमालय जान आवश्यक छैन । लस एन्जलस शहरमा नै बस्न सकिन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0553 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Los Angeles]] | [[Category:NE-Quotes - in USA, Los Angeles]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0552 - यो जन्म र मृत्युको पुनरावृत्ति कसरी रोक्ने - म विष पिउँदैछु|0552|NE/Prabhupada 0554 - यस मायिका संसारको प्रशान्त महासागरको बीचमा|0554}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|sqiZA5cx0_k|हिमालय जान आवश्यक छैन । लस एन्जलस शहरमा नै बस्न सकिन्छ<br />- Prabhupāda 0553}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681219-BG_part5_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 20:50, 29 January 2021
Lecture on BG 2.62-72 -- Los Angeles, December 19, 1968
प्रभुपाद: योगी र अरु विधिहरु, तिनीहरु इन्द्रियलाई बलपूर्वक नियन्त्रण गर्ने प्रयास गर्दै छन् | "म हिमालय जानेछु | म अरु कुनै सुन्दर स्त्री हेर्ने छैन | म आफ्नो आँखा बन्द गर्नेछु |" यी बलपूर्वक हुन् | तपाई आफ्नो इन्द्रिय नियन्त्रण गर्न सक्नुहुन्न | धेरै घटनाहरु छन् | तपाई हिमालय जान जरुरत छैन | तपाई लस-एन्जलसमा बस्नुहोस् र आफ्ना आँखालाई कृष्णलाई हेर्नमा संग्लग्न गराउनुहोस्, तपाई हिमालयमा गएको व्यक्ति भन्दा धेरै राम्रो हुनुहुन्छ | तपाईले अरु सबै कुरा बिर्सनुहुनेछ | यो हाम्रो विधि हो | तपाईले आफ्नो स्थिति परिवर्तन गर्नुपर्दैन | तपाई आफ्ना कानलाई भगवद गीता यथारूप सुन्नमा संग्लग्न गराउनुहोस्, तपैले सबै नचाहिने कुरा बिर्सनुहुनेछ | तपाई अर्च विग्रह, कृष्णलाई हेर्नमा आफ्ना आँखालाई संग्लग्न गराउनुहोस् | तपाई आफ्ना जिब्रो कृष्ण प्रसादम् चाख्न संग्लग्न गराउनुहोस् | तपाई आफ्ना खुट्टा यस मन्दिर आउँ संग्लग्न गराउनुहोस् | तपाई आफ्ना हात कृष्णको लागि काम गर्न संग्लग्न गराउनुहोस् | तपाई आफ्नो नाक कृष्णलाई अर्पित फुल सुँघ्न संग्लग्न गराउनुहोस् | तब तपाईको इन्द्रिय कहाँ जानेछ ? ऊ सबैतिरबाट मोहित हुन्छ | पूर्णता अवश्य हुन्छ | तपाईले आफ्ना इन्द्रिय बलपूर्वक नियन्त्रण गर्नुपर्दैन, नहेर्नुहोस, त्यो नगर्नुहोस् | होइन | तपाईले आफ्नो संग्लाग्नता, स्तर परिवर्तन गर्नुपर्छ | त्यसले तपाईको मदत गर्छ | अघि बढ |
तमाल कृष्ण: तात्पर्य | "यो पहिले व्याख्या भइसक्यो कि कसैले बाहिरी रुपले कृत्रिम विधिबाट इन्द्रिय नियन्त्रण गर्न सक्छ, तर जबसम्म इन्द्रियहरु भगवानको दिव्य सेवामा संग्लग्न हुँदैनन्, पतनको धेरै मौका हुन्छ | पूर्ण कृष्ण भावनामा भएको व्यक्ति केहि समयको लागि इन्द्रियको स्तरमा हुन सक्छ, वास्तवमा, ऊ कृष्ण भावनाभावित भएकाले, उसको त्यस्तो इन्द्रियातित गतिविधिप्रति कुनै आशक्ति वा अनाशक्ति हुँदैन | कृष्ण भावनाभवित व्यक्ति केवल कृष्णको सन्तुष्टि बाहेक अरु केहिमा चिन्तित हुँदैन | तसर्थ ऊ सबै आशक्ति र अनाशक्तिप्रति दिव्य हुन्छ | यदि कृष्ण चाहनुहुन्छ, भक्तले जे पनि गर्न सक्छन जुन साधारणतया अवान्छनीय हुन्छ, र यदि कृष्णले चाहनुहुन्न, उसले केहि गर्दैन जुन उसले साधारणतया आफ्नो सन्तुष्टिको लागि गर्ने थियो | तसर्थ कार्य गर्ने वा नगर्ने उसको नियन्त्रणमा हुन्छ किनकि ऊ केवल कृष्णको निर्देशन अन्तर्गत कार्य गर्छ | यो चेतन भगवानको अहैतुकी कृपा हो जुन भक्तले इन्द्रियातित स्तरमा आशक्त भएतापनि प्राप्त गर्छ |" ६५: "यसरी कृष्णभवनमा सन्तुष्ट रहने व्यक्तिका लागि संसारका तिनै किसिमका भौतिक कष्टहरु टिक्दैनन् | यस्तो खुसी मुद्रामा उसको बुद्धि स्थीर हुन्छ |" ६६: "दिव्य चेतनामा अवस्थी नभएको व्यक्तिको न नियन्त्रित मन हुनसक्छ न स्थिर बुद्धि, जसको बिना शान्तिको कुनै सम्भावना छैन र शान्तिबिना कसरी कुनै सुख हुन्छ ?" ६७.....
प्रभुपाद: यस भौतिक जगतमा सबजन, तिनीहरु शान्ति पछी छन्, तर तिनीहरु इन्द्रिय नियन्त्रण गर्न चाहन्नन् | यो सम्भव छैन | जस्तै तपाई रोगि हुनुहुन्छ, र डाक्टर भन्नुहुन्छ कि "तपाई यो औषधि लिनुहोस्, तपाई यो भोजन लिनुहोस्," तर तपाई नियन्त्रण गर्न सक्नुहुन्न | तपाई आफुलाई जे मन लाग्छ लिनुहुन्छ, चिकित्सकको सल्लाह विरुद्ध | तब तपाईको उपचार कसरी हुन्छ ? त्यसैगरी, हामी यस भौतिक जगतको अरजाक परिस्थितिको औषधि चाहन्छौं, हामी शान्ति र समृद्धि चाहन्छौं, तर हामी इन्द्रिय नियन्त्रण गर्न तयार छैनौँ | हामीलाई थाहा छैन कि कसरी इन्द्रिय नियन्त्रण गर्ने | हामीलाई इन्द्रिय नियन्त्रण गर्ने वास्तविक योगीक सिद्धान्त थाहा छैन | त्यसैले शान्तिको कुनै सम्भावना छैन | कुतः शान्तिर् अयुक्तस्य | भगवद गीतामा ठ्याक्क शब्द छ | यदि तपाई कृष्ण भावनामा संग्लग्न हुनुहुन्छ, शान्तिको सम्भावना छैन | कृत्रिम तरिकाले तपाईले त्यसको लागि प्रयास गर्न सक्नुहुन्छ | यो सम्भव छैन |