NE/Prabhupada 0261 - भगवान् र भक्त समान स्तरमा हुनुहुन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0261 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Seattle]] | [[Category:NE-Quotes - in USA, Seattle]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0260 - इन्द्रियहरुको निर्देशनमा हामीले जन्म-जन्मान्तर पाप गर्दैछौं|0260|NE/Prabhupada 0262 - हामीले सधैं सोच्नुपर्छ कि हाम्रो सेवा पूर्ण भएको छैन|0262}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|Ly_jM2K9rVo|भगवान् र भक्त समान स्तरमा हुनुहुन्छ- Prabhupada 0261}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/680927LE.SEA_clip5.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 20:06, 29 January 2021
Lecture -- Seattle, September 27, 1968
प्रभुपाद: अहिले, तपाईको देशमा यी युवा-युवतीहरु यस कृष्ण भावनामृत अभियान प्रचार गर्न प्रयासरत छन् | त्यसैले मेरो विनम्र निवेदन छ कि तपाई सबजना यस दिव्य विषय बुझ्ने प्रयास गर्नुहोस् | केवल हरे कृष्ण जपेर तपाईले क्रमिक रुपमा कृष्णप्रति प्रेम-भाव विकास गर्नुहुनेछ | र जब तपाई कृष्णलाई प्रेम गर्न सुरु गर्नुहुन्छ, तपाईका सम्पूर्ण समस्याहरु...... त्यसको मतलब तपाईले पूर्ण सन्तुष्टि अनुभव गर्नुहुनेछ | समस्या वा दुःख मनमा उत्पन्न हुन्छ | एउटा मानिसले मासिक ६००० डलर प्राप्त गर्दैछ; एउटा मानिसले मासिक २०० डलर प्राप्त गर्दैछ | तर मैले कलकत्तामा एउटा ६००० डलर कमाउने मानिसले आत्महत्या गरेको देखेको थिएँ | आत्महत्या गर्ने | किन ? त्यो धनले उसलाई सन्तुष्टि दिन सकेन | उसले अरु केहि चाहन्थ्यो | यो भौतिक वातारणमा ठुलो मात्राको धनराशीले तपाईलाई कहिल्यै सन्तुष्टि दिनेछैन, किनकि हामी सबजना इन्द्रियका दास हौँ | इन्द्रियको सेवाको यो स्तर कृष्णको सेवाको स्तरमा स्थानान्तरित हुनुपर्छ, र त्यस समयमा तपाईले सम्पूर्ण समस्याको समाधान प्राप्त गर्नुहुनेछ |
धेरै, धेरै धन्यवाद |
(भक्तहरु दण्डवत गर्छन्)
कुनै प्रश्न ?
भक्त: प्रभुपाद, कृष्णको तस्विर परम हुन्छ होइन ? तस्विर कृष्ण समान हुन्छ | के शुद्ध भक्तको तस्विर पनि त्यस्तै परम हुन्छ ?
प्रभुपाद: भक्तको तस्विर ?
भक्त: एक शुद्ध भक्त |
प्रभुपाद: हो |
भक्त: यो पनि उही रुपमा परम.....
प्रभुपाद: हो |
भक्त: मानौं प्रह्लाद महाराज र नृसिंह-देवको तस्विर पनि..... प्रह्लाद पनि नृसिंह-देव सरह उपस्थित हुनुहुन्छ |
प्रभुपाद: हो | भगवान् र भक्त समान स्तरमा हुनुहुन्छ | सबजना | भगवन्, उहाँको नाम, उहाँको रुप, उहाँको गुण, उहाँका पार्षद, उहाँका सज-सामग्री | सबै कुरा परम हुन्छन् | नाम गुण रूप लीला परि....... र लीलाहरु | जस्ती हामीले कृष्णको बारेमा श्रवण गर्दैछौं, यो पनि कृष्णभन्दा अभिन्न हुन्छ | जब हरे कृष्णको कीर्तन हुन्छ, यस हरे कृष्ण ध्वनि पनि कृष्णभन्दा अभिन्न हुन्छ | सबै कुरा परम हुन्छन् | तसर्थ कृष्णका शुद्ध भक्त पनि कृष्णभन्दा अभिन्न हुन्छन् | यो भनेको एकै समयमा एक र भिन्न | अचिन्त्य-भेदाभेद-तत्त्व | यो सिद्धान्त बुझ्नुपर्छ कि कृष्ण परम पुरुष एवं परम शक्ति हुनुहुन्छ र हामीले देख्ने तथा अनुभव गर्ने सबै कुरा कृष्णका विभिन्न शक्तिहरु हुन् | शक्ति र शक्तिशाली भिन्न हुन सक्दैनन् | तसर्थ उनीहरु सबै परम-स्तरमा अवस्थित हुन्छन् | केवल माया वा अज्ञानताले ढाकिएको समयमा यो भिन्न हुन्छ | त्यति हो |