NE/Prabhupada 0684 - योगको परिक्षण - तपाईले आफ्नो मन विष्णुको रुपमा एकाग्र पार्न सक्नुहुन्छ कि सक्नुहुन्न: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0684 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 8: | Line 8: | ||
[[Category:Nepali Pages - Yoga System]] | [[Category:Nepali Pages - Yoga System]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0683 - समाधिमा अवस्थित योगी र कृष्ण भावनाभावित व्यक्तिमा कुनै भिन्नता छैन|0683|NE/Prabhupada 0685 - भक्ति-योग विधि - यो जीवनमा पनि तत्काल नतिजा, आत्म-साक्षात्कार र मुक्ति प्राप्त हुन्छ|0685}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 16: | Line 19: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|Rbt1axPzZ-A|योगको परिक्षण - तपाईले आफ्नो मन विष्णुको रुपमा एकाग्र पार्न सक्नुहुन्छ कि सक्नुहुन्न<br />- Prabhupāda 0684}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690219BG-LA_Clip4.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:12, 29 January 2021
Lecture on BG 6.30-34 -- Los Angeles, February 19, 1969
विष्णुजन: श्लोक बत्तीस: "ऊ पूर्ण योगी हो, जसले आत्मा सबैमा अवस्थित हुन्छ भन्ने जानेर, सम्पूर्ण जीवको वास्तविक समानता देख्छ, आफ्नो खुसी र पिडामा, हे अर्जुन (भ गी ६|३२) |"
प्रभुपाद: यो सर्वभौं दृष्टि हो | यो होइन कि भगवान तपाईको हृदयमा हुनुहुन्छ र बिरालो, कुकुर वा गाईको हृदयमा हुनुहुँदैन | उहाँ सबैको हृदयमा बस्नुहुन्छ | यो भनिन्छ कि सर्व-भूतानाम् | सर्व-भूत भनेको सम्पूर्ण जीव | उहाँ मानव हृदयमा अवस्थित हुनुहुन्छ, उहाँ कमिलाको हृदयमा अवस्थित हुनुहुन्छ, उहाँ कुकुरको हृदयमा अवस्थित हुनुहुन्छ, उहाँ सबैको हृदयमा अवस्थित हुनुहुन्छ | तर कुकुर र बिरालो, तिनीहरु अनुभव गर्न सक्दैनन् | यो भिन्नता छ | तर एक मानव, यदि उसले अभ्यास गर्छ, यदि उसले योग-अभ्यास पालन गर्छ- सांख्य-योग विधि, भक्ति योग विधि- तब उसले प्राप्त गर्न सक्षम हुन्छ | यो यस मानव जीवनको परमाधिकार हो | र यदि हामीले यस मौका गुमाउँछौं, यदि हामीले प्राप्त गर्दैनौं, यदि हामीले भगवानसँगको आफ्नो अस्तित्व चिन्दैनौं, तब हामीले यो मौका गुमाउन्छौँ | यो, विकासवादी प्रक्रिया पछी, ८४,००,००० योनीबाट आएर, जब हामीले यस मानव जीवन प्राप्त गर्छौं, यदि हामीले यो मौका गुमाउँछौँ, तब हामीले कति घाटा बेहोर्नुपर्छ, तपाईलाई थाहा छैन | त्यसैले हामी त्यो सम्बन्धि सचेत हुनुपर्छ | हामीले यो मौका गुमाउनु हुँदैन | तपाईको धेरै राम्रो शरीर छ, मानव शरीर र बुद्धि, र सभ्य जीवन | हामी पशु जस्ता होइनौं | हामीले शान्तिपुर्ण ढंगले सोच्न सक्छौं, पशुको जस्तो हाम्रो जीवनको लागि कुनै कठिन संघर्ष छैन | त्यसैले हामीले उपयोग गर्नुपर्छ | त्यो भगवद गीताको उपदेश हो | यो मौका नगुमाउनुहोस | उचित रुपमा उपयोग गर्नुहोस् | अघि बढ |
विष्णुजन: श्लोक तेत्तिस: "अर्जुनले भने: हे मधुसूदन, हजुरले वर्णन गर्नुभएको योगको विधि, मलाई अव्यवहारिक र असह्य लाग्छ किनकि मन अशान्त र अस्थिर छ (भ गी ६|३३) |"
प्रभुपाद: अब, यहाँ योग विधिको महत्वपूर्ण परिक्षा छ- तपाईले आफ्नो मन विष्णुको रुपमा एकाग्र गर्न सक्नुहुन्छ कि सक्नुहुन्न | यो विधि अगाडी नै सिकाएको छ कि तपाई यसरि बस्नुपर्छ, तपैले यसरि हेर्नुपर्छ, तपाई यसरि बाँच्नुपर्छ, धेरै कुराहरु हामीले पहिल्यै छलफल गरिसक्यौं | तर अर्जुन भन्छन् कि "यो मेरो लागि धेरै कठिन छ |" हामीले यो कुरा बुझ्नु पर्छ | उनी भन्छन्,"हे मधुसूदन, हजुरले वर्णन गर्नुभएको योगको विधि......." यस विधिलाई अष्टाङ्ग-योग भनिन्छ | अष्टाङ्ग-योग | आठ विभिन्न अंग | यम, नियम | सर्वप्रथम इन्द्रिय नियन्त्रण गर्नु, नियम पालन गर्नु, अनि बस्ने आसन अभ्यास गर्नु | तब श्वास लिने प्रक्रियाको अभ्यास गर्ने | तब आफ्नो मन एकाग्र बर्ने | तब रुपमा डुब्ने | आठ विधिहरु छैन, अष्टाङ्ग-योग | त्यसैले अर्जुन भन्नुहुन्छ,"यो अष्टाङ्ग-योग धेरै कठिन छ |" उनी भन्छन् कि "अव्यवहारिक |" "लाग्छ", अव्यवहारिक होइन | उनको लागि | जस्तै, यो अव्यवहारिक छैन | यदि यो अव्यवहारिक छ तब कृष्णले यसको वर्णन गरेर यति धेरै समस्या उठाउनु हुने थिएन | यो अव्यवहारिक छैन, तर लाग्छ | जे...... मेरो लागि एउटा कुरा अव्यवहारिक हुन सक्छ, तर तपाईको लागि व्यवहारिक हुन सक्छ, त्यो फरक कुरा हो | तर साधारणतया यो विधि सामान्य मानिसको लागि अव्यवहारिक छ | अर्जुन आफुलाई सामान्य मानिसको प्रतिनिधित्व गर्दैछन्, यो कुरामा कि उनी साधु होइनन्, वा उनले आफ्नो परिवार त्यागे, वा उनको रोटि समस्यासँग कुनै समस्या छैन | किनकि उनी आफ्नो राज्यको लागि लडाई गर्न युद्धभूमिमा थिए | त्यसैले उनलाई साधारण मानिस मानिन्छ | साधारण मानिसहरु, जो यी संसारिक गतिविधिहरुमा संग्लग्न हुन्छन्, आयआर्जन गर्न, पारिवारिक जीवन, बच्चा, पत्नी, धेरै समस्याहरु, उनीहरुको लागि यो सम्भव छैन | यहाँ मुख्य कुरा यहि छ | यो उनीहरुको लागि व्यवहारिक छ जसले सम्पूर्ण कुरा पूर्ण रुपमा त्यागिसके | एउटा एकान्त पवित्र स्थानमा, जस्तै पहाडमा वा पहाडको गुफामा | एक्लै, कुनै सार्वजनिक अशान्ति हुँदैन | त्यसैले साधारण मानिसको लागि कहाँ सुविधा छ, हाम्रो लागि, विशेषगरी यस युगमा | तसर्थ यो योग वढी व्यवहारिक छैन | यो अर्जुनद्वारा स्वीकारिएको छ, जो महान योद्धा थिए | र उनी यति विकसित थिए | उनी राजपरिवारका थिए र धेरै कुराहरुमा दक्ष थिए | उनले भन्छन् कि यो अव्यवहारिक छ | एबल बुझ्ने प्रयास गर्नुहोस् | र हामी अर्जुनको तुलनामा के छौं ? यदि हामी यो विधि प्रयास गर्छौं, यो सम्भव छैन | असफलता पक्का छ | तात्पर्य पढ |
विष्णुजन: "कृष्णद्वारा अर्जुनलाई व्याख्या गरिएको योग विधि, यहाँ अर्जुनद्वारा अस्विकार गरिएको छ......"
प्रभुपाद: हो, अस्विकार गरिएको, अर्जुन, हो |
विष्णुजन: "अयोग्यताको भावनाबाट | एक साधारण मानिसलाई घर छाड्न र एकान्त स्थानमा जान सम्भव छैन, यस कलि युगमा हिमाल वा जंगल गएर योग-अभ्यास गर्न | वर्तमान युगको लक्षण भनेको छोटो आयुमा जीवनको कठिन संघर्ष सामना गर्नुपर्छ |
प्रभुपाद: हो | सर्वप्रथम हाम्रो आयु धेरै छोटो छ | यदि तपाई गणना हेर्नुहुन्छ तपाईले देख्न सक्नुहुन्छ कि तपाईका पुर्खा सय वर्ष वा असि-नब्बे वर्ष बाँच्थे | अहिले साथी वर्ष, सत्तरी वर्षमा मानिस मार्दैछन् | क्रमैले यो घट्नेछ | यस युगमा स्मरणशक्ति, आयु, दया, धेरै कुराहरु घट्नेछन् | त्यो यस युगको लक्षण हो | अघि बढ |