NE/Prabhupada 0907 - आध्यात्मिक जगतमा, तथाकथित अनैतिकता पनि असल नै हुन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0907 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...") |
Visnu Murti (talk | contribs) No edit summary |
||
Line 2: | Line 2: | ||
[[Category:1080 Nepali Pages with Videos]] | [[Category:1080 Nepali Pages with Videos]] | ||
[[Category:Prabhupada 0907 - in all Languages]] | [[Category:Prabhupada 0907 - in all Languages]] | ||
[[Category:Nepali Pages - 207 Live Videos]] | |||
[[Category:NE-Quotes - 1973]] | [[Category:NE-Quotes - 1973]] | ||
[[Category:NE-Quotes - Lectures, Srimad-Bhagavatam]] | [[Category:NE-Quotes - Lectures, Srimad-Bhagavatam]] | ||
Line 8: | Line 9: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0906 - तिमीसँग शुन्य छ, कृष्णलाई राख्यौ भने तिमी दश बन्नेछौ|0906|NE/Prabhupada 0908 - यदि कृष्णले अनुमति दिनुभएन भने म कहिल्यै पनि सुखी हुने छैन|0908}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
'''<big>[[Vaniquotes: | '''<big>[[Vaniquotes:Any activities spiritual, that is all good, and any activity, material, that is all bad. This is the difference. Here, the so-called morality, goodness, they're all bad. And in the spiritual world, so-called immorality is also good|Original Vaniquotes page in English]]</big>''' | ||
</div> | </div> | ||
---- | ---- | ||
Line 16: | Line 20: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|D4WqwJdqayo|आध्यात्मिक जगतमा, तथाकथित अनैतिकता पनि असल नै हुन्छ<br/>- Prabhupāda 0907}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730418SB-LOS_ANGELES_clip6.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 07:24, 17 January 2018
730418 - Lecture SB 01.08.26 - Los Angeles
आध्यात्मिक जगतमा, तथाकथित अनैतिकता पनि असल नै हुन्छ
भक्त: “हजुर भौतिक रूपले विपन्न मानिसहरूको सम्पत्ति हुनुहुन्छ । भौतिक प्रकृतिका गुणहरूको क्रिया तथा प्रतिक्रियासँग हजुरको केही पनि सम्बन्ध छैन । हजुर आत्माराम हुनुहुन्छ र त्यसकारण हजुर नै सबैभन्दा भद्र मानिस हुनुहुन्छ र सम्पूर्ण अद्वैतवादीहरूका स्वामी हुनुहुन्छ । हजुर आत्माराम हुनुहुन्छ र त्यसकारण हजुर नै सबैभन्दा भद्र मानिस हुनुहुन्छ र सम्पूर्ण अद्वैतवादीहरूका स्वामी हुनुहुन्छ । भौतिक रूपले विपन्न मानिस । यो एउटा भक्तको पहिलो योग्यता हो । जसको यो भौतिक संसारमा केही पनि छैन । उसको सम्पत्ति नै केवल कृष्ण हो । यस्तो मानिसलाई अकिञ्चन–वित्त भनिन्छ । अकिञ्चन भनेको सम्पूर्ण भौतिक ऐश्वर्य गुमाएको मानिस हो । किनभने यदि तिमीसँग अलिकति पनि यस्तो बुद्धि छ भने कि “म यसप्रकार भौतिक रूपले सुखी हुन चाहन्छु”, तबसम्म तिमीले भौतिक शरीर स्वीकार गरिरहनुपर्ने हुन्छ । प्रकृति यति दयालु छिन् कि तिमी जसरी यो भौतिक संसारको भोग गर्न चाहन्छौ, प्रकृतिले भगवान्को निर्देशनमा तिमीलाई त्यस्तै किसिमको उपयुक्त शरीर प्रदान गर्दछिन् । भगवान् सबैको हृदयमा विराजमान हुनुहुन्छ । त्यसकारण, भगवान्लाई सबै कुराको ज्ञान छ र उहाँलाई यो पनि ज्ञान छ कि तिमीसँग केही भौतिक चाहना छ । कृष्णले तिमीलाई दिनुहुनेछ । “हुन्छ, तिमी लैजाऊ ।” कृष्णले तिमीलाई दिनुहुनेछ । “हुन्छ, तिमी लैजाऊ ।” यही नै कृष्णको उद्देश्य हो । उहाँ पूर्ण स्वतन्त्र हुनुहुन्छ । हुन त तिमीसँग पनि सूक्ष्म मात्रामा स्वतन्त्रता छ, किनभने हामी सबै कृष्णका अंश हौँ । किनभने हामी सबै कृष्णका अंश हौँ । रासायनिक संरचना । समुद्रको एक थोपा पानीमा पनि नुन मात्रा हुन्छ । हुन त त्यो नुन सम्पूर्ण समुद्रमा भएको नुनसँग तुलनामा आउनै सक्दैन । तर त्यो एक थोपा नुनमा पनि त्यही रसायन हुन्छ । यही हाम्रो ज्ञान हो । जन्माद्यस्य यतः (श्रीमद्भागवत १।१।१) । यही हाम्रो ज्ञान हो । जन्माद्यस्य यतः (श्रीमद्भागवत १।१।१) । पूर्ण रूपमा । जस्तै, कृष्ण भन्नुहुन्छ: मृत्युः सर्वहरश्च अहम् । अब हामीसँग अन्य मानिसका सामाग्रीहरू प्रयोग गर्ने प्रवृत्ति छ । तिमी यसलाई चोरी पनि भन्न सक्दछौ । हामीसँग त्यो प्रवृत्ति छ । किन ? किनकी कृष्णसँग पनि त्यो प्रवृत्ति छ । कृष्णलाई मक्खन–चोर पनि भनिन्छ । सुरुवात तथा चोरी । अतः जबसम्म कृष्णसँग चोर्ने प्रवृत्ति हुन्छ, मसँग पनि त्यो प्रवृत्ति हुन्छ । तर कृष्णले गर्ने चोरी र मैले गर्ने चोरी फरक हुन्छ । किनभने म भौतिक रूपले प्रदूषित छु । त्यसकारण, यदि मैले चोरी गरेँ भने त्यो निन्दनीय हुन्छ । जबकी विशुद्ध आध्यात्मिक स्तरमा रहेर गरिने चोरी पनि अत्यन्त असल तथा आनन्ददायक हुन्छ । कृष्णले चोरी गर्दा माता यशोदा आनन्दित हुनुहुन्छ । भौतिक र आध्यात्मिक चोरीमा यो भिन्नता हुन्छ । अतः आध्यात्मिक गतिविधि सधैँ असल हुन्छ र भौतिक गतिविधि सधैँ खराब हुन्छ । यही नै भिन्नता हो । भौतिक संसारमा हुने तथाकथित नैतिकता तथा भलाद्मीपन पनि खराब हुन्छ । र आध्यात्मिक जगतमा हुने तथाकथित अनैतिकता पनि असल हुन्छ । तिमीले यो बुझ्नुपर्दछ । जस्तै, मध्यरातमा परस्त्रीसँग नृत्य गर्नु अनैतिक काम हो । यो सबैलाई थाहा छ । र वैदिक सभ्यतामा यो निषेध गरिएको छ । एउटी युवती मध्यरातमा परपुरुषसँग नृत्य गर्नका लागि घरबाट दौडिरहेकी छिन् । भारतमा कदापि यसको अनुमति दिइएको छैन । यो आजसम्म पनि निषेधित छ । तर हामी पाउँदछौँ, जब गोपीहरूले मध्यरातमा बाँसुरीको धुन सुने तब तिनीहरू तत्काल कृष्णकहाँ आए । भौतिक दृष्टिकोणले हेर्दा यो घोर अनैतिक कर्म हो, तर आध्यात्मिक दृष्टिले हेर्दा यो सबैभन्दा ठूलो नैतिकता हो । जस्तै, श्रीचैतन्य महाप्रभु भन्नुहुन्छ: रम्याकाचित् उपासना व्रज–वधू–वर्गेणायाकल्पिता । “व्रजवधूहरू अर्थात् वृन्दावनका गोपीहरूले अपनाएको पूजाको विधिभन्दा श्रेष्ठ पूजाको विधि अरु केही पनि छैन ।” श्रीचैतन्य महाप्रभु स्त्रीको मामलामा अत्यन्त कठोर हुनुहुन्थ्यो । आफ्नै गृहस्थ जीवनमा समेत उहाँले स्त्रीसँग कहिल्यै पनि कुनै हँसी–मजाक गर्नुभएन । महाप्रभु अत्यन्त धेरै हँसी–मजाक गर्नुहुन्थ्यो तर केवल पुरुषहरूसँग मात्र । उहाँले स्त्रीसँग कहिल्यै पनि कुनै हँसी–मजाक गर्नुभएन । अहँ । सायद एकपटक मात्र उहाँले आफ्नी पत्नी विष्णुप्रियासँग हँसी–मजाक गर्नुभएको थियो । सायद एकपटक मात्र उहाँले आफ्नी पत्नी विष्णुप्रियासँग हँसी–मजाक गर्नुभएको थियो । “सायद हजुरकी बुहारीले लगेकी होलिन् ।” उहाँले आफ्नो पूरा जीवनभरी गर्नुभएको हँसी–मजाक सायद यही नै थियो । नत्र उहाँ अत्यन्त कठोर हुनुहुन्थ्यो । जब उहाँले संन्यास लिनुभयो तब कोही पनि स्त्रीहरू उहाँलाई दण्डवत् प्रणाम गर्नका लागि उहाँको नजिक आउन पाउँदैनथे । उनीहरू टाढैबाट दण्डवत् प्रणाम गर्दथे । तर महाप्रभु स्वयं भन्नुहुन्छ: रम्याकाचित् उपासना व्रज–वधूवर्गेणायाकल्पिता । महाप्रभु भन्नुहुन्छ कि व्रजवधूहरूले अपनाएको पूजाको विधिभन्दा श्रेष्ठ अरु कुनै पूजाको विधि छैन । र व्रजवधूहरूको सिद्धान्त के थियो ? उनीहरूको सिद्धान्त थियो: कुनै पनि जोखिम मोलेर उनीहरू कृष्णलाई प्रेम गर्न चाहन्थे । त्यसकारण, यसलाई अनैतिक भन्न मिल्दैन । यो हामीले बुझ्नुपर्ने कुरा हो ।