NE/Prabhupada 0806 - कृष्ण र उहाँका प्रतिनिधिहरुको अनुसरण अनुसरण गर्नुहोस्, तब तपाई महाजन बन्नुहुन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0806 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Vrndavana]] | [[Category:NE-Quotes - in India, Vrndavana]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0805 - कृष्ण भावनामा उनीहरुलाई बन्धन र मुक्तिको शिक्षा दिइन्छ|0805|NE/Prabhupada 0807 - ब्रह्मास्त्र मन्त्रद्वारा बन्छ । त्यो सूक्ष्म विधि हो|0807}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|J1bh52TY5qs|कृष्ण र उहाँका प्रतिनिधिहरुको अनुसरण अनुसरण गर्नुहोस्, तब तपाई महाजन बन्नुहुन्छ - Prabhupāda 0806}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760920SB-VRNDAVAN_clip6.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:32, 29 January 2021
Lecture on SB 1.7.23 -- Vrndavana, September 20, 1976
तपाईं कसरी कृष्णको प्रतिनिधि बन्न सक्नुहुन्छ ? श्रीचैतन्य महाप्रभुले यसको वर्णन गर्नुभएको छः आमार आज्ञाय गुरु है्या तार एइ देश, यारे देख, तारे कह कृष्ण उपदेश (चै.च. मध्यलीला ७।१२८) यदि तपाईं केवल कृष्णले बोल्नुभएको कुरा दोहोर्याउनुहुन्छ भने तपाईं कृष्णको प्रतिनिधि बन्नुहुन्छ । कुनै नयाँ कुरा उत्पादन नगर । नयाँ कुरा बनाएर बढ्ता जान्ने–सुन्ने नबन । केवल कृष्ण तथा उहाँका प्रतिनिधिहरूको पछि लाग, त्यसपछि, तिमी महाजन बन्नेछौ । नत्र तिमी व्यर्थको मानिस अर्थात् मूढ बन्नेछौ । न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः (भगवद्गीता ७।१५) । यही नै परीक्षा हो । श्रीचैतन्य महाप्रभुका उपदेशहरूलाई पालन गर्नका लागि मानिस अत्यन्त, अत्यन्त सावधान हुनुपर्दछ । श्रीचैतन्य महाप्रभुले कहिल्यै पनि भन्नुभएको छैन कि “म सिधै कृष्णको दास हूँ ।” छैन । गोपीभर्तुः पदकमलयोर् दास–दास–दासानुदासः “गोपीभर्ता (कृष्ण) को दासको पनि दासको पनि दासको पनि दास....” जति मात्रामा तिमी दासको दास बन्दछौ, त्यति नै मात्रामा तिमी परमसिद्ध बन्नेछौ । (चै.च.मध्यलीला १३।८०) र जब तिमी आफूलाई स्वतन्त्र घोषित गर्दछौ, तब तिमी तत्काल बदमाश बन्न पुग्दछौ । यही नै सत्य हो । हामी सधैँ आफ्नो गुरुको सबैभन्दा आज्ञाकारी सेवक बन्नुपर्दछ । यस्य देवे परा भक्तिर् यथा देवे तथा गुरौ तस्यैते कथिता ह्यर्थाः प्रकाशन्ते महात्मनः (श्वेताश्वतर उपनिषद ६।२३) त्यसपछि, सम्पूर्ण ज्ञान प्रकट हुनेछ । त्यसपछि, सम्पूर्ण कुरा प्रकाशित हुन्छ । अनुभव अथवा विद्वताबाट यो ज्ञान प्रकाशित हुँदैन । यो स्वयं प्रकाशित हुन्छ । ये यथा मां प्रपद्यन्ते । जो जुन अनुपातमा कृष्णमा समर्पित हुन्छ त्यही अनुपातमा भगवान् प्रकाशित हुनुहुन्छ । ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजामि अहम् । (भगवद्गीता ४।११) त्यसैले, भगवान्लाई बुझ्न केही कठिनाई छैन । यहाँ परमेश्वर कृष्ण हुनुहुन्छ । प्रत्यक्ष रुपमा । म जान्दिनँ कि किन मानिसहरू भगवान्को खोजी गरिरहेका छन्, तिनीहरू किन भगवान्लाई जान्दैनन् । हेर त । मूढ भनेको यही हो । हुन त यहाँ भगवान् हुनुहुन्छ, तापनि मूढले उहाँलाई स्वीकार गर्नेछैन । यसैलाई मूढ अर्थात् नराधम भनिन्छ । ऊ किन मूढ छ त ? किनभने ऊ नराधम हो । उसले भक्तिमार्गलाई स्वीकार गर्दैन । ऊ कुनै नयाँ कुरा उत्पादन गर्न चाहन्छ । तिमीहरू त्यसो नगर । यहाँ अर्जुन महाजन हुनुहुन्छ, अर्जुन कृष्णका मित्र हुन्, उनी सधैँ कृष्णसँगै बस्दछन् र कृष्ण अर्जुनलाई चिन्नुहुन्छ । तर कुनै मानिस सधैँ कृष्णसँगै बस्दछ भन्दैमा उसले कृष्णलाई जान्दछ भन्न मिल्दैन । जस्तै, मेले धेरै पटक यो उदाहरण दिएको छु, कि म यहाँ बसिरहेको छु, र उडुस पनि यहीँ मसँगै बसिरहेको छ । यसको अर्थ यो हुँदैन कि हामी अत्यन्त अन्तरंग मित्र हौँ । होइन । उडुसको आफ्नै दृष्टिकोण छ र मेरो पनि आफ्नै कामहरू छन् । र उडुको काम भनेको टोक्नु हो । यस्तो संगतले हामीलाई केही पनि सहायता गर्न सक्दैन । संगत भनेको व्यक्ति विशेषसँग प्रेमको विकास गर्नु हो । यही नै संगत हो । ददाति प्रतिगृह्णाति गुह्यम् आख्याति पृच्छति भुंक्ते भोजयते चैव षड्विधं प्रीति–लक्षणम् ।। (उपदेशामृत ४)