NE/Prabhupada 0275 - धर्म भनेको कर्तव्य
Lecture on BG 2.7 -- London, August 7, 1973
कृष्ण गुरू हुनुहुन्छ | यहाँ अर्जुनले उदाहरण दिएका छन् | पृच्छामि त्वाम् | त्वाम् भनेको को हुनुहुन्छ ? कृष्ण | "किन तिमी मलाई सोध्दैछौ?" धर्म-सम्मूढ-चेताः (भ गी २।७) | "म आफ्नो कर्तव्य, धर्मबाट विचलित भएको छु |" धर्म भनेको कर्तव्य हो | धर्ममं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६।३।१९) | सम्मूढ-चेताः | "मैले के गर्नुपर्छ?" यच् छ्रेयः | "मेरो वास्तविक कर्तव्य के हो?" श्रेयः | श्रेयः र प्रेयः | प्रेयः.... यी दुई कुराहरु छन् | प्रेयः भनेको जुन मलाई तुरुन्त मनपर्छ | र श्रेयः भनेको परम लक्ष्य | यी दुई कुराहरु हुन् | जस्तै, एउटा बालक दिनभर खेल्न चाहन्छ | यो बाल प्रवृत्ति हो | यो श्रेयः हो | र प्रेय भनेको उसले आफ्नो भविष्यमा आफ्नो जीवन सुखद बनाउन शिक्षा हासिल गर्नुपर्छ | यो श्रेय हो | अर्जुनले प्रेय मागेका छैनन् | उनले कृष्णसँग आफ्नो श्रेय निश्चित पार्नको लागि निर्देशन मागेका छैनन् | श्रेय भनेको उनले तत्काल सोच्दै थिए:"म युद्ध गरेर खुसी हुन सक्दिनँ, आफ्नो भाइहरुलाई मारेर खुसी हुन सक्दिनँ |" उनी बच्चा जस्तै सोच्दै थिए | श्रेय | तर जब उनी आफ्नो सचेत भए.... सचेत होइन, किनभने उनी बुद्धिमान छन् | उनि प्रेय चाहन्थे, अँ, श्रेय | यच् छ्रेयः स्यात् | "मेरो जीवनको वास्तविक उद्देश्य के हो ?" यच् छ्रेयः स्यात् | यच् छ्रेयः स्यात् निश्चितम् (भ गी २।७) | निश्चितम् भनेको एकाग्र, कुनै गल्ती | निश्चितम् | भागवतमा पनि निश्चितम् भनिएको छ | निश्चितम् भनेको तिमीले कुनै खोज गर्नुपर्दैन | नतिजा पहिले नै थाहा भइसकेको हुन्छ | "यो हो निर्णय |" हामीले आफ्नो सानो दिमागद्वारा वास्तविक निश्चितम्, एकाग्र श्रेय पत्ता लगाउन सक्दैनौं | त्यो हामीलाई थाहा छैन | त्यो हामीले कृष्णसँग सोध्नुपर्छ | वा उहाँको प्रतिनिधिसँग | यी कुराहरु छन् | यच् छ्रेय स्यात् निश्चितं ब्रूहि तन् मे |
त्यसैले... "कृपया मलाई यसको बारेमा भन्नुहोस् |" "मैले तिमीलाई किन भन्नुपर्यो ?" यहाँ भनिएको छ: शिष्यस् ते ऽहम् (भ गी २।७) | "म अब हजुरलाई आफ्नो गुरुको रुपमा स्वीकार्छु | म हजुरको शिष्य बन्छु |" शिष्य भनेको: "हजुरले जे भन्नुहुन्छ, म स्वीकार्छु |" यो हो शिष्य | शिष्य शब्द शस्-धातुबाट बनेको हो | शस्-धातु | शास्त्र | शस्त्र | शासन | शिष्य | यी सबैको धातु उही हो | शस्-धातु | शस्-धातु भनेको शासन गर्नु | हामीले धेरै प्रकारले शासन गर्न सक्छौं | हामी कसैबाट शासित हुन सक्छौं, उचित गुरूको चिस्या बनेर | त्यो शस्-धातु हो | वा हामी शस्त्र, अस्त्रबाट शासित हुन सक्छौं | जस्तै राजासँग अस्त्र हुन्छ | यदि तिमीले राजाको अथवा सरकारको कुरा मानेनौ भने तिमी माथि पुलिस, सैनिक बल प्रयोग गरिन्छ | यो शस्त्र हो | र शास्त्र पनि हुन्छ | शास्त्र भनेको पुस्तक, ग्रन्थ | जस्तै भगवद्-गीता | त्यहाँ सबै कुरा छ | हामी कसैबाट अनिवार्य शासित हुनुपर्छ, शस्त्र, शास्त्र वा गुरु | अथवा शिष्य बनेर | त्यसैले भनिएको छ: " शिष्यस् ते ऽहम् (भ गी २।७) | "म स्वेच्छाले...... म हजुरमा शरणागत हुन्छु |" "अब तिमी शिष्य बनेको छौ | "तिमीसँग के प्रमाण छ कि तिमी मेरो शिष्य बनेको छौ ?" शाधि मां त्वां प्रपन्नम् | "अब म पूर्णतः शरणागत छु |" प्रपन्नम् |