NE/Prabhupada 0276 - गुरुको कर्तव्य भनेको कृष्ण दिनु, भौतिक वस्तु होइन



Lecture on BG 2.7 -- London, August 7, 1973


यो ज्ञान आवश्यक छ, कसरी वास्तविक गुरु पत्ता लगाउने र कसरी उहाँमा शरणागत हुने | गुरुको मतलब यो होइन कि मैले आदेश-पालनकर्ताको रुपमा एउटा गुरु राख्ने | "मेरो प्रिय गुरु, म यो कुराद्वारा पीडित छु | के हजुरले मलाई केहि औषधि दिन सक्नुहुन्छ ?" "हुन्छ, हुन्छ | यो औषधि लिऊ |" "हुन्छ |" त्यस्तो गुरु होइन | यदि तपाई कुनै रोगले ग्रस्त हुनुहुन्छ भने तपाई चिकित्सककहाँ जानुहोस् | तपाईलाई कुनै औषधि दिने कर्तव्य गुरुको होइन | एक गुरुको कर्तव्य तपाईलाई कृष्ण दिने हो | कृष्ण सेइ तोमार​, कृष्ण दीते पार​ | एक वैष्णवले गुरुलाई प्रार्थना गर्दैछन्: "महाशय, हजुर कृष्णको भक्त हुनुहुन्छ |" "हजुरले चाहनुभयो भने मलाई कृष्ण दिन सक्नुहुन्छ |" त्यो शिष्यको स्थान हो | गुरुको कर्तव्य भनेको तपाईलाई कसरी कृष्ण दिने, कुनै भौतिक वस्तु होइन | भौतिक वस्तुको लागि धेरै संस्थाहरु छन् | तर यदि तपाई कृष्ण चाहनुहुन्छ भने तपाई गुरुकहाँ जानुपर्छ | को गुरुकहाँ जानुपर्छ ?

तस्माद् गुरुं प्रपद्येत जिज्ञासु श्रेय उत्तमम्
शाब्दे परे च निष्णातं ब्रह्मण्य् उपसमाश्रयम्
(श्री भा ११|३|२१)

को गुरुकहाँ जानुपर्छ ? गुरु कुनै फेसन होइनन् | "ओहो, मसँग एउटा गुरु हुनुहुन्छ | मैले एउटा गुरु बनाउनेछु |" गुरु भनेको जो गम्भीर हुन्छन् | तस्माद् गुरुं प्रपद्येत | मानिस गुरु समक्ष जानुपर्छ | किन ? जिज्ञासु श्रेय उत्तमम् | जो परमब्रह्म सम्बन्धि जिज्ञासु हुन्छ | गुरु फेसनको लागि होइन | जस्तै हामी फेसनको रुपमा एउटा कुकुर राख्छौं | त्यसैगरी हामी गुरु राख्छौं | ती गुरु होइनन्...... "गुरुले मेरो निर्णय अनुसार कार्य गर्नुहुनेछ |" त्यस्तो होइन | गुरु भनेको जसले तपाईलाई कृष्ण दिन सक्छन् | ती गुरु हुन् | कृष्ण सेइ तोमार​ | किनकि कृष्ण गुरु हुनुहुन्छ | त्यो ब्रह्म संहितामा वर्णित छ | वेदेषु दुर्लभं अदुर्लभं आत्म​-भक्तौ (ब्र स ५|३३) | वेदेषु दुर्लभं | यदि तपाई भेटाउन चाहनुहुन्छ....... यद्यपि वेद भनेको ज्ञान हो, र अन्तिम ज्ञान भनेको कृष्णलाई बुझ्नु हो | वेदैश् च सर्वैर् अहम् एव वेद्यम् (भ गी १५|१५) | यो उपदेश छ | तपाई स्वतन्त्र रुपमा वेद अध्ययन गर्न चाहनुहुन्छ भने, जस्तै केहि धूर्तहरु छन्....... तिनीहरु भन्छन् "हामी केवल वेद बुझ्छौं |" तिनीहरुले वेदमा के बुझ्छन् ? तिनीहरुले कसरी वेद बुझ्छन् ? त्यसैले वेदमा भनिएको छ, तद् विज्ञानार्थं स गुरुम् एव अभिगच्छेत् (मु उ १|२|१२) | केवल वेदको पुस्तक किनेर तपाईले वेद बुझ्नु सक्नुहुन्छ ? वेद यस्तो सस्तो कुरा होइन | ब्राह्मण नबनी कसैले पनि वेद बुझ्न सक्दैन | तसर्थ, यो प्रतिबन्धित छ | ब्राह्मण नबनी कसैलाई वेद पढ्ने अनुमति छैन | यो सब नचाहिने कुरा हो | तिनीहरुले वेदको बारेमा के बुझ्न सक्छन् ? तसर्थ व्यस्देवले चार वेद संकलन गरेपछि, चार वेदमा विभाजन गरेपछि, उनले महाभारत लेखे | किनकि वेदको विषय धेरै कठिन छ | स्त्री-शूद्र​-द्विज​-बन्धूनां त्रयी न श्रुति-गोचराः (श्री भा १|४|२५) | स्त्रीको लागि, शूद्रको लागि र द्विज बन्धुको लागि | तिनीहरु वेद बुझ्न सक्दैनन् | यी सब धूर्त द्विज-बन्धु र शूद्रहरु वेद अध्ययन गर्न चाहन्छन् | हुँदैन, त्यो सम्भव छैन | मानिस सर्वप्रथम ब्राह्मण योग्यतामा अवस्थित हुनुपर्छ, सत्यं शमो दमस् तितिक्स्व आर्जवं ज्ञानं विज्ञानम् आस्तिक्यं ब्रह्म कर्म स्व​-भाव​... (भ गी १८|४२) | त्यसपछि वेद छुने | अन्यथा, तिनीहरुले वेदमा के बुझ्न सक्छन् ? बेकार | तसर्थ, वेदमा भनिएको छ: तद् विज्ञानार्थं स गुरुम् (मु उ १|२|१२) | तपाई वेद बुझ्न गुरु समक्ष जानुपर्छ | र त्यस वेद के हो ? वेदैश् च सर्वैर् अहम् एव वेद्यम् (भ गी १५|१५) | वेदको अध्ययन भनेको कृष्णलाई बुझ्नु हो | र त्यसपछि उहाँमा शरणागत हुनु | यो वैदिक ज्ञान हो | अर्जुनले यहाँ भन्छन् कि: प्रपन्नम् | "अब म हजुरमा शरणागत छु | अब, मलाई धेरै कुरा थाहा भएको नक्कल गर्दै हजुरसँग समान स्तरमा कुरा गर्दिनँ |" उनी सहि थिए तर उनी भौतिक स्तरमा सोच्दै थिए | उनले सोच्दैथिए कि, प्रदुष्यन्ति कुल​-स्त्रियः (भ गी १|४०) | यदि सबजना...... यो भौतिक कुरा हो | तर वैदिक ज्ञान आध्यात्मिक, उत्तमम् हुन्छ | तस्माद् गुरुं प्रपद्येत जिज्ञासु श्रेय उत्तमम् (श्री भा ११|३|२१) | यो श्रेय हो | उत्तमम् | यच् छ्रेय स्यात् निश्चितं | एकाग्र | परिवर्तन हुने कुनै प्रश्न उठ्दैन | त्यो उपदेश अब कृष्णले दिनुहुनेछ | सर्व-धर्मान् परित्यज माम् एकं शरणं व्रज​ | र यो तब हुन्छ- बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते (भ गी ७|१९) |

तसर्थ जीवनको सर्वोच्च लक्ष्य प्राप्त गर्न मानिस कृष्ण वा उहाँको प्रतिनिधिमा पूर्णतः शरणागत हुनुपर्छ | तब उसको जीवन सफल हुन्छ |

धेरै, धेरै धन्यवाद |