NE/Prabhupada 0936 - केवल वाचा; "भविष्यमा हुनेछ" । "तर अहिले तत्काल के दिनुहुन्छ, महाशय ?"

Revision as of 09:59, 28 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0936 - in all Languages Category:...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

730425 - Lecture SB 01.08.33 - Los Angeles

वर्तमान समयमा हामी रोगी अवस्थामा छौं | यी धुर्तहरुलाई थाहा छैन कि रोगी अवस्था के हो, स्वस्थ अवस्था के हो | तिनीहरुलाई केहि थाहा छैन, तर पनि तिनीहरु आफुलाई वैज्ञानिक, दार्शनिक..... तिनीहरुले सोध्दैनन् कि "म मर्न चाहन्न | मलाई किन मर्न बाध्य बनाइन्छ ?" त्यस्तो जिज्ञासा नै छैन | न त कुनै समाधान छन् | तर तिनीहरु तब पनि वैज्ञानिक हुन्छन् | कस्तो प्रकारको वैज्ञानिक ? विज्ञान भनेको तिमी ज्ञानमा विकास गर्छौ ताकी तिम्रो दुःखको न्यूनीकरण गर्न सकियोस् | त्यो विज्ञान हो | अन्यथा, यो विज्ञान के हो ? तिनीहरु केवल 'भविष्य'को वाचा गर्छन् | "तर तिमीहरु अहिले के दिंदैछौ ?" "अहिले तिमी दुःख भोग्दैछौ | भविष्यमा हामीले कुनै रसायन पत्ता लगाउनेछौं |" हुन्दन | वास्तवमा, आत्यन्तिक​-दुःख​-निवृत्ति | आत्यन्तिक​ अर्थात् अन्तिम | दुःख​ अर्थात् पिडाहरु | त्यो मानव जीवनको लक्ष्य हुनुपर्छ | तिनीहरुलाई थाहा छैन कि आत्यन्तिक​-दुःख​ के हो | दुःख भनेको पिडा | भगवद गीतामा आत्यन्तिक​-दुःख​को बारेमा भनिएको छ | "यहाँ आत्यन्तिक​-दुःख​ छ महाशय |" त्यो के हो ? जन्म-म्रोत्यु-जरा-व्याधि (भ गी १३|९) | जन्म, मृत्यु, बुढ्यौली र रोग | तिमीले यो दुःखलाई न्यूनीकरण गर्न वा हटाउन के गरेका छौ ? भौतिक जगतमा त्यस्तो कुरा छैन | आत्यन्तिक​-दुःख​-निवृत्ति | भगवद गीतामा सम्पूर्ण प्रकारको दुःखको अन्तिम छुटकारा भनिएको छ | त्यो के हो ? माम् उपेत्य कौन्तेय दुःखालयम् अशाश्वतम् नाप्नुवन्ति महात्मानः संसिद्धिं परमां गताः (भ गी ८|१५) | तिमीले यो सबै पढ्नुपर्छ | तिमीसँग व्याख्या भागवत छ | यो आत्यन्तिक​-दुःख​-निवृत्ति - सम्पूर्ण दुःखबाट अन्तिम छुटकारा | त्यो के हो ? माम् उपेत्य | "जो मकहाँ आउँछ वा घर फर्केर भगवद धाम आउँछ |" तिनीहरुसँग ज्ञान छैन कि भगवान को हुनुहुन्छ र भगवद धाम फर्कन सम्भव छ कि छैन | यो व्यवहारिक कुरा हो कि होइन | कुनै ज्ञान छैन | केवल पशुजस्तै | त्यति हो | कुनै ज्ञान छैन | तिनीहरु प्रार्थना गर्छन्: "हे प्रभु, हामीलाई दैनिक रोटि दिनुहोस् |" अब उसलाई सोध: "भगवान के हुनुहुन्छ ?" के उसले भन्न सक्छ ? सक्दैन | तब हामी कसलाई माग्दैछौं ? हावालाई ? यदि मैले माग राख्छु भने त्यहाँ कुनै व्यक्ति हुनुपर्छ | मलाई थाहा छैन कि ती व्यक्ति को हुन्, मेरो माग कहाँ राख्ने | तिनीहरु केवल भन्छन् कि उहाँ आकाशमा हुनुहुन्छ | आकाशमा धेरै पंक्षीहरु पनि छन् (हाँसो) तर तिनीहरु भगवान होइनन् | तिमी बुझ्छौ ? तिनीहरुसँग कुनै ज्ञान छैन | सबै अपूर्ण ज्ञान | तर तिनीहरु आफुलाई वैज्ञानिक, दार्शनिक, लेखक....... सबै बेकार | केवल श्रीमद भागवतम र भगवद गीतामात्र उपयुक्त पुस्तक हुन् | अरु सबै बेकार | भागवतमा भनिएको छ: तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन् प्रति-श्लोकम् अबद्धवत्य् अपि नामान्य् अनन्तस्य यशो ऽङ्कितानि यत् शृण्वन्ति गायन्ति गृणन्ति साधवः (श्री भा १|५|११) | अर अर्कोतर्फ: न यद् वचश् चित्र​-पदं हरेर् यशो (जगत्-पवित्रं) प्रगृणीत कर्हिचित् तद् वायसं तीर्थम्... (श्री भा १|५|१०) | तद् वायसं तीर्थम् | भगवानको ज्ञानसँग सम्बन्ध नराख्ने कुनै पनि साहित्य, तद्, तद् वायसं तीर्थम्, त्यो कागहरुले आनन्द लिने स्थान जस्तै हुन्छ | कागहरुले आनन्द कहाँ लिन्छन् ? फोहोरी स्थानमा | र हाँसहरु, राजहंसहरुले बगैंचा तथा पंक्षीहरु भएको राम्रो एवं स्पष्ट पानीमा आनन्द लिन्छन् |