NE/Prabhupada 0068 - सबैले काम गर्नुपर्छ

Revision as of 03:35, 30 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0068 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 6.1.45 -- Laguna Beach, July 26, 1975

निताई: " यस जीवनमा, कोहि पनि व्यक्तिले जुन मात्रामा काम गर्छ, धार्मिक या अधार्मिक, अर्को जन्ममा पनि ती काम गरिन्छ, सोहि व्यक्तिले, सोहि मात्रामा, सोहि विभिन्नताका साथ, आफ्ना कर्म अनुसार आनन्द या पिडा भोग्छन |"

प्रभुपाद: येन यावान् यथाधर्मो धर्मो वेह समीहित: स एव तत्फलं भुन्क्ते तथा तावद अमुत्र वै (श्री भा ६।१।४५ ) हामीले अघिल्लो श्लोकमा छलफल गर्यौं, देहवान न ह्यकर्म-कृत (श्री भा ६।१।४४ ) | जो कोहिले यो भौतिक शरीर पाएको छ, उसले काम गर्नुपर्छ | सबैले काम गर्नुपर्छ | अध्यात्मिक शरीरमा पनि तपाईले काम गर्नुपर्छ | भौतिक शरीरमा पनि तपाईले काम गर्नुपर्छ | किनकि आत्माको सिद्धान्त काम गर्ने हो- आत्मा जीवनशक्ति हो- त्यसैले ऊ व्यस्त हुन्छ | जिउँदो शरीर भनेको त्यहाँ हलचल हुन्छ | त्यहाँ काम हुन्छ | ऊ आलस्य भएर बस्न सक्दैन |

भगवद गीतामा भनिएको छ "एक क्षणलाई पनि कोहि आलस्य बस्न सक्दैन |" त्यो जीवित हुनुको लक्षण हो | त्यसैले यो काम निश्चित शरीर अनुरुप चलिरहन्छ | कुकुर पनि कुदिरहेछ, र मानिस पनि कुदिरहेछ | तर मानिस सोच्छ कि ऊ निकै सभ्य छ किनकि ऊ गाडीमा कुदिरहेछ | दुवै कुदिरहेछन, तर एक मानिसको विशेष प्रकारको शरीर छ जसबाट उसले गाडी या साइकल बानौना सक्छ, र ऊ कुद्न सक्छ | उसले सोचिरहेछ कि "म कुकुरभन्दा तिव्र गतिमा कुदिरहेछु; त्यसैले म सभ्य छु | यो आधुनिक मानसिकता हो | उसलाई थाहा छैन कि यसरी दौडनुमा के भिन्नता छ पचास मिल गतिमा या पाँच मिल गतिमा या पाँच हजार मिल गतिमा, या पचास लाख मिल गतिमा | अंतरिक्ष असीमित छ | तपाई जुनसुकै गतिको खोज गर्नुहोस, त्यो अझ अपर्याप्त छ | अझ अपर्याप्त |

त्यसैले यो जीवन होइन, कि "किनकि म कुकुर भन्दा तिव्र गतिमा दौडन सक्छु, तसर्थ म सभ्य छु |" पंथास् तु कोटि-शत-वत्सर-संप्रगम्यो वायोर् अथापि मनसो मुनि पुंगवानां सोप्य अस्ति यत्-प्रपद-सीम्नि अविचिन्त्य-तत्वे गोविन्दम् अादि पुरुषं तम् अहं भजामि (ब्र स ५।३४) हाम्रो गति..... केको लागि गति ? किनकि हामी निश्चित गन्तव्य जान चाहन्छौं, त्यो हो उसको गति | त्यसैले वास्तविक गन्तव्य गोविन्द,विष्णु हुनुहुन्छ | र न ते विदु: स्वारर्थ-गतिं हि विष्णु (श्री भा ७।५।३१ ) । तिनीहरु विभिन्न गतिमा दौडीरहेछन, तर तिनीहरुलाई थाहा छैन गन्तव्य के हो |

हाम्रो मुलुकका एक महान कवि, रविन्द्रनाथ टैगोर, उनले एक लेख लेखेका थिए- मैले पढेको थिए- जब उनी लन्डनमा थिए | त्यसैले तपाइको देशमा, पाश्चात्य देशहरु, गाडीहरु र... तिनीहरु उच्च गतिमा कुद्छन | त्यसैले रविन्द्रनाथ टैगोर, उनी कवि थिए | उनले सोचिरहेका थिए कि "यी अंग्रेजहरुको देश कति सानो छ, र तिनीहरु यस्तो तिव्र गतिमा कुदिरहेछन कि तिनीहरु समुद्रमा खस्नेछन |" उनले त्यस्तो टिप्पणी गरे | किन तिनीहरु त्यस्तो चाडो कुदिरहेछन ?

त्यसैगरी, हामी पनि यस्तो तिव्र कुदिरहेछौँ नर्क जानलाई | यो हाम्रो स्थिति छ, किनकि हामीलाई थाहा छैन कि गन्तव्य के हो | यदि मलाइ थाहा छैन कि गन्तव्य के हो र मेरो गाडी तिव्र गतिमा हाँक्ने प्रयास गरे भने, नतिजा के हुन्छ ? नतिजा विपत्ति हुन्छ | हामीलाई थाहा हुनुपर्छ हामी किन कुदिरहेछौँ | जस्तै नदि ठुलो छाल सहित कुदिरहेछ, बगिरहेछ, तर गन्तव्य समुद्र हो | जब नदि समुद्रमा आइपुग्छ, तब त्यसको गन्तव्य रहदैन |

त्यसैगरी, हामीलाई थाहा हुनुपर्छ गन्तव्य के हो | गन्तव्य हुनुहुन्छ विष्णु, भगवान | हामी भगवानका अंश हौँ | हामी.... केहि कारणले, हामी यस भौतिक जगतमा खसेका छौं | त्यसैले हाम्रो जीवनको गन्तव्य घर फर्किने, भगवद्धाम फर्किने हुनुपर्नेछ | त्यो हाम्रो गन्तव्य हो | अरु कुनै गन्तव्य छैन | त्यसैले हाम्रो कृष्ण भावनामृत आन्दोलनले सिकाइरहेछ कि "तपाई आफ्नो जीवनको लक्ष्य फैसला गर्नुहोस |" र जीवनको लक्ष्य के हो ? "घर फर्किने, भगवद्धाम फर्किने | तपाईहरु यो दिशातिर लागिरहनुभएको छ, उल्टो दिशा, नर्कतिर को दिशा | त्यो तपाइको गन्तव्य होइन | तपाई यो दिशातिर लाग्नुहोस, भगवद्धाम फर्किने |" त्यो हाम्रो प्रचार हो |