NE/Prabhupada 0068 - सबैले काम गर्नुपर्छ



Lecture on SB 6.1.45 -- Laguna Beach, July 26, 1975

निताइ: " यस जीवनमा, कुनै पनि व्यक्तिले जुन मात्रामा काम गर्छ, धार्मिक या अधार्मिक, अर्को जन्ममा पनि ती काम गरिन्छ, सोहि व्यक्तिले, सोहि मात्रामा, सोहि विभिन्नताका साथ, उसले आफ्ना कर्म अनुसार आनन्द या पिडा भोग्छ |"

प्रभुपाद: येन यावान् यथाधर्मो धर्मो वेह समीहितः स एव तत्-फलं भुङ्क्ते तथा तावद् अमुत्र व्ऐ (श्री भा ६।१।४५ ) हामीले अघिल्लो श्लोकमा छलफल गर्यौं, देहवान् न ह्य् अकर्म-कृत (श्री भा ६।१।४४) | जसले यो भौतिक शरीर पाएको छ, उसले काम गर्नुपर्छ | सबैले काम गर्नुपर्छ | आध्यात्मिक शरीरमा पनि तपाईले काम गर्नुपर्छ | भौतिक शरीरमा पनि तपाईले काम गर्नुपर्छ | किनकि आत्माको सिद्धान्त काम गर्ने हो- आत्मा जीवनशक्ति हो- त्यसैले ऊ व्यस्त हुन्छ | जिउँदो शरीर भनेको त्यसमा हलचल हुन्छ | त्यसमा काम हुन्छ | ऊ आलस्य भएर बस्न सक्दैन |

भगवद् गीतामा भनिएको छ "एक क्षणलाई पनि कोहि आलस्य बस्न सक्दैन |" त्यो जीवित हुनुको लक्षण हो | त्यसैले यो काम निश्चित शरीर अनुरुप चलिरहन्छ | कुकुर पनि कुदिरहेको छ र मानिस पनि कुदिरहेको छ | तर मानिस सोच्छ कि ऊ निकै सभ्य छ किनकि ऊ गाडीमा कुदिरहेको छ | दुवै कुदिरहेका छन्, तर एक मानिसको विशेष प्रकारको शरीर छ जसबाट उसले गाडी या साइकल बानाउन सक्छ र ऊ कुद्न सक्छ | उसले सोचिरहेको छ कि "म कुकुरभन्दा तिव्र गतिमा कुदिरहेको छु; त्यसैले म सभ्य छु | यो आधुनिक मानसिकता हो | उसलाई थाहा छैन कि यसरी दौडनुमा के भिन्नता छ, पचास मिल गतिमा या पाँच मिल गतिमा या पाँच हजार मिल गतिमा या पचास लाख मिल गतिमा | अन्तरिक्ष असीमित छ | तपाई जुनसुकै गतिमा खोज गर्नुहोस्, त्यो अझ अपर्याप्त छ | अझ अपर्याप्त |

त्यसैले यो जीवन होइन, कि "म कुकुर भन्दा तिव्र गतिमा दौडन सकेको कारण म सभ्य छु |" पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यो वायोर् अथापि मनसो मुनि-पुङ्गवानां सो ऽप्य् अस्ति यत्-प्रपद​-सीम्न्य् अविचिन्त्य​-तत्त्वे गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (ब्र स ५।३४) हाम्रो गति..... केको लागि गति ? किनकि हामी निश्चित गन्तव्य जान चाहन्छौं, त्यो हो हाम्रो गति | त्यसैले वास्तविक गन्तव्य गोविन्द, विष्णु हुनुहुन्छ | र न ते विदु: स्वार्थ-गतिं हि विष्णु (श्री भा ७।५।३१ ) । तिनीहरु विभिन्न गतिमा दौडिरहेका छन्, तर तिनीहरुलाई थाहा छैन गन्तव्य के हो |

हाम्रो मुलुकका एक महान कवि, रविन्द्रनाथ टैगोर, उनले एक लेख लेखेका थिए- मैले पढेको थिएँ- जब उनी लन्डनमा थिए | तपाईको देशमा, पाश्चात्य देशहरु, गाडीहरु र... तिनीहरु उच्च गतिमा कुद्छन् | रविन्द्रनाथ टैगोर, उनी कवि थिए | उनले सोचिरहेका थिए कि "यी अंग्रेजहरुको देश कति सानो छ र तिनीहरु यस्तो तिव्र गतिमा कुदिरहेका छन् कि तिनीहरु समुद्रमा खस्नेछन् |" उनले त्यस्तो टिप्पणी गरे | किन तिनीहरु त्यस्तो चाँडो कुदिरहेका छन् ?

त्यसैगरी, हामी पनि नर्क जानलाई तिव्र कुदिरहेका छौँ | यो हाम्रो स्थिति छ किनकि हामीलाई थाहा छैन कि गन्तव्य के हो | यदि मलाई थाहा छैन कि गन्तव्य के हो र आफ्नो गाडी तिव्र गतिमा हाँक्ने प्रयास गरें भने नतिजा के हुन्छ ? नतिजा विपत्ति हुन्छ | हामीलाई थाहा हुनुपर्छ हामी किन कुदिरहेका छौँ | जस्तै नदि ठुलो छाल सहित कुदिरहेको छ, बगिरहेको छ, तर गन्तव्य समुद्र हो | जब नदि समुद्रमा आइपुग्छ, तब त्यसको गन्तव्य रहँदैन |

त्यसैगरी, हामीलाई थाहा हुनुपर्छ गन्तव्य के हो | गन्तव्य हुनुहुन्छ विष्णु, भगवान् | हामी भगवानका अंश हौँ | हामी.... केहि कारणले, हामी यस भौतिक जगतमा खसेका छौं | त्यसैले हाम्रो जीवनको गन्तव्य घर फर्किने, भगवद् धाम फर्किने हुनुपर्छ | त्यो हाम्रो गन्तव्य हो | अरु कुनै गन्तव्य छैन | त्यसैले हाम्रो कृष्ण भावनामृत अभियानले सिकाइरहेको छ कि "तपाई आफ्नो जीवनको लक्ष्य तय गर्नुहोस् |" र जीवनको लक्ष्य के हो ? "घर फर्किने, भगवद् धाम फर्किने | तपाईहरु यो दिशातर्फ लाग्दै हुनुहुन्छ, उल्टो दिशा, नर्कतर्फको दिशा | त्यो तपाईको गन्तव्य होइन | तपाई यो दिशातिर लाग्नुहोस्, भगवद् धाम फर्किने |" त्यो हाम्रो प्रचार हो |