NE/Prabhupada 0852 - तपाईको हृदयभित्र भगवान् विराजमान हुनुहुन्छ

Revision as of 07:20, 27 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0852 - in all Languages Category:...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

750306 - Lecture SB 02.02.06 - New York


तपाईंको हृदयभित्र भगवान् विराजमान हुनुहुन्छ । त्यसकारण, भौतिक जीवन भनेको केवल चार कुराहरूमा व्यस्त रहनु होः कसरी खाने, कसरी सुत्ने, कसरी राम्रोसँग मैथुन गर्ने तथा कसरी आफ्नो प्रतिरक्षा गर्ने । आहार–निद्रा–भय–मैथुनं च सामान्यं एतत् पशुर्भिनराणाम् (हितोपदेश) । तर यी वस्तुहरूले हाम्रा समस्याहरूको समाधान गर्न सक्दैनन् । त्यो हामी बुझ्न सक्दैनौँ । समस्याहरू छन् । यो होइन कि हामी भारतीयहरू अमेरिकाजस्तो अत्यन्त धनी देशमा यो परीक्षण गर्न आएका छाँै, कि तिनीहरूले आफ्ना समस्याहरूको समाधान गरेका छन् कि छ्रैनन् । होइन, समस्याहरू त्यहाँ पनि छन् । भारतको भन्दा धेरै समस्याहरू । भारतमा केवल एउटा मात्र समस्या हुन सक्छ, त्यो के हुन सक्छ भने... वास्तवमा यो साँचो होइन तर संसारमा यस्तो प्रचार भइरहेको छ कि भारतीयहरू भोकमरीले पीडित छन् । तर मैले भारतमा कसैलाई पनि भोकमरीले पीडित भएको देखेको छैन । जे होस्, भारतमा पनि समस्याहरू अवश्य छन् । भौतिक जीवन भनेको नै समस्या हो, र यदि तपाईं समस्याहरू समाधान गर्न चाहनुहुन्छ भने, यहाँ निर्देशन दिइएको छःतं निर्वृतोनियतार्थो भजेत । तं भनेको भगवान् हो । त्यसोभए प्रश्न उठ्न सक्दछ, “अब तपाईंले मलाई परित्याग गर्ने आदेश दिनुभएको छ आफ्नो पालनपोषण गर्ने सम्पूर्ण प्रयासहरू परित्याग गर्ने आदेश दिनुभएको छ, शुकदेव गोस्वामी । तपाईले भोजन को लागि वृक्षको मुनि बस्ने सल्लाह दिनुभएको छ र उहाँले तपाईंलाई केही फल दिनुहुनेछ र त्यो तपाईंले खान सक्नुहुन्छ । पानी पिउनु प¥यो भने तपाईं नदीमा जानुहोस् र पर्याप्त पानी पिउनुहोस् ।” त्यसपछि, यो श्लोकभन्दा अघि उहाँले भन्नुभयो, “सुत्नका लागि घाँसले बनेको अत्यन्त सुन्दर गद्दा छ । मलाई कुनै तकिया चाहिँदैन । तपाईंसँग अब प्राकृतिक तकिया छ; तपाईंसँग हात छन् । हातमा शिर राखेर सुत्नुहोस् ।” त्यसकारण, आहार–निद्रा–भय–मैथुनं च । तर यदि तपाईं आध्यात्मिक जीवनमा प्रगति गर्न चाहनुहुन्छ भने तपाईंले यो इन्द्रियतृप्तिलाई परित्याग गर्नैपर्दछ । र इन्द्रियतृप्तिको सार नै मैथुन जीवन हो । नत्र, तपाईंको आहार, निद्रा, बस्ने कोठा आदि सबैको पूर्ण व्यवस्था गरिएको छ । सबैथोक उपलब्ध छन् । तपाईंका लागि मन्दिर पनि उपलब्ध छ । “मन्दिर कहाँ छ ? म भगवान्को पूजा गर्न चाहन्छु । चर्च (गिर्जाघर) कहाँ छ ? मन्दिर कहाँ छ ? यदि म गुफामा बसेँ भने मैले मन्दिर जानका लागि अर्को उपाय पत्ता लगाउनुपर्ने हुन्छ ।” त्यसकारण, शुकदेव गोस्वामी उपदेश दिनुहुन्छ, “होइन ।” एवं स्वचित्ते स्वत एव सिद्ध । “तिम्रो हृदयको भित्री भागमा भगवान् विराजमान हुनुहुन्छ । तपाईं जहाँसुकै बस्नुहोस्—गुफामा, जंगलमा अथवा जहाँसुकै । यदि तपाईं चाहनुहुन्छ भने तपाईंले भगवान्लाई तपाईंको हृदयभित्र विराजमान हुनुभएको देख्नुहुनेछ,” ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति (भगवद्गीता १८।६१) । कृष्ण भन्नुहुन्छ कि भगवान् अर्थात् उहाँ– उहाँ सबैैजनाको हृदयमा विराजमान हुनुहुन्छ । यदि हामी इमानदार छौँ भने.... “हामी” भनेको यी जीवात्माहरू हुन् । हामी पनि यो शरीरभित्र बाँचिरहेका छौँ । अस्मिन्देहे, देहिनोऽस्मिन्, देहिनोऽस्मिन्देहे (भगवद्गीता २।१३) । हामी यो शरीर होइनौँ । म पनि, तपाईं पनि, हामी सबै यो शरीरभित्र अवस्थित छौँ, र कृष्ण पनि यो शरीरभित्र विराजमान हुनुहुन्छ । ईश्वरः सर्वभूतानां हृद्देशे (भगवद्गीता १८।६१) । यो होइन कि उहाँ हिन्दुको हृदयभित्र मात्र विराजमान हुनुहुन्छ र अन्य मानिसको हृदयभित्र विराजमान हुनुहुन्न । होइन । उहाँ सबैजनाको हृदयभित्र विराजमान हुनुहुन्छ । सर्वभूतानाम् । उहाँ कुकुर, बिरालो, बाघ लगायत अन्य पशुहरूको हृदयभित्र समेत विराजमान हुनुहुन्छ । उहाँ सबैको हृदयभित्र विराजमान हुनुहुन्छ । त्यस्तो व्यक्तिलाई ईश्वरः भनिन्छ । ईश्वरः सर्वभूतानां हृद्देशे । यो श्लोकमाथि हामीले बारम्बार बहस गरेका छौँ–यो अत्यन्त अत्यन्त महत्वपूर्ण छ कि यो शरीर मोटरकारजस्तै यन्त्र हो । मायया.....भ्रामयन् सर्वभूतानि यन्त्रारूढानि मायया (भगवद्गीता १८।६१) । मायया । माया अर्थात् भौतिक शक्तिको माध्यमद्वारा, यो मोटर अर्थात् यन्त्र मलाई दिइएको छ । किन ? किनभने म यो ब्रह्माण्डभरी नै परिभ्रमण गर्न चाहन्छु, जस्तो कि वैज्ञानिकहरू चन्द्रलोकमा जान खोजिरहेका छन् । सबैजनाले यो बुद्धि पाएका छन् । यसलाई दार्शनिक बुद्धि भनिन्छ । सबैजनाले अर्थात् प्रत्येक मनुष्यले यदि ऊ मनुष्य हो भने उसले यो विचार गर्नेछ । त्यो दार्शनिक बुद्धि हो । उसले विचार गर्नेछ, “ओहो, आकाशमा अनगिन्ती ताराहरू छन् । तिनीहरू के गरिरहेका छन् ? त्यहाँ कतिजना मानिसहरू बस्दछन् ? त्यहाँ मोटरकार छ कि छैन ? त्यहाँ पर्वत तथा समुद्र छ कि छैन ?” एउटा बुद्धिमान् मानिसको मनमा यी प्रश्नहरू स्वभाविक रूपले आउँदछन् ।