NE/Prabhupada 0859 - पाश्चात्य सभ्यता को कमजोरी नै यहि हो । भक्स पोपुली, सर्वसाधारणको धारणा अनुसार चल्नु

Revision as of 07:43, 27 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 0859 - in all Languages Category:...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Room Conversation with Director of Research of the Dept. of Social Welfare


पाश्चात्य सभ्यताको कमजोरी नै यही होः भक्स पोपुली, अर्थात् सर्वसाधारण जनताको धारणाअनुसार चल्नु

निर्देशकः तर मानिसहरूले भन्नेछन् कि अझै पनि अति थोरै प्रतिशत मानिसहरू मात्र कृष्णभावनामृत अभियानमा संलग्न छन् ।

प्रभुपादः होइन । यो सन्दर्भमा धेरै प्रतिशतको कुनै प्रश्न उठ्दैन । मैले भनेँ कि थोरै प्रतिशत नै भएपनि समाजमा केही आदर्श मानिसहरू हुनु आवश्यक छ । कम्तीमा मानिसहरूले देख्नेछन् कि “ओहो, यहाँ आदर्श मानिस रहेछ ।” जस्तो कि हामीसँग आदर्श मानिसहरू छन् । किनभने हाम्रा मानिसहरू कीर्तन र नृत्य गरिरहेका छन्, त्यसकारण, बाहिरका थुप्रै मानिसहरू आउन थालेका छन्, र तिनीहरू सिकिरहेका पनि छन्, तिनीहरू दण्डवत् प्रणाम पनि गरिरहेका छन् । र क्रमशः तिनीहरू सेवा पनि गरिरहेका छन्ः “कृपया मलाई स्वीकार गर्नुहोस् ।” नियम बनाउनुभन्दा उदाहरण प्रस्तुत गर्नु नै राम्रो हो । यदि तपाईंसँग आदर्श मानिसहरूको समूह छ भने मानिसहरूले स्वतः सिक्नेछन् । हामी यही चाहन्छौँ । तर माफ गर्नुहोस्.... तर मैले यहाँ आदर्श मानिसहरूको समूह भेटिनँ । यहाँका पादरीहरू समेत मदिरा पिउने आदतको कारणले अस्पताल धाइरहेका छन् । मैले एउटा अस्पतालमा देखेँ कि त्यहाँका पाँच हजार मदिराका बिरामीहरू सबै पादरीहरू थिए । वास्तवमा ती पादरीहरूको आदर्श चरित्र हुनुपर्ने हो । तर तिनीहरू समलैगिंकताको पक्षमा बोलिरहेका छन् । त्यसकारण, यहाँ आदर्श चरित्र भएका मानिसहरू कहाँ छन् ? यदि पादरीवर्गका मानिसहरू नै मदिरा पिउने बानीका कारणले अस्पताल धाइरहेका छन् भने, र तिनीहरू नै पुरुष–पुरुषबीचको विवाह अर्थात् समलैगिंकतालाई अनुमति दिइरहेका छन् भने यहाँ आदर्श चरित्र कहाँ छ ?

निर्देशकः तर समलैगिंकता भनेको त एउटा रोग हो...

प्रभुपादः ए ? निर्देशकः समलैगिंकता भनेको एउटा रोग हो । तपाईं किन....?

भक्तः उहाँले भन्नुभयो कि यो एउटा रोग हो ।

निर्देशकः यो एउटा रोग हो । जस्तै, कुनै अन्धो मानिसले आँखा देखेन भन्दैमा तपाईंले उसलाई दण्डित गर्न सक्नुुहुन्न । त्यसैगरी कुनै मानिस समलिंगी हुँदैमा तपाईं उसलाई दण्ड दिन पाउनुहुन्न । हाम्रो समाजले यस्तो भन्दछ ।

प्रभुपादः तर जे भएतापनि यी पादरीवर्गका मानिसहरूले समलैगिंकतालाई समर्थन गरिरहेका छन् ।

निर्देशकः फेरि भन्नुहोस् त ?

प्रभुपादः तिनीहरू अनुमति दिइरहेका छन् । तिनीहरू समलैगिंकतालाई अनुमति दिइरहेका छन् ।

निर्देशकः हो, हामी भन्छौं|

प्रभुपादः र हामीले यो पनि सुन्यौँ कि पादरीले नै पुरुष–पुरुषबीच विवाह गराइदिएछन् । न्यूयोर्कमा वाचटावर भन्ने एउटा पत्रिका पाइन्छ,। त्यो एउटा इसाई पत्रिका हो । मैले त्यो पत्रिकामा देखेँ । त्यो पत्रिकामा पुरुष–पुरुषबीच विवाह गराइदिने त्यो पादरीको निन्दा गरिएको थियो । तर तिनीहरू “ठीकै छ” भन्दै समैलैगिंकतालाई वैधानिक बनाउन खोजिरहेका छन् । र तपाईंले भन्नुभयो कि पर्थमा विद्यार्थीवर्गका मानिसहरू अहिले समलैगिंकताको पक्षमा बहस गरिरहेका छन् । त्यसकारण, अहिले आदर्श चरित्र कहाँ छ ? यदि तपाईं समाजमा आदर्शलाई मूर्तरूप दिन चाहनुहुन्छ भने मानिसहरूलाई आदर्श चरित्र निर्माण गर्न प्रशिक्षण दिनुहोस् । यही काम कृष्णभावनामृत अभियानले गरिरहेको छ ।

निर्देशकः तपाईंले के भन्नुभयो....मानिसहरू भन्दछन् कि तपाईंलाई आदर्श लाग्ने वस्तु अर्को मानिसलाई आदर्श नलाग्न पनि सक्छ ।

प्रभुपादः म आदर्श चरित्रको उदाहरण दिइरहेको छु ।

निर्देशकः हो, तर त्यो एउटा दृष्टिकोण होला ।

प्रभुपादः होइन । यो कुनै दृष्टिकोणमा भर पर्ने कुरा होइन । दृष्टिकोण ? यदि मानिसहरू सबै गधा बनिरहेका छन् भने त्यहाँ दृष्टिकोणको के मूल्य हुन्छ ? यहाँ कुनै दृष्टिकोण छैन । मानिसले शास्त्रमा उल्लिखित निर्देशनलाई स्वीकार्नुपर्दछ । यहाँ कुनै दृष्टिकोण चल्दैन । एउटा गधाको दृष्टिकोणअनुसार चलेर के फाइदा छ ? त्यसकारण, मानिसहरू कुकुर तथा गधाजस्तै बन्ने प्रशिक्षण लिइरहेका छन् भने तिनीहरूको दृष्टिकोणको के मूल्य हुन्छ ? यदि तपाईंलाई शास्त्रले निर्देशन दिन्छ भने तपाईंले त्यसको पालना गर्नै पर्दछ । जस्तै, हामीले “अवैध मैथुन सम्बन्ध निषेध” गरेका छौँ । यो सन्दर्भमा मैले ती बदमाशहरूको दृष्टिकोणलाई कहिल्यै पनि वास्ता गरेको छैन । दृष्टिकोण... भन्ने बित्तिकै त्यहाँ तुरुन्त बहस सुरु हुनेछ । र तिनीहरूको दृष्टिकोणलाई स्वीकार गरेर के फाइदा हुन्छ ? दृष्टिकोण होइन, हामीले शास्त्रको पालना गर्नुपर्दछ । पाश्चात्य सभ्यताको कमजोरी नै यही होः भक्सपोपुली अर्थात् जनसमुदायको दृष्टिकोणलाई स्वीकार्ने । तर यस्तो जनसमुदायको के मूल्य हुन्छ जहाँ सबैजना धुम्रपान, मद्यपान, अवैध मैथुन सम्बन्ध तथा मांसाहार गर्दछन् । यसको के फाइदा....तिनीहरू उच्च श्रेणीका मानिसहरू होइनन् । अतः यस्तो तेस्रो तथा चौँथो श्रेणीका मानिसहरूको दृष्टिकोणको के मूल्य हुन्छ ? हामी यस्ता दृष्टिकोणलाई समर्थन गर्दैनौँ । कृष्णले जे भन्नुभएको छ, त्यही नै आदर्श हो । हामीले यसैलाई स्वीकार्नुपर्दछ । कृष्ण परमेश्वर हुनुुहन्छ र उहाँको निर्णय नै अन्तिम निर्णय हो । यहाँ कसैको दृष्टिकोण अथवा प्रजातन्त्र चल्दैन । यदि तपाईं कुनै चिकित्सककहाँ उपचारका लागि जानुहुन्छ भने, चिकित्सकले आफूले लेखेको औषधीप्रति अन्य बिरामीहरूको दृष्टिकोण के छ भनी सोध्ने काम गर्दैनः “अब म यी मानिसका लागि यो औषधी लेख्दैछु । अब तपाईं मलाई आफ्नो राय–सल्लाह दिनुहोस् ।” के चिकित्सकले यस्तो काम गर्ला ? अन्य बिरामीहरूले उसलाई के राय–सल्लाह देलान् ? चिकित्सक नै पूर्ण रूपमा विज्ञ मानिस हो । उसले जुन औषधी लेखिदिन्छ, त्यही नै मान्य हुन्छ ।