NE/Prabhupada 0898 - म अब भक्त भएको छु । त्यसकारण, अब कुनै पनि विपत्ति र कष्टहरू भोग्नुपर्नेछैन । होइन !
730417 - Lecture SB 01.08.25 - Los Angeles
प्रभुपादः कृष्णभावनामृतलाई कुनै पनि परिस्थितिमा विचलित पार्न सकिँदैन । भयंकर विपत्तिहरू आउँदछन् भने पनि कृष्णभावना विचलित हुँदैन । यो कुन्तीदेवीको उपदेश हो । कुन्तीदेवीले विपत्तिहरूलाई स्वागत गरिरहनुभएको छः विपदः सन्तु ताः तत्र तत्र... किनभने कुरुक्षेत्रको युद्ध जित्नुअघि, सम्पूर्ण पाण्डवहरू अनेक किसिमका विपत्तिहरूमा परेका थिए । अघिल्ला श्लोकहरूमा यसको वर्णन गरिसकिएको छ । कहिले उहाँहरूलाई विष खान दिइयो त कहिले उहाँहरूलाई लाहाको घरभित्र राखेर आगो लगाइयो । कहिले मान्छेको मासु खाने भयानक राक्षस तथा कहिले महान् महान् योद्धाहरू । हरेक पटक...उनीहरूले आफ्नो राज्य गुमाए, आफ्नी पत्नी गुमाए, आफ्नो प्रतिष्ठा गुमाए । उनीहरूलाई वनवास पठाइयो जुन अनेक खतराहरूले भरिपूर्ण थियो । तर ती सम्पूर्ण खतराहरूबीच कृष्ण विराजमान हुनुहुन्थ्यो । जब द्रौपदीलाई निर्वस्त्र पार्ने दुष्प्रयास गरियो, त्यतिबेला कृष्णले नै द्रौपदीका लागि कपडा पठाइदिनुभएको थियो । कृष्ण सधैँ पाण्डवहरूसँग हुनुहुन्थ्यो । अतः मरणासन्न अवस्थामा पुगेको बेलामा भीष्मदेवले भन्नुभयो.... भीष्मदेव पाण्डवहरूका हजुरबा हुनुहुन्थ्यो । त्यसकारण, जब पाण्डवहरू भीष्मदेवलाई भेट्न उहाँको मृत्युशै्यामा पुग्नुभयो, त्यतिबेला भीष्मदेवले भन्नुभयोः “यी मेरा नातिहरू सबै अत्यन्त धार्मिक छन् । महाराज युधिष्ठिर सबैभन्दा महान् धार्मिक व्यक्तित्व हुनुहुन्छ । उहाँको नाम नै धर्मराज अर्थात् “धार्मिकताका राजा” हो । उहाँ जेठा दाजु हुनुहुन्छ । र भीम र अर्जुन पनि महान् भक्त तथा महान् सुरवीरहरू हुन् । उनीहरू हजारौँ मानिसहरूलाई मार्न सक्दछन् । उनीहरू अत्यन्त शक्तिशाली छन् । र युधिष्ठिर पनि हुनुहुन्छ र भीम पनि हुनुहुन्छ । अर्जुन पनि हुनुहुन्छ र द्रौपदी त स्वयं लक्ष्मीदेवी हुनुहुन्छ । द्रौपदीलाई यस्तो आशीर्वाद थियो कि जहाँ द्रौपदी हुन्छिन्, त्यहाँ भोजनको कुनै कमी हुनेछैन । यसप्रकार, उनीहरूको समायोजन यति सुन्दर थियो र यी सबै कुराभन्दा पनि माथि, कृष्ण सधैँ उनीहरूसँग हुनुहुन्थ्यो । तापनि उनीहरूले अनेक कष्टहरू भोग्नुप¥यो ।” र भीष्मदेव रुन लाग्नुभयो किः “म जान्दिनँ कि कृष्णको व्यवस्थापन कस्तो हो, कि यस्ता धार्मिक मानिसहरू, यस्ता भक्तहरू, तिनीहरू समेत कष्ट भोगिरहेका छन् ।” अतः यो नसोच किः “म अब भक्त भएको छु, त्यसकारण, अब मलाई कुनै पनि विपत्ति अथवा कष्ट हुनेछैन ।” प्रल्हाद महाराजले त्यति धेरै कष्टहरू भोग्नुभयो । पाण्डवहरूले त्यति धेरै कष्टहरू भोगे । हरिदास ठाकुरले त्यति धेरै कष्टहरू भोग्नुभयो । तर हामी ती कष्टहरूबाट विचलित हुनु हुँदैन । हामीसँग सुदृढ श्रद्धा तथा सुदृढ संकल्प हुनुपर्दछः “मसँग कृष्ण हुनुहुन्छ । कृष्णले मलाई संरक्षण गर्नुहुनेछ ।” हामीसँग सुदृढ श्रद्धा तथा सुदृढ संकल्प हुनुपर्दछः “मसँग कृष्ण हुनुहुन्छ । कृष्णले मलाई संरक्षण गर्नुहुनेछ ।” कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति (भगवद्गीता ९।३१) । कृष्णबाहेक अन्य व्यक्तिको आश्रय लिएर फाइदा उठाउने प्रयास नगर । सदैव कृष्णकै आश्रयमा बसिराख । कृष्ण भन्नुहुन्छः कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति । “प्रिय अर्जुन, तिमीले जनताहरूबीच घोषणा गर्न सक्दछौ कि मेरा भक्तहरूको कदापि विनाश हुँदैन ।” कृष्णले किन अर्जुनलाई यस्तो घोषणा गर्ने सल्लाह दिनुभएको होला ? किन कृष्ण स्वयंलृ यो घोषणा गर्नुभएन ? यसको केही कारण छ । किनभने यदि कृष्ण स्वयंले यो घोषणा गर्नुहुन्छ भने उहाँले त्यसको अवज्ञा पनि गर्न सक्नुहुन्छ किनभने उहाँले कहिलेकाहीँ आफ्नो वचन भंग गर्नुभएको इतिहास छ । तर यदि कृष्णको भक्तले वचन दिन्छ भने त्यसको कदापि अवज्ञा हुन सक्दैन । यो कृष्ण स्वयंको सरोकारको विषय हो । “ओहो, मेरो भक्तले यो घोषणा गरेको छ । अब मैले यसलाई पूर्ण गर्नैपर्दछ ।” त्यसकारण, कृष्णले भन्नुभयोः “हे अर्जुन, तिमी घोषणा गर । यदि मैले घोषणा गरेँ भने मानिसहरूले मलाई विश्वास नगर्न पनि सक्छन् । तर यदि तिमीले घोषणा ग¥यौ भने मानिसहरूले विश्वास गर्नेछन् । किनभने तिमी मेरा भक्त हौ । तिम्रो घोषणा कहिल्यै पनि व्यर्थ हुनेछ्रैन...” यस्य प्रसादात् भगवत्प्रसादः । कृष्ण हेर्न चाहनुहुन्छः “मेरो भक्तको वचन पूरा हुन्छ । मेरो वचन पूरा नहुन पनि सक्छ, भंग पनि हुन सक्दछ ।” अतः यही नै कृष्णभावनामृत हो । कुनै पनि परिस्थितिमा अर्थात् सबैभन्दा खतरनाक परिस्थितिमा पनि हामी कृष्णभावनाभावित भइरहनुपर्दछ । हामीले कृष्णको चरणकमलमा श्रद्धा राख्नैपर्दछ र यसप्रकार हामीलाई कुनै पनि विपत्तिले छुनेछैन ।
धेरै धेरै धन्यवाद ।
भक्तहरूः जय श्रील प्रभुपाद !