NE/Prabhupada 0996 - अमेरिकी युवा तथा युवतीलाई मैले घूस दिएको छैन । मेरो एकमात्र सम्पत्ति भनेको कीर्तन हो
730406 - Lecture SB 02.01.01-2 - New York
प्रभुपाद: परीक्षित महाराजले शुकदेव गोस्वामीलाई प्रश्न गरे...... "मेरो कर्तव्य के हो ? म सात दिनभित्र मर्नेछु, मेरो कर्तव्य के हो ?" उनले कृष्णको बारेमा जिज्ञासा गरे किनकि परीक्षित महाराज, एक वैष्णव परिवारमा अर्जुनका नाती थिए..... पाण्डवहरु वैष्णव हुन् र कृष्णका भक्त हुन्, त्यसैले बाल्यकालदेखि उनीसँग कृष्णको आराधना गर्ने अवसर थियो | उनी कृष्णको अर्च विग्रहसँग खेल्थे, प्राकृतिक रुपमा कृष्णको बारेमा सुन्ने उनको झुकाव थियो | त्यसैले उनले जिज्ञासा गरे,"मेरो कर्तव्य के हो ? के म केवल कृष्ण सम्बन्धि श्रवन गरूँ वा अरु केहि गरूँ ?" यो प्रश्न सुन्नसाथ, शुकदेव गोस्वामीले बधाई दिनुहुन्छ, वरीयान् एष ते प्रश्नः: (श्री भा २|१|१) "ओहो, तिमो प्रश्न धेरै आश्चर्यजनक छ, धेरै योग्य छ, वरीयान् |" वरीयान् अर्थात् "धेरै योग्य" मैले जे दिएको छु, वरीयान् | यशस्वी, हो | "यशस्वी प्रश्नः किनकि तिमीले कृष्णको बारेमा जिज्ञासा राखेका छौ |" वरीयान् एष ते प्रश्नः कृतो लोक-हितं नृप: (श्री भा २|१|१) "मेरो प्रिय राजा, यो प्रश्न संसारको सारा मानिसको लागि शुभ छ |" यदि तिमी केवल कृष्णको बारेमा जिज्ञासा राख्छौ वा कृष्णको बारेमा सुन्छौ भने तिमीले नबुझे पनि कृष्णको त्यस तरङ्ग...... जस्तै हामी "हरे कृष्ण" जप्दैछौं, हामीले हरे कृष्णको अर्थ नबुझ्न सक्छौं, तर पनि यो दिव्य ध्वनि भएको कारण यो मंगलमय हुन्छ | तिमीले जहाँ पनि हरे कृष्ण जप्छौ मानिसले सुने पनि, नसुने पनि, यो तिनीहरुको लागि शुभ हुन्छ | हामीले सडकमा आफ्ना मानिसहरुलाई सङ्कीर्तनको लागि पठाउँदैछौं | यसको मतलब हुँदैन कि मानिसहरु सुन्न उत्सुक छन् कि छैनन्, यो मंगलमय हुन्छ | यसले मानव समाजको लागि धेरै, धेरै अनुकूल वातावरण सिर्जना गर्नेछ | त्यो हाम्रो सिद्धान्त हुनुपर्छ | हामीले कीर्तन गर्दा कसैले ख्याल नगरे पनि हामी निराश हुनेछैनौं | हाम्रो यस सङ्कीर्तनअभियान यति राम्रो छ कि केवल कीर्तन गरेर यसको तरङ्गले एउटा शुभ वातावरण सिर्जना गर्नेछ, वरीयान् एष ते प्रश्नः (श्री भा २|१|१) | तिमीहरुले व्यवहारिक रुपमा देख्न सक्छौ, जो पुराना सदस्य छन्...... मैले न्यु योर्कमा केवल कीर्तन गरेर यसको सुरुवात गरेको थिएँ | तिमीहरु अमेरिकी युवा तथा युवतीलाई मेरो पछाडी लाग्न मैले घूस दिएको छैन | एकमात्र सम्पत्ति भनेको कीर्तन थियो | टम्प्किन्सन् स्क्वायर पार्कमा, यी ब्रह्मानन्द स्वाम प्रथम पटक मेरो कीर्तनमा नाच्न आए | (हाँसो) उनी र अचुतानन्द, त्यो हाम्रो कृष्ण भावनामृत अभियानको पहिलो नाच थियो | (हाँसो) हो | र मसँग कुनै मृदङ्ग थिएन | त्यसलाई के भनिन्छ ? भक्त: (अस्पष्ट) ढोल | प्रभुपाद: ढोल, सानो ढोल | म दुई देखि पाँचसम्म, तीन घण्टा हरे कृष्ण कीर्तन गर्थें र धेरै युवा तथा युवतीहरु आउँदै साथ दिन्थे, र टाइम्समा पनिली तस्विर छापिएको थियो | न्यु योर्क टाइम्सले सराहना गरेको थियो र मानिसहरुले पनि सराहना गरेका थिए | सुरुवातमा केवल कीर्तन थियो | अरु केहि थिएन | त्यस समयमा प्रसाद वितरणको कुनै कार्यक्रम थिएन | त्यो पछि आएको हो | हामी सधैं विश्वस्त हुनुपर्छ कि यो कीर्तन यस भौतिक जगतको ध्वनि होइन | यो भौतिक जगतको ध्वनि होइन | नरोत्तम दास ठाकुरले भन्नुहुन्छ, गोलोकेर प्रेम-धन हरि-नाम-सङ्कीर्तन | यो अध्यात्मिक जगतबाट आयातित हो | यो पूर्णतः अध्यात्मिक हो | अन्यथा यो कसरी सम्भव हुन्छ ? कहिलेकाही तथाकथित योगीहरु भन्छन् कि कीर्तन...... बम्बईमा एउटा तथाकथित धुर्तले भन्छ "हरे कृष्णको कीर्तन र कोकाकोला भन्नु समान हुन्छन् |" ऊ यति धुर्त छ | उसलाई थाहा छैन कि यो ध्वनि भौतिक जगतको होइन | तर जोसँग ज्ञान छ, उनीहरु सोच्छन् कि "यो 'हरे कृष्ण, हरे कृष्ण' जपको अर्थ के हो ?" उनीहरुले व्यवहारिक रुपमा देख्न सक्छन् कि हामीले दिन-रात कीर्तन गर्छौं, तर पनि हामी थाक्दैनौं, तर यदि अरु कुनै पनि भौतिक नाम लियो भने तीन पटक भनेपछि थकान अनुभव गरिन्छ | त्यो प्रमाण हो | तिमी दिन-रात कीर्तन गर्न सक्छौ तर तिमी कहिल्यै थाक्नेछैनौ | यी मानिससँग बुझ्न कुनै दिमाग छैन |