NE/Prabhupada 0074 - मानव जीवन तपस्याको लागि हो

Revision as of 19:36, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 4.21 -- Bombay, April 10, 1974

सबै कुरा भगवाद् गीतामा वर्णित छ | भगवाद् गीतामा बताइएको छैन कि "तिमी हावा खाएर बाँच |" छैन | भगवाद् गीतामा भनिएको छ,अन्नाद् भवन्ति भुतानि (भ गी ३।१४) । अन्न । अन्न भनेको अनाज | अनाजको आवश्यकता छ | अन्नाद् भवन्ति भुतानि | भगवाद् गीतामा बताइएको छैन कि "तिमीले खानु पर्दैन | तिमि केवल हावा खाऊ र योग गर |" होइन | तर हामीले खानुपर्छ, न धेरै , न थोरै, यो सुझाव छ | युक्ताहार विहारस्य (भ गी ६।१७ )| हामीले धेरै या थोरै खानु हुँदैन |

र निरासी: | निरासी: भनेको अधिक प्रयास नगर्ने | अहिले हामी इन्द्रियतृप्ति धेरै भन्दा धेरै चाहन्छौं यो चाहिएको छैन | यदि तपाई जीवनको पूर्णता चाहनुहुन्छ भने यो तपस्या हो | मानिसको इच्छा हुन्छ, तर उसले नचाहिंदो इच्छा गर्नु हुँदैन | सबैको खाने अधिकार छ, जनावरको पनि | सबैको अधिकार छ | तर हामी अत्याधिक मजा गर्ने इच्छा गर्छौं, तसर्थ हामी जनावरलाई राम्ररी बाँच्ने मौका दिंदैनौं; र हामी जनावरलाई खान खोज्दैछौं | यो चाहिएको छैन | यसलाई भनिन्छ निरासी: | किन जनावर खानुपर्यो ? त्यो असभ्य जीवन हो | जब खाना हुँदैन, जब मानिसहरुआदिवासी हुन्छन्, तब तिनीहरु जनावर खान सक्छन्, किनकि तिनीहरुलाई खानेकुरा उब्जाउन आउँदैन | तर जब मानव समाज सभ्य हुन्छ, उसले धेरै राम्रा खानेकुरा उब्जाउन सक्छ, उसले गाई पाल्न सक्छ, गाई खानुको साटो | उसले दुध पाउँछ, पर्याप्त दुध | हामीले दुध र अन्नबाट धेरै परिकार बनाउन सक्छौं |

त्यसैले हामीले अनावश्यक रुपमा धेरै मजा लिन खोज्नु हुँदैन | त्यसपछि यहाँ भनिएको छ, कुर्वन् नाप्नोति किल्बिषम् (भ गी ४।२१ ) | किल्बिषम् भनेको पापी जीवनको नतिजा | किल्बिषम् | यदि हामीले आफ्नो आवश्यकता भन्दा धेरै इच्छा गरेनौं भने हामी फस्दैनौं, पापमा संग्लग्न हुँदैनौं, कुर्वन् अपि, यदि ऊ काममा संग्लग्न छ भने पनि | जब तपाई काम गरिरहनुहुन्छ, जानेर या नजानेर, तपाईले यस्तो कर्म गर्नुपर्छ जुन पुण्य कर्म हुँदैन, जुन पाप नै हुन सक्छ, तर यदि तपाई केवल जीवनयापनको आरेमा सोच्नुहुन्छ भने कुर्वन् नाप्नोति किल्बिषम् | हाम्रो जीवन पापमुक्त हुनुपर्छ | अन्यथा हामीले पीडा भोग्नुपर्छ |

तर तिनीहरु विश्वास गर्दैनन्, यद्यपि तिनीहरुले अत्यन्त नारकीय जीवनहरु देखिरहेका छन् | ती ८४,००,००० जीवनहरु कहाँबाट आउँदैछन् ? धेरै जीवनहरु अत्यन्त नारकीय जीवन बाँचिरहेका छन् | अवश्य पनि, ती जनावरहरु वा जीवहरुलाई थाहा छैन, तर हामी मानव, हामीले यो नारकीय जीवन किन हुन्छ भनेर बुझ्नुपर्छ | यो मायाको भ्रम हो | मानिसले, जस्तै..... एउटा सुँगुर साह्रै फोहोरी स्थितिमा बाँचिरहेको हुन्छ, विष्टा खान्छ, तर पनि, ऊ आफुलाई खुसी सम्झन्छ, त्यसैले ऊ मोटाइरहेको हुन्छ | जब कोहि खुसी हुन्छ, "म धेरै खुसी छु ", ऊ मोटाउँछ | तपाईले यी सुँगुरहरु देख्नुहुन्छ, यी धेरै मोटा छन्, तर यिनीहरु के खान्छन् ? तिनीहरु विष्टा खान्छन् र फोहोरमा बस्छन् | तर तिनीहरु सोच्छन् "हामी धेरै खुसी छौं |" त्यसैले त्यो मायाको भ्रम हो | जो नारकीय जीवन बाँचिरहेको हुन्छ, माया, भ्रमको कारण उसले सोच्छ कि ऊ ठिकै छ, ऊ राम्ररी बाँचिरहेको छ | तर जो व्यक्ति उच्च स्तरको हुन्छ, उसले देख्छ कि ऊ नारकीय जीवन बाँचिरहेको छ | यहाँ भ्रम व्याप्त छ, तर ज्ञानबाट, सत्सङ्गबाट, शास्त्रबाट आदेश लिएर, गुरुबाट, साधुबाट, मानिसले जीवनको मूल्य के हो बुझ्नुपर्छ र त्यसै अनुरुप बाँच्नुपर्छ |

त्यसैले कृष्णले आदेश दिनुभएको छ कि निराशी:, मानिसले नचाहिंदो इच्छा गर्नुहुँदैन, जीवनको आवश्यकताभन्दा बढी | यसलाई भन्छ निराशी: | निराशी: | यसको अर्को अर्थ भौतिक आनन्दको धेरै इच्छा | र यो तब सम्भव हुन्छ जब ऊ पूर्ण ज्ञानमा हुन्छ कि "म यो शरीर होइन | म आत्मा हुँ | मेरो आवश्यकता भनेको कसरी आध्यात्मिक ज्ञानमा विकास गर्ने |" तब ऊ निराशी: बन्छ | तपस्याका लागि यी माध्यम हुन् | मानिसले अहिले बिर्सिसके | तिनीहरुलाई तपस्या के हो थाहा छैन | तर मानव जीवन त्यस उद्देश्यको लागि हो | तपो दिव्यं पुत्रका येन शुद्ध्येत् सत्त्वं येन ब्रह्म​-सौख्यम् अनन्तम् (श्री भा ५।५।१ ) | यो शास्त्रको निर्देशन हो। मानव जीवन तपस्याको लागि हो ।

र तपस्या.. तसर्थ वैदिक जीवनको सुरुवातमा तपस्या हुन्छ, ब्रह्मचारी , ब्रह्मचारी | एक विद्यार्थीलाई ब्रह्मचारीको अभ्यास गर्न गुरुकुल पठाइन्छ | यो तपस्या हो, आरामदायक जीवन होइन | भुइँमा सुत्ने, ढोका-ढोकामा गएर भिक्षा माग्ने | तर तिनीहरु थाक्दैन | किनकि तिनीहरु बच्चा हुन्छन्, यदि तिनीहरु तपस्यामा शिक्षित हुन्छन्, तिनीहरु अभ्यस्त हुन्छन् | तिनीहरु सब स्त्रीलाई "आमा" भन्छन् | "आमा मलाई केहि भिक्षा दिनुहोस् |" र तिनीहरु गुरुकहाँ फर्कन्छन् | सबै कुरामा गुरुको हक-अधिकार हुन्छ | यो ब्रह्मचारी जीवन | यो तपस्या हो | तपो दिव्यं (श्री भा ५।५।१ ) | यो वैदिक सभ्यता हो, कि बच्चाहरुलाई जीवनको सुरुवातदेखि नै, तपस्याको अभ्यास गराउनुपर्छ, ब्रह्मचर्य | ब्रह्मचारीले कोहि युवतीलाई हेर्दैन | गुरुकी पत्नी पनि युवती हुन्छिन्, ऊ गुरुकी पत्नीकहाँ पनि जान पाउँदैन | यी प्रतिबन्धनहरु हुन्छन् | अहिले कहाँ छ त त्यो ब्रह्मचर्य ? कोहि ब्रह्मचारी छैनन् | यो कलि युग हो | तपस्या छैन |