NE/Prabhupada 0075 - गुरुकहाँ जानैपर्छ



Lecture on SB 1.8.25 -- Mayapur, October 5, 1974


जब कोहि उच्च स्तरका प्रश्नबारे जिज्ञासु हुन्छ, ब्रह्म जिज्ञासा, तब उसलाई गुरु चाहिन्छ | तस्माद् गुरूं प्रपद्येत: (श्री भा ११।३।२१ ) "तपाई अहिले उच्च तहको ज्ञानको खोजीमा हुनुहुन्छ, त्यसैले तपाई गुरुकहाँ जानैपर्छ |" तस्माद् गुरूं प्रपद्येत | को ? जिज्ञासु: श्रेय उत्तमम् | उत्तमम् | उत्तमम् भनेको जुन अँध्यारोभन्दा माथि हुन्छ | यो सारा संसार अँध्यारो छ | जसलाई अँध्यारोभन्दा माथि जाने इच्छा छ | तमसि मा ज्योतिर् गम | यो वैदिक निर्देशन हो "आफुलाई अँध्यारोमा नराख | ज्योतितर्फ जाऊ | त्यो ज्योति ब्रह्म हो, ब्रह्म-जिज्ञासा |

त्यसैले जो जिज्ञासु छ... उत्तम.....उद्गत-तम यस्मात् | उद्गत-तम | तम भनेको अज्ञानता | अध्यात्मिक जगतमा अज्ञानता हुँदैन | ज्ञान | मायावादी दार्शनिकहरु, तिनीहरु भन्छन्, ज्ञान, ज्ञानवान् | तर ज्ञान परिवर्तनशील हुँदैन | ज्ञानका विभिन्न प्रकार छन् | जस्तै वृन्दावनमा, त्यहाँ ज्ञान छ तर त्यहाँ विविधता छ | कोहि कृष्णलाई दासको रुपमा प्रेम गर्न रुचाउँछन् | कोहि कृष्णलाई मित्रको रुपमा प्रेम गर्न रुचाउँछन् | कोहि कृष्णको ऐश्वर्यको सराहना गर्न चाहन्छन् | कोहि कृष्णलाई आमा-बुवाको रुपमा प्रेम गर्न रुचाउँछन् | कोहि कृष्णलाई प्रेमीकाको रुपमा प्रेम गर्न रुचाउँछन् | कोहि कृष्णलाई शत्रुको रुपमा प्रेम गर्न रुचाउँछन् | जस्तै कंस | त्यो पनि वृन्दावन-लिला हो | ऊ सधैँ कृष्णको बारेमा फरक प्रकारमा सोच्थ्यो, कसरी कृष्णलाई मार्ने | पुतना, ऊ पनि कृष्णकहाँ प्रेमीकाको रुपमा आई, स्तनपान गराउन | तर भित्री इच्छा भने कृष्णलाई मार्नु थियो | तर त्यो पनि अप्रत्यक्ष प्रेमको रुपमा लिइन्छ, अप्रत्यक्ष प्रेम | अन्वयात् |

कृष्ण जगद्-गुरु हुनुहुन्छ | उहाँ मूल गुरु हुनुहुन्छ | ती गुरुले व्यक्तिगत रुपमा भगवाद् गीता सिकाउँदै हुनुहुन्छ, र हामी धुर्तहरु, यो शिक्षा लिंदैनौं | हेर्नुहोस् त | त्यसैले हामी मुढ हौँ | जो जगद् गुरुबाट शिक्षा लिन अयोग्य छ, ऊ मुढ हो | त्यसैले हाम्रो परिक्षा भनेको: यदि कसैलाई कृष्णको बारेमा थाहा छैन भने, यदि कसैलाई कसरी भगवाद् गीता अनुसरण गर्ने थाहा छैन भने हामी उसलाई तुरुन्त धुर्तको रुपमा लिन्छौं | ऊ प्रधानमन्त्री हुन सक्छ, उच्च-अदालतको न्यायाधिश हुन सक्छ या .... "होइन, ऊ प्रधानमन्त्री हो, उच्च-अदालतको न्यायाधिश हो | तर पनि मुढ ?" हो | "कसरी?" माययापहृत ज्ञाना: (भ गी ७।१५ ) "ऊसँग कृष्णको ज्ञान छैन | ऊ मायाले ढाकिएको छ |" माययापहृत ज्ञाना: आसुरं भावम् आश्रिता: | त्यसैले ऊ मुढ हो |

सिधा कुरा प्रचार गर्नुहोस् | अवश्य पनि तपाईले यी कुराहरु मिठो भाषामा भन्न सक्नुहुन्छ, कुनै उत्तेजना सिर्जना नगर्न, तर जसले कृष्णलाई जगद्-गुरुको रुपमा स्वीकार्दैन, र उहाँको शिक्षा लिंदैन, ऊ धुर्त हो |

जस्तै जगन्नाथ पुरीको यो मुढ | ऊ भन्छ "तिमी अर्को जन्म लिऊ | तब तिमी..." त्यो मुढ, उसलाई धुर्तको रुपमा लिनुपर्छ | किन? ऊ जगद्-गुरु हो; उसले पनि भन्छ, "म जगद्-गुरु हुँ |" तर ऊ जगद्-गुरु होइन | उसले जगत् के हो पनि देखेको छैन | ऊ भ्यागुतो हो | र जगद्-गुरुको दावा गर्छ | त्यसैले ऊ मुढ हो | कृष्ण भन्नुहुन्छ | ऊ मुढ हो किनकि उसले कृष्णको शिक्षा ग्रहण गरेको छैन |