NE/Prabhupada 0142 - भौतिक प्राकृतिको संहार प्रक्रियालाई रोक

Revision as of 19:47, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on SB 6.1.15 -- Denver, June 28, 1975

सर्वप्रथम, मानिसले बुझ्दैनन् कि जीवनको उद्देश्य के हो | तिनीहरुले वर्तमान समयमा ख्याल गर्दैनन् | तिनीहरुसँग कुनै भेद छैन कि पापी जीवन के हो र पुण्य जीवन के हो | हामीले यी कुराहरुमा विश्वास नगर्न सक्छौं, तर कार्य यसरी नै हुन्छ | जस्तै यदि तपाई संक्रमित हुनुहुन्छ भने तपाईलाई रोग लाग्नेछ | तपाई विश्वास गर्नुहोस् वा नगर्नुहोस्, यसको मतलब हुँदैन | यहाँ हाम्रा डाक्टर साहेब छन् | उनलाई थाहा छ कि यदि तपाई संक्रमित हुनुहुन्छ भने तपाईलाई रोग लाग्नेछ | त्यसैले हामीलाई धेरै संक्रमित गुणहरुले असर गरेको छ | तीन गुणहरु छन्- सत्त्व गुण, रजो गुण, तमो गुण र हाम्रो संक्रमण अनुसार हामीले विभिन्न प्रकारको शरीर स्वीकार्नुपर्छ | कर्मणा दैव​-नेत्रेण (श्री भ ३।३१।१) | हामी सबजना भौतिक प्रकृतिको गुण अन्तर्गत कार्यरत छौं र आफ्नो सङ्ग अनुसार हामीले विशेष प्रकारको शरीर स्वीकार्नुपर्नेछ, तथा देहान्तर​-प्राप्तिः (भ गी २।१३) | दुर्भाग्यवश, प्रकृतिको कार्य कसरी सम्पन्न हुँदैछ भनेर जान्ने कुनै विज्ञान छैन, कुनै कलेज छैन, कुनै विश्वविद्यालय छैन | प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः (भ गी ३।२७) | प्रकृति त्यहिं छिन् |

हामी यो भौतिक प्रकृतिमा संक्रमित अवस्थाको कारण छौं | यो हाम्रो समस्या हो | र हामी मर्नुपर्छ | यो तथ्य हो | यदि तपाईले "मैले मृत्युमा विश्वास गर्दिनँ" भन्नुहुन्छ भने कुनै क्षमायाचना हुँदैन | मृत्यु हुनुपर्छ | तपाई मर्नुपर्छ | यसप्रकारले हाम्रो जीवन चल्दैछ | मानव जीवनमा हामीले यसलाई सुधार्न सक्छौं | यो कृष्णभावनाको प्रक्रिया हो, कि यदि हामीले भौतिक प्रकृतिको विभन्न गुणसँगको निरन्तर सङ्ग सुधार्न सक्छौं भने..... र यो सङ्गको फलस्वरूप, हामीले एउटा शरीर स्वीकार्दैछौं र फेरी मर्दैछौं र फेरी अर्को शरीर स्वीकार्दैछौं, फेरी मर्दैछौं | यो कार्य रोकिनेछ | यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भ गी १५।६) | कुनै तरिकाले यदि तपाई घर फर्कन, भगवद् धाम फर्कन योग्य बन्नुहुन्छ भने यद् गत्वा, तपाई फेरी फर्कनुपर्दैन | तर तिनीहरुले बुझ्दैनन् कि यो भौतिक बद्ध जीवन सधैं पीडादायी हुन्छ | तिनीहरुले स्वीकारेका छन्, "यो धेरै राम्रो छ |" पशुहरु | पशुहरु, जस्तै वधशालामा, पशु राख्ने गोदाममा, धेरै पशुहरु हुन्छन् र तिनीहरुको वध गरिन्छ | सबलाई थाहा छ | पशुहरुलाई पनि थाहा छ | तर तिनीहरुको पाशविक प्रवृत्तिको कारण तिनीहरुले केहि गर्न सक्दैनन् | हामी पनि यस भौतिक जगतको वधशालामा राखिएका छौं | यसलाई मृत्यु-लोक भनिन्छ | सबजनालाई थाहा छ कि उसको वध हुनेछ | आज वा भोलि वा पचास वर्ष पछि वा सय वर्ष पछि, सबजनालाई थाहा छ कि उसको वध हुनेछ | ऊ मर्नेछ | मृत्यु भनेको वध | कोहि मर्न चाहँदैन | पशुहरु पनि मर्न चाहँदैनन् | तर तिनीहरुलाई बलपूर्वक मारिन्छ | यसलाई वध भनिन्छ | त्यसैगरी, को मर्न चाहन्छ ? कोहि मर्न चाहँदैन | तर प्रकृतिको नियमद्वारा ऊ मर्नुपर्छ | त्यो वधशाला हो | सम्पूर्ण भौतिक जगत् वधशाला हो | हामीले यो अनुभव गर्नुपर्छ | र यसलाई मृत्यु-लोक भनिन्छ | यो समस्या हो | तर तिनीहरु पशु जस्तै यो कुरा राम्ररी लिंदैनन् | पशुहरुले धेरै गम्भीरतापूर्वक लिंदैनन् | ऊ मर्नेछ भन्ने थाहा पाए पनि उसले कुनै पाइला लिंदैन | हाम्रो स्थिति त्यस्तै छ |

मृत्यु-संसार​-सागरात्, तेषाम् अहं अनुकम्पार्थम् अहम् अज्ञान​-जं तमः | तेषाम् अहं समुद्धर्ता मृत्यु-संसार​-सागरात् (भ गी १२|७) | हामीले आफ्नो स्थिति बुझ्नुपर्छ | कोहि मर्न चाहँदैन तर उसको वध हुन्छ | उसलाई पुनः अर्को अवसर दिइन्छ, अर्को शरीर दिइन्छ | फेरी उसको वध हुन्छ | प्रकृतिको यो नियम चल्दैछ | दैवी ह्य् एषा गुणमयी मम माया दुरत्यया ( भ गी ७।१४) | हामीले गम्भिरतापूर्वक बुझ्नुपर्छ कि हामीले यो भौतिक प्रकृतिको वध प्रक्रिया कसरी रोक्न सक्छौं | त्यो बुद्धिमानी हो | अन्यथा, कुकुर - बिरालो जसरी खुसी हुन, "ओहो, मैले धेरै मिठो खाँदैछु र उफ्रँदैछु | मलाई वध हुने मतलब छैन," त्यो धेरै राम्रो बुद्धि होइन | बुद्धिको प्रयोग भनेको यो प्रकृतिको वध प्रक्रिया कसरी रोक्न सकिन्छ | त्यो बुद्धिमानी हो | त्यसको छलफल हुँदैछ |

जो पनि भक्तिमय सेवाद्वारा वध प्रक्रियाबाट बाहिर निस्कन सक्छ | त्यो यहाँ वर्णित छ, केचित् केवलया भक्त्या (श्री भ ६।१।१५) | केचित् | त्यो सामान्य होइन | धेरै दुर्लभ रुपमा कोहि कृष्ण भावनामा आउँछ | केचित् केवलया भक्त्या | केवल भक्तिमय सेवाले मानिस यो वध हुने भयानक स्थितिबाट बाहिर निस्कन सक्छ | केचित् केवलया भक्त्या (श्री भ ६।१।१५) | र तिनीहरु को हुन् ? वासुदेव-परायणाः, कृष्णका भक्तहरु | कृष्णको नाम वासुदेव हो | उहाँ वसुदेवको पुत्र हुनुहुन्छ, त्यसैले उहाँको नाम वासुदेव हो | वासुदेव परायणाः | परायणाः भनेको "हाम्रो अन्तिम लक्ष्य वासुदेव हुनुहुन्छ, अरु कोहि होइन |" उनीहरुलाई वासुदेव-परायणाः भनिन्छ | वासुदेव-परायणाः, अघं धुन्वन्ति | अघम् भनेको भौतिक प्रदुषण | हामी सधैं भौतिक प्रदुषणसँग सङ्ग गर्दैछौं | यदि हामी वासुदेव-परायणाः बन्छौं...... वासुदेवः सर्वम् इति स महात्मा सुदुर्लभः ( भ गी ७।१९), उही कुरा हो | यहाँ भनिएको छ, केचित्- अर्थात् धेरै दुर्लभ रुपमा | र कृष्णले पनि भगवद् गीतामा भन्नुहुन्छ, वासुदेवः सर्वम् इति स महात्मा सुदुर्लभः ( भ गी ७।१९) | सुदुर्लभः, धेरै दुर्लभ |