NE/Prabhupada 0208 - कृष्णको भक्तको आश्रय लिनुपर्छ
Lecture on SB 6.1.16 -- Denver, June 29, 1975
वैष्णवले कहिल्यै पाप गर्दैनन्, र उनले अतितमा जे गरेका छन्, त्यो पनि समाप्त हुन्छ | यो कृष्णले बताउनुभएको छ | वा अर्को शब्दमा, यदि तिमीले आफुलाई भगवानको सेवामा संग्लग्न गराउँछौ भने अवश्य पनि तिमी सम्पूर्ण पापको फलबाट मुक्त हुन्छौ | यो कसरी सम्भव हुन्छ ? यथा कृष्णार्पित-प्राणः | प्राण:, प्राणैर् अर्थैर् धिया वाचा | प्राण, प्राण भनेको जीवन | जसले कृष्णको सेवा गर्न आफ्नो जीवन समर्पण गरेको छ, त्यस्तो व्यक्ति |
कृष्णको सेवाको लागि जीवन समर्पण गर्न कसरी सम्भव हुन्छ ? त्यो पनि यहाँ वर्णित छ: तत्-पुरुष-निषेवया | तिमीले कृष्णको भक्तको आश्रय लिनुपर्छ र तिमीले सेवा गर्नुपर्छ | अर्थात् तिमीले एउटा भक्तलाई स्वीकार्नुपर्छ, एउटा शुद्ध भक्त, आफ्नो मार्गदर्शकको रुपमा | त्यो हाम्रो विधि हो | रुप गोस्वामीले भक्ति-रसामृत सिन्धुमा भन्नुहुन्छ, "प्रथम विधि भनेको, आदौ गुर्वाश्रयम्, गुरु स्वीकार्नु |" गुरु स्वीकार्नु | गुरु भनेको कृष्णको प्रतिनिधि | जो कृष्णको प्रतिनिधि होइन, ऊ गुरु बन्न सक्दैन | गुरुको अर्थ यो होइन कि कुनै बेकार मानिस गुरु बन्न सक्छ | होइन | केवल तत्-पुरुष | तत्-पुरुष भनेको उक्त व्यक्ति जसले भगवानलाई सबै कुरा भनेर स्वीकार गरेको छ | तत्-पुरुष-निषेवया | त्यो भनेको वैष्णव, शुद्ध भक्त | यो धेरै कठिन छैन | कृष्णको कृपाले शुद्ध भक्तहरु छन्, त्यसैले हामीले उनको आश्रय लिनुपर्छ | आदौ गुर्वाश्रयम् | तब सद्-धर्म-पृच्छात्: आधिकारिक आध्यात्मिक गुरु स्वीकारेपछि, मानिस कृष्णको विज्ञान सिक्न जिज्ञासु हुनुपर्छ | सद्-धर्म-पृच्छात् साधु-मार्ग-अनुगमनम् | र कृष्ण भावना भनेको मानिसले भक्तको पदचिह्न अनुसरण गर्नुपर्छ, साधु-मार्ग-अनुगमनम् |
ती साधुहरु को हुन् ? त्यो पनि शास्त्रमा उल्लेख गरिएको छ, हामीले छलफल गरिसक्यौं |
- स्वयम्भूर् नारदः शम्भुः कुमारः कपिलो मनुः
- प्रह्लादो जनको भीष्मो बलिर् वैयासकिर् वयम्
- (श्री भा ६।३।२०)
ती दुई........ विशेषगरी बाह्र व्यक्तित्वहरुको उल्लेख गरिएको छ, कि उहाँहरु महाजन हुनुहुन्छ, उहाँहरु आधिकारिक हुनुहुन्छ, आधिकारिक गुरु, र तिमीले उहाँहरुको पदचिह्न अनुसरण गर्नुपर्छ | यो कठिन छैन | स्वयम्भु भनेको ब्रह्माजी | स्वयम्भु: नारदः शम्भुः | शम्भु भनेको शिवजी | उहाँहरु....... यी बाह्र महाजनहरुमध्ये चार धेरै मुख्य हुनुहुन्छ | ती हुन् स्वयम्भु:, अर्थात् ब्रह्मा, अनि शम्भु:, शिवजी, अनि कुमारः | र अर्को सम्प्रदाय छ, श्री सम्प्रदाय, लक्ष्मीजीबाट | हामीले अध्यात्मिक गुरु स्वीकार्नुपर्छ, जो कडा रुपमा यी चार गुरु-शिष्य परम्परामा हुनुहुन्छ | तब हामी लाभान्वित हुनेछौं | यदि हामीले तथाकथित गुरु स्वीकार्नेछौँ भने यो सम्भव हुनेछैन | हामीले गुरु-शिष्य परम्पराबाट आउनुभएको गुरु स्वीकार्नुपर्छ | तसर्थ यहाँ सिफारिश गरिएको छ, तत्-पुरुष-निषेवया: हामीले उहाँलाई श्रद्धापूर्वक र सधैं इमान्दारीपूर्वक सेवा गर्नुपर्छ | तब हाम्रो प्रयोजन पुरा हुन्छ | र जब तिमीले यो कार्य लिन्छौं, कृष्णको लागि जीवन समर्पण गर्ने र सधैं तत्-पुरुषको निर्देशनमा कृष्णको सेवामा संग्लग्न हुने- अर्थात् जसको कृष्ण भावना प्रचार गर्नुभन्दा अरु केहि कार्य हुँदैन- तब हाम्रो जीवन सफल हुन्छ | हामी सम्पूर्ण पापका फलबाट मुक्त हुन्छौं, र शुद्ध नभई........ किनकि भगवान् कृष्ण शुद्ध हुनुहुन्छ | अर्जुनले भने, परं ब्रह्म परं ब्रह्म पवित्रं परमं भवान्: "मेरो प्रभु कृष्ण, हजुर परम शुद्ध हुनुहुन्छ |" त्यसैले जबसम्म हामी शुद्ध हुँदैनौँ, तबसम्म हामी कृष्ण समक्ष जान सक्दैनौं | यो शास्त्रको बयान हो | आगो नबनी तिमी आगोमा प्रवेश गर्न सक्दैनौ | त्यसैगरी, पूर्णत: शुद्ध नबनी तिमी भगवानको राज्यमा प्रवेश गर्न सक्दैनौ | त्यो सबै धार्मिक विधिद्वारा स्वीकार गरिएको छ | इशाई विधि पनि त्यस्तै छ, कि शुद्ध नबनी तिमी भगवानको राज्यमा प्रवेश गर्न सक्दैनौ |