NE/Prabhupada 0207 - गैर-जिम्मेवारीपूर्वक नबाँच



Lecture on SB 6.1.16 -- Denver, June 29, 1975

हामी शुद्धिकरणको प्रक्रिया छलफल गर्दैछौं | विभिन्न प्रक्रियाको विवरण दिइएको छ, प्रायश्चित्तबाट र तपस्याबाट | हामीले छलफल गरेका छौं | र त्यसपछि केवलया भक्त | भक्तिमा सबै कुरा छ- कर्म, ज्ञान, योग, सबै | र यो विशेषगरी सिफारिश गरिएको छ, कि तपस्या र अरु विधिबाट सम्भव छ, तर यो सफल नहुन सक्छ | तर यदि हामीले भक्तिको विधि पालन गर्छौं भने यो पक्का छ | यो शुद्धिकरण प्रक्रिया भनेको निवृत्ति-मार्ग हो | र प्रवृत्ति-मार्ग भनेको कुनै ज्ञान बिना हामी कहाँ जाँदैछौं, दौडदैछौं- हामी सबै गर्दैछौं, जे हामीलाई मन लाग्छ | त्यसलाई भनिन्छ प्रवृत्ति मार्ग | मानिस साधारणतया प्रवृत्ति मार्गमा संग्लग्न हुन्छन् | विशेषगरी यस युगमा, तिनीहरु मतलब गर्दैन कि अर्को क्षण के हुनेछ | तसर्थ तिनीहरु राहत अनुभव गर्छन् कि "मृत्युपछि कुनै जीवन छैन | आफ्नो जीवन पूर्ण क्षमतामा भोग गरौँ | मृत्युपछि के आउनेछ, मतलब नगर |" सर्वप्रथम, तिनीहरु अर्को जीवनमा विश्वास गर्दैनन् | र अर्को जीवन भए पनि, कुकुर र बिरालो बन्नु परे पनि, तिनिहरु मतलब गर्दैनन् | यो आधुनिक युगको अनुभव हो, गैर जिम्मेवार जीवन | तर हाम्रो कृष्ण भावनामृत अभियानले मानिसलाई सिकाउँदैछ कि "गैर जिम्मेवारीपूर्वक नबाँच |" उदाहरणको लागि, तिमीले भन्न सक्नुहुन्छ," कुनै जीवन छैन |" तर यदि मैले तर्क गर्छु,"मानौं जीवन छ....." अब यो पनि अनुमान हो, किनकि कोहि पनि...... जो अज्ञानतामा छन्, तिनीहरुलाई थाहा छैन कि जीवन छ कि छैन | तिमी तर्क गर्दैछौ,"कुनै जीवन छैन," तर तिमीलाई थाहा छैन कि जीवन छ कि छैन | तिमीलाई त्यसको ज्ञान छैन | त्यसैले तिमीले दुवै पक्षलाई मानेर यस सम्बन्धि सोच्नुपर्छ..... तिमीले केवल जीवन छैन भन्ने पक्षमा सोच्दैछौ | किन तिमीले मेरो प्रस्ताव मान्दैनौ, "यदि जीवन छ" ? किनकि तिमी निश्चित छैनौ कि जीवन छ कि छैन |

हामी भन्छौं कि जीवन छ | हामी यो उदाहरण लिन्छौं: जस्तै यो बच्चाले अर्को जीवन प्राप्त गर्यो | बच्चाले भन्न सक्छ,"अर्को कुनै जीवन छैन |" तर वास्तवमा, त्यो तथ्य होइन | तथ्य यो हो कि जीवन छ | बच्चाले शरीर परिवर्तन गर्नेछ र ऊ बालक बन्नेछ | र बालकले शरीर परिवर्तन गर्नेछ; ऊ युवा बन्नेछ | यो तथ्य हो | तर यदि तिमी केवल जिद्दी गरेर भन्छौ कि कुनै जीवन छैन.... त्यो तिमी भन्न सक्छौ | तर यो तर्क लिऊ: यदि जीवन छ भने कति गैर-जिम्मेवारीपूर्वक तिमीले आफ्नो भविष्य अन्धकारमा पार्दैछौ ? उही उदाहरण: यदि एउटा बालक विद्यालय जाँदैन, शिक्षा लिंदैन, यदि उसले सोच्छ,"यो जीवनभन्दा अरु कुनै जीवन छैन, मैले सारा दिन खेल्नेछु | किन म विद्यालय जानुपर्यो ?" उसले त्यसो भन्न सक्छ, तर जीवन छ र यदि उसले शिक्षा लिंदैन भने अर्को जीवनमा जब ऊ युवा हुन्छ, यदि ऊ कुनै राम्रो अवस्थामा हुँदैन भने उसले पिडा पाउँछ | यो गैर जिम्मेवार जीवन हो | त्यसैले अर्को जीवन प्राप्त गर्नुभन्दा अगाडि नै हामी सम्पूर्ण पापबाट मुक्त हुनुपर्छ | अन्यथा हामीले कहिल्यै राम्रो जीवन प्राप्त गर्नेछैनौं | विशेषगरी घर फर्कन, भगवद्-धाम फर्कन, मानिसले आफ्नो जीवनको कर्मफल अन्त्य गर्नुपर्छ | भगवद्-गीतामा तपाईले पाउनुहुनेछ,

येषाम् त्व् अन्त​-गतं पापं जनानां पुण्य​-कर्मणां
ते द्वन्द्व​-मोह​-निर्मुक्ता भजन्ते मां दृढ​-व्रताः
(भगी ७।२८)

कृष्णको शुद्ध भक्त बन्नु, कृष्णको पूर्ण भक्त बन्नु भनेको मानिस सम्पूर्ण पापको फलबाट मुक्त हुनुपर्छ | येषाम् त्व् अन्त​-गतं पापं | अरु कुनै पापमय गतिविधि नगर्ने | र उसले आफ्नो अघिल्लो जीवनमा जे पाप गरेको छ, त्यो पनि समाप्त भएको छ | त्यसको पनि प्रतिवाद गरिएको हुन्छ | अरु कुनै फल हुँदैन | येषाम् त्व् अन्त​-गतं पापं जनानां पुण्य​-कर्मणां | मानिस कि पापमय गतिविधिमा संग्लग्न हुन्छन्, कि पुण्य गतिविधिमा | त्यसैले जसले आफ्नो अतितको पापमय गतिविधिबाट मुक्ति प्राप्त गरेका छन्, र वर्तमान समयमा केवल पुण्य गतिविधिमा संग्लग्न हुन्छन्, त्यस्ता व्यक्तिहरु, येषाम् त्व् अन्त​-गतं पापं जनानां पुण्य​-कर्मणां, ते, त्यस्ता व्यक्तिहरु, ते द्वन्द्व​-मोह​-निर्मुक्ता, कुनै संकोच बिना, कुनै शंका बिना, भजन्ते मां दृढ​-व्रताः | अर्थात् जो कृष्णको सेवामा दृढ आस्था र भक्तिसहित संग्लग्न हुन्छ, यो बुझ्नुपर्छ कि ऊ अहिले आफ्ना पापका फलबाट मुक्त भएको छ |