NE/Prabhupada 0251 - गोपीहरु कृष्णका नित्य पार्षद हुन्

Revision as of 20:05, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 2.6 -- London, August 6, 1973


त हाम्रो भगवाद गीताको पूर्ण उपदेश यो छ कि: तिमीले आफ्नो लागि कार्य गर्नुहुँदैन, तिमीले केवल कृष्णको लागि कार्य गर्नुपर्छ | कृष्णको लागी झगडा वा अरु अप्रिय कार्य गर्दा..... जस्तै गोपीहरु | गोपीहरुलाई कृष्णले मोहित बनाउनुभएको थियो | कृष्ण युवा हुनुहुन्थ्यो, धेरै सुन्दर, र गोपीहरु युवती थिए | त्यो सतही हो.....वास्तावमा, गोपीहरु कृष्णका नित्य पार्षद हुन् | आनन्द​-चिन्मय रस​-प्रतिभाविताभि:( ब्र स ५|३७) | उनीहरु कृष्णका पार्षदहरु हुन्, कृष्णको आनन्द शक्तिको विस्तार हुन् | उनीहरु सबै कृष्णको आनन्दको लागि हुन् | उनीहरु साधारण स्त्री होइनन् | तर सतही रुपमा, कृष्णलाई जोखिममा पनि कसरी प्रेम गर्ने भन्ने बारेमा हामीलाई सिकाउन खोजेका छन्..... तसर्थ जब गोपीहरु मध्यरातमा कृष्णद्वारा आकर्षित भए....... कृष्णले मुरली बजाउँदै हुनुहुन्थ्यो, र उनीहरु मोहित भएर आफ्ना घर छाडे | कोहि थुनिएका थिए | उनीहरुले आफ्नो ज्यान दिए | उनीहरु त्यति धेरै मोहित थिए | यदि युवतीहरुले अहिले यस्तो व्यवहार गरे भने..... वैदिक सभ्यता अनुसार, उनीहरु पिता, श्रीमान् वा दाजुभाईको सुरक्षा भन्दा बाहिर जानुहुँदैन | हुँदैन , उनीहरु जान सक्दैनन् | विशेषगरि मध्यरातमा | त यो वैदिक सिद्धान्तको विपरित थियो | यो खुला रुपमा एक प्रकारको वेश्यावृत्ति हो | तर त्यो कृष्णको लागी गरिएको कारण चैतन्य महाप्रभुले सुझाव दिनुहुन्छ, रम्या काचिद् उपासना व्रज​-वधुभि: कल्पिता: "वृजका गोपीहरुको उपासना विधिभन्दा अन्य कुनै उत्तम उपासना विधि छैन | व्रज-वधु | सबैभन्दा अप्रिय कार्य | एउटी युवतीले आफ्नो श्रीमान्, पिताको सुरक्षा छोडेर अर्को युवासँग बाहिर जानु, वैदिक सभ्यता अनुसर, यो सबै भन्दा अप्रिय कार्य हो | तर कृष्ण आकर्षणका केन्द्रविन्दु हुनुभएको कारण त्यसलाई उच्च प्रकारको उपासना मानिन्छ | त्यो कृष्ण भावना हो | हामीले केवल कृष्णको लागि कार्य गर्न सिक्नुपर्छ, केवल कृष्णलाई प्रेम गर्न | तब हाम्रो जीवन सफल हुन्छ | र मानव जीवन.... किनकि हामी पनि केहि करोड वर्ष अघि वैकुण्ठबाट आएका हौँ | अनादि करम​-फले | अनादि भनेको यो सृष्टिभन्दा अगाडि |

हामी जीवहरु शाश्वत हौँ | करोडौं वर्षपछि सृष्टिको विनाश हुँदा पनि प्राणीहरुको विनाश हुँदैन | न हन्यते हन्यमाने शरीरे (भ गी २।२०) | उनीहरु रहन्छन् | जब यो पुरै ब्रह्माण्डीय अभिव्यक्तिको विनाश हुन्छ, जीवहरु विष्णुको शरीरमा रहन्छन् | र जब अर्को सृष्टि हुन्छ, उनीहरु फेरी आफ्ना इच्छा पुरा गर्न बाहिर आउँछन् | वास्तविक इच्छा भनेको कसरी घर फर्कने, भगवद् धाम फर्कने भन्ने हुनुपर्छ | यो मौका दिइएको छ | यदि यो मौकाको दुरुपयोग, यो जीवन, मनुष्य जीवनको दुरुपयोग गर्यौं भने यो धेरै जोखिमपूर्ण हुन्छ | फेरी हामीले जन्म मृत्युको चक्र स्वीकार्नुपर्छ | र त्यति मात्रै होइन, यदि हामीले जीवनको लक्ष्य पुरा गर्दैनौं भने फेरी सम्पूर्ण सृष्टिको विनाश हुन्छ र हामी विष्णुको शरीरमा करोडौं-अरबौं वर्षसम्म बस्नुपर्छ | फेरी हामी आउनुपर्छ | त्यसलाई अनादि करम​-फले भनिन्छ | अनादि भनेको "सृष्टि भन्दा अगाडि |" यो चल्दैछ | र मूर्ख प्राणीलाई शिक्षा दिन कृष्ण व्यक्तिगत रुपमा आउनुहुन्छ | कृष्ण हामीलाई घर फर्काउन, भगवद् धाम फर्काउन निकै आतुर हुनुहुन्छ | किनभने हामी कृष्णका अंश हौँ | मनाउन, यदि तिम्रो छोरा बाटोमा हल्लिंदै बसिरहेको छ भने के तिमि आतुर हुँदैनौ, "ओहो, कुनै दुर्घटनामा हुनसक्छ र मेरो छोरो मारिनेछ |" तिमी पत्ता लगाउने प्रयास गर्छौ | कृष्णको स्थिति पनि त्यस्तै छ | हामी भौतिक संसारमा जन्मजन्मातर दुःख भोग्दैछौँ | दुःखालायम् अशाश्वतम् (भ गी ८।१५) | यो संसार पीडादायी छ | तर मायाको प्रभावले हामीले यो पीडादायी परिस्थितिलाई आनन्दको रुपमा लिंदैछौं | यसलाई माया भनिन्छ | तर.... यो भौतिक संसारमा कुनै सुख छैन | केवल दुःख छ | हामीले जती चाँडो बुझ्छौं कि भौतिक संसार यो भौतिक संसारमा केवल दुःख छ र हामीले जती चाँडो यो संसार त्यागेर भगवानको धाममा जान अभ्यास गर्छौं... त्यो हाम्रो बुद्धिमानी हो | अन्यथा हामीले जे पनि गर्छौं, हामीले केवल हार बेहोर्नुपर्छ | किनभने हामीले आफ्नो उदेश्य छुटाएका छौँ | न ते विदुः स्वार्थ​-गतिम्, हि विष्णुम् (श्री भ ७।५।३१) | दुराशया | हामी, आशा माथि आशा गर्दै- जुन कहिल्यै पुरा हुनेछैन- हामी भागवत चेतना बिना आफ्ना कार्यहरुको व्यवस्थापन गर्न चाहन्छौं | यो कहिल्यै... न ते विदुः स्वार्थ​-गतिं हि विष्णुं दुराशया | दुराशया अर्थात् "त्यो आशा जुन कहिल्यै पुरा हुनेछैन |"