NE/Prabhupada 0252 - हामी सोच्दैछौं कि हामी स्वतन्त्र छौं
Lecture on BG 2.6 -- London, August 6, 1973
यी सब भौतिकवादी मानिसहरु यति मूर्ख, धूर्त छन् कि तिनीहरु आफ्ना भौतिक गतिविधिहरु बढाउँदैछन् | तिनीहरु सोच्दैछन् कि भौतिक गतिविधिहरु बढाएर तिनीहरु खुसी हुनेछन् | होइन | त्यो सम्भव छैन | दुराशया ये... र तिनीहरुका नेताहरु....... अन्धा यथान्धैर् उपनीयमानास् ते ऽपीश-तन्त्र्यम् उरु-दाम्नि बद्धाः (श्री भ ७।५।३१) | हामी सबैको हात-खुट्टा कसिएर बाँधिएको छ र हामी सोच्दैछौं कि हामी मुक्त एवं स्वतन्त्र छौं | प्रकृतिको नियमद्वारा...... तर पनि हामी सोच्दैछौं कि हामी स्वतन्त्र छौं | वैज्ञानिकहरु भगवानलाई नकार्न प्रयासरत छन्, विज्ञानद्वारा स्वतन्त्र हुन प्रयासरत छन् | त्यो सम्भव छैन | हामी भौतिक प्रकृतिको बन्धनमा छौं | भौतिक प्रकृति भनेको कृष्णकी प्रतिनिधि | मयाध्यक्षेण प्रकृतिः सूयते स-चराचरम् (भ गी ९।१०) | प्रकृतेः क्रियमाणानि गुणैर् कर्माणि सर्वशः (भ गी ३।२७) | अर्जुन जस्तै हामी पनि सधैं चिन्तामा छौं, के गर्ने, के नगर्ने | तर यदि हामीले यस सिद्धान्त ग्रहण गर्छौं कि "हामीले कृष्णको लागि गर्नुपर्छ......" त्यसैले कृष्ण र कृष्णका प्रतिनिधिबाट निर्देशन लिनुहोस् र तपाईले त्यस कार्य सम्पन्न गर्नुहोस्; तब कुनै कर्म-बन्धनः हुँदैन | कर्माणि निर्दहेति किन्तु च भक्ति-भाजाम् (ब्र स ५|५४) | अन्यथा हामी हरेक कर्मको फलद्वारा बाँधिन्छौं | हामी बाहिर निस्किन सक्दैनौं | यो चिन्ता," म युद्ध गरुँ कि नगरुँ," यसको व्याख्या गरिएको छ कि "हुन्छ, तिमीले कृष्णको लागि युद्ध गर्नुपर्छ | तब यो ठिक हुन्छ |" कामः कृष्ण-कर्मार्पने | जस्तै हनुमान | उनले भगवान् रामचन्द्रको लागि युद्ध गरे | उनले आफ्नो लागि युद्ध गरेनन् | त्यसैगरी, अर्जुन पनि, उनको झन्डा कपि-ध्वज हो, उनको झन्डा हनुमान-अंकित छ | उनलाई थाहा थियो | महान योद्धा हनुमानले रावणसँग आफ्नो व्यक्तिगत स्वार्थको निम्ति युद्ध गरेनन् | उनको स्वार्थ केवल सीताजीलाई रावणको हातबाट छुटाएर सम्पूर्ण परिवारको वध गर्ने र त्यहाँबाट निस्किएर सीताजीलाई रामचन्द्रसँग राख्ने थियो | यो हनुमान एवं अरु भक्तहरुको नीति हो | र रावणको नीति भनेको "सीताजीलाई भगवान् रामबाट खोसेर भोग गर्ने |" यो रावण नीति हो | र हनुमान नीति भनेको "सीताजीलाई रावणको हातबाट निकालेर उहाँलाई भगवान् रामसँगै राख्ने |" उही सीता | सीता अर्थात् लक्ष्मी | लक्ष्मी अर्थात् नारायणकी सम्पत्ति, भगवानकी सम्पत्ति | हामीले यो नीति बुझ्नुपर्छ कि यी सब भौतिकवादी मानिसहरु, रावणहरु भगवानको सम्पत्ति भोग गर्न अग्रसर छन् | त्यसैले कुनै तरिकाले...... अवश्य पनि हामी रावण श्रेणीका मानिसहरुसँग युद्ध गर्न सक्दैनौं | हामी त्यति बलियो छैनौं | तसर्थ हामीले भिक्षु बन्ने नीति ग्रहण गरेका छौं | "महाशय, तपाई धेरै राम्रो मानिस हुनुहुन्छ | कृपया हामीलाई केहि दिनुहोस् | तपाईले भगवानको सम्पत्ति राखेर आफ्नो जीवन नाश गर्दै हुनुहुन्छ, तपाई नर्क जाँदै हुनुहुन्छ | त्यसैले कुनै तरिकाले यदि तपाई सदस्य बन्नुहुन्छ भने तपाई बच्नुहुनेछ |" त्यो हाम्रो नीति हो | हामी भिक्षु होइनौं | तर यो हाम्रो नीति हो | अहिले हामी रावणहरुसँग युद्ध गर्न त्यति बलियो छैनौं; अन्यथा हामीले युद्ध गरेर सम्पूर्ण धन लिनेथियौं | तर त्यो सम्भव छैन | हामी त्यति बलियो छैनौं | तसर्थ हामीले भिक्षुको नीति ग्रहण गरेका छौं |
धेरै, धेरै धन्यवाद |