"म आफ्नो शिश्यहरुलाई भन्छु, "यहाँ कृृष्ण हुनुहुन्छ। उहाँ स्वयं भगवान् हुनुहुन्छ। तिमी केवल शरण ग्रहण गर, अनि तिम्रो जीवन सफल हुन्छ" र इनिहरू त्यो गरि रहेका छन्। यो कुनै गाह्रो होइन, केवल जे हो त्यो स्वीकार्ने हो। यो वेदको आज्ञा हो। यसमा व्यर्थ शुष्क चिन्तन गरे तपाईँ कहलिनु हुन्छ। तब, ठीक असर हुदैन। जस्तै एक डाक्टरले भन्छ, "यो औषधी यति-यति पटक खानुस्" र यदि तपाईँ भन्नुहुन्छ, "नाई, म अरू पनि प्रयोग अपनाउँछु", भने ठीक असर हुदैन। त्यसै गरि, मैले भनेको जस्तै, तपाईँले नून पनि ठीक मात्रा राख्नु पर्छ। धेरै पनि होइन, थोरै पनि होइन। यो वैदीक ज्ञान हो। तपाइँले एक शब्द पनि व्याक्ख्या गर्न पाउनु हुन्न। यथारूप ग्रहण गर्नु पर्ने हुन्छ; नत्र यो प्रभावकारी हुन्न। र यो व्यावहारिक रूपमा गरिएको छ। म साह्रै होसियार छु कि म मिलावट नगरूँ र यो प्रभावकारी होस्।
|