NE/Prabhupada 0042 - यो दिक्षालाई गम्भीरतापूर्वक लिनुहोस्
Initiation Lecture Excerpt -- Melbourne, April 23, 1976
चैतन्य चरितामृतमा, श्रील रुप गोस्वामीलाई शिक्षा दिदै, चैतन्य महाप्रभुले भन्नुभयो,
- एइ रुपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान जीव
- गुरु कृष्ण कृपाय पाय भक्ती लता बीज
- (सी सी मध्य ११९।१५१)
जीवात्माहरु, जीवनको एक रुप बाट अर्को रुपमा स्थानान्तरगमन गरिरहेका छन् र एक ग्रह बाट अर्कोमा भट्कीरहेका छन्, कहिले निम्न श्रेणीमा, कहिले उच्च श्रेणीमा । यो चलिरहेको छ । यसलाई भनिन्छ, संसार चक्र वर्त्मनि (भ गी ९।३)। हिजो राति, हामीले व्याख्या गरिरहेका थियौ, मृत्यु संसार वर्त्मनि | यो शब्द नै प्रयोग गरिएको छ, मृत्यु संसार वर्त्मनि । जीवनका एकदमै कठिन तरिकाहरू, मर्न को लागि। सबैजना मृत्युबाट भयभीत छन् किनभने कसैलाई थाहा छैन कि त्यसपछि के हुन्छ । जो मुर्ख छन्, तिनीहरु जनावर हुन् । जस्तै जनावरहरु कट्दै छन्, अर्को जनावरले सोच्दै छ कि, "म सुरक्षित छु" । त्यसैले अलिकति पनि बुद्धि भएको व्यक्ति मर्न र अर्को शरिर पाउन मन पराउदैन । र हामीलाई थाहा छैन कि हामीले कुन शरिर पाउनेछौ ।
त्यसैले गुरु र कृष्णको अनुग्रहले यो दीक्षा, यसलाई धेरै उदारतापूर्वक नलिनुहोस । यसलाई धेरै गम्भीर रुपमा लिनुहोस् । यो ठुलो अवसर हो । बिज मतलब बिउ, भक्ति बिउ । त्यसैले भगवानको सामु तपाईले जे प्रतिज्ञा गर्नुभएको छ, आध्यात्मिक गुरु, अग्नि र वैष्णवको सामु, कहिले पनि यो प्रतिज्ञाबाट पथभ्रष्ट न हुनुहोस । त्यसपछि तपाई आफ्नो आध्यात्मिक जीवनमा दृढ हुनुहुनेछ: कुनै अवैध यौन सम्बन्ध नगर्ने, कुनै प्रकारको मासाहार नगर्ने, कुनै जुवा नखेल्ने, कुनै नशा नगर्ने- यी चार होइन र हरे कृष्ण जप्ने - एक हो । चार होइन र एक हो । त्यसले तपाइको जीवन सफल बनाउने छ । यो धेरै सजिलो छ । यो कठिन छैन ।
तर माया धेरै शक्तिशाली छिन्, कहिलेकाही पथभ्रष्ट गरीदिन्छिन् । त्यसैले जब मायाले हामीलाई पथ भ्रष्ट गर्ने प्रयास गर्छिन्, बस कृष्णलाई प्रार्थना गर्नुहोस, " कृपया मलाई बचाउनुहोस् । म समर्पित छु, पूर्ण रुपले समर्पित, दयापुर्वक मलाई सुरक्षा दिनुहोस्," र कृष्णले तपाईलाई सुरक्षा दिनुहुनेछ। तर यो अवसरलाई न गुमाउनुहोस । यो मेरो आग्रह हो । मेरो सबै शुभकामना र आशिष तपाईहरु माथि छ ।
त्यसैले हामी सबै यो भक्तिको अवसर लिउँ, भक्ति लता बिज । माली हणा सेई बिज करे आरोपण (सी सी मध्य १९।१५२)। त्यसैले जब हामीले एक राम्रो बिज पाउछौ, हामीले त्यसलाई धर्तिमा रोप्नु पर्छ । उदाहरण यो हो कि, जसरी जब तपाईले प्रथम श्रेणीको गुलाबको फुलको बिज पाउनुहुन्छ, तपाईले उसलाई धर्तीमा रोप्नुहुन्छ र अलि अलि पानि हाल्नुहुन्छ । यो बढ्छ | त्यसैगरी यो बिज पानि हाल्नाले बढ्न सक्छ । त्यो पानि हाल्नु के हो ? श्रवण किर्तन जले करये सेचन (सी सी मध्य १९।१५२) यो भक्ति लता बिजमा पानि हाल्नु हो- श्रवण किर्तन, सुन्नु र जप्नु । तपाईले यस बारेमा अधिकाधिक सन्न्यासी र वैष्णव बाट सुन्नुहुनेछ । तर यो अवसर न गुमाउनुहोस । यो मेरो अनुरोध हो । धेरै धेरै धन्यवाद ।
भक्तहरु: जय श्रील प्रभुपाद !