NE/Prabhupada 0042 - यो दिक्षालाई गम्भीरतापूर्वक लिनुहोस्



Initiation Lecture Excerpt -- Melbourne, April 23, 1976


चैतन्य चरितामृतमा, श्रील रुप गोस्वामीलाई शिक्षा दिंदै चैतन्य महाप्रभुले भन्नुभयो,

एइ रुपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव
गुरु कृष्ण कृपाय पाय भक्ती लता बीज
(चै च मध्य ११९।१५१)

जीवात्माहरु जीवनको एक रुपबाट अर्को रुपमा स्थानान्तरित हुँदैछन् र एक ग्रहबाट अर्कोमा घुम्दैछन्, कहिले निम्न श्रेणीमा, कहिले उच्च श्रेणीमा । यो चलिरहेको छ । यसलाई भनिन्छ, संसार चक्र वर्त्मनि । हिजो राति, हामीले व्याख्या गरिरहेका थियौं, मृत्यु संसार वर्त्मनि | यहि शब्द प्रयोग गरिएको छ, मृत्यु संसार वर्त्मनि (भ गी ९।३)। जीवनका एकदमै कठिन तरिकाहरू, मर्नको लागि। सबैजना मृत्युबाट भयभित छन् किनभने कसैलाई थाहा छैन कि त्यसपछि के हुनेछ । जो मुर्ख छन्, तिनीहरु जनावर हुन् । जस्तै जनावरहरुलाई मारिंदैछ, अर्को जनावरले सोच्दैछ, "म सुरक्षित छु" । त्यसैले अलिकति पनि बुद्धि भएको व्यक्ति मर्न र अर्को शरीर प्राप्त गर्न मन पराउँदैन । हामीलाई थाहा छैन कि हामीले कुन शरीर प्राप्त गर्नेछौं ।

त्यसैले गुरु र कृष्णको अनुग्रहले यो दिक्षा, यसलाई धेरै उदारतापूर्वक नलिनुहोस् । यसलाई धेरै गम्भीरतापूर्वक लिनुहोस् । यो ठुलो अवसर हो । बीज मतलब बिउ, भक्तिको बिउ । त्यसैले भगवानको सामु तपाईले जे प्रतिज्ञा गर्नुभएको छ, आध्यात्मिक गुरु, अग्नि र वैष्णवको सामु, कहिले पनि यो प्रतिज्ञाबाट पथभ्रष्ट नहुनुहोस् । तब तपाई आफ्नो आध्यात्मिक जीवनमा दृढ हुनुहुनेछ : कुनै अवैध यौन सम्बन्ध नराख्ने, कुनै प्रकारको मांसाहार नगर्ने, जुवा नखेल्ने, कुनै नशा नगर्ने- यी चार हुँदैन र हरे कृष्ण जप्ने - एक हुन्छ । चार हुँदैन र एक हुन्छ । त्यसले तपाईको जीवन सफल बनाउनेछ । यो धेरै सजिलो छ । यो कठिन छैन ।

तर माया धेरै शक्तिशाली छिन्, कहिलेकहीं पथभ्रष्ट गरिदिन्छिन् । त्यसैले जब मायाले हामीलाई पथभ्रष्ट गर्ने प्रयास गर्छिन्, बस कृष्णलाई प्रार्थना गर्नुहोस, " कृपया मलाई बचाउनुहोस् । म समर्पित छु, पूर्ण रुपले समर्पित, दयापुर्वक मलाई सुरक्षा दिनुहोस्," र कृष्णले तपाईलाई सुरक्षा दिनुहुनेछ। तर यो अवसर नगुमाउनुहोस् । यो मेरो आग्रह हो । मेरो सबै शुभकामना र आशिष तपाईहरु माथी छ ।

हामी सबै यो भक्तिको अवसर ग्रहण गरौँ, भक्ति लता बीज । माली हञा सेइ बीज करे आरोपण​ (चै च मध्य १९।१५२)। जब हामीले एक राम्रो बिज पाउँछौ, तब हामीले त्यसलाई धर्तीमा रोप्नुपर्छ । उदाहरण यो छ कि, जसरी तपाईले प्रथम श्रेणीको गुलाबको फुलको बिउ पाउँदा, त्यसलाई धर्तीमा रोप्नुहुन्छ र थोरै-थोरै पानी हाल्नुहुन्छ । यो बढ्छ | त्यसैगरी यो बिउ पानी हाल्नाले बढ्न सक्छ । त्यो पानी हाल्नु के हो ? श्रवण कीर्तन जले करये सेचन (चै च मध्य १९।१५२) | श्रवण कीर्तन, सुन्नु र जप्नु भनेको भक्ति लता बिउमा पानी हाल्नु हो । तपाईले यस बारेमा सन्न्यासी र वैष्णवबाट अझ धेरै सुन्नुहुनेछ । तर यो अवसर नगुमाउनुहोस् । यो मेरो अनुरोध हो । धेरै धेरै धन्यवाद ।

भक्तहरु: जय श्रील प्रभुपाद !