NE/Prabhupada 0052 - भक्त र कर्मी बिचको अन्तर
Lecture on SB 1.2.9-10 -- Delhi, November 14, 1973
भक्ति र कर्म बीच यो अन्तर छ । कर्म इन्द्रिय संतुष्टि हो , र भक्ति भगवानलाई संतुष्ट गर्नु हो। एउटै कुरा हुन। त्यसैले मानिसहरुले एउटा भक्त र एउटा कर्मी बीच के अन्तर छ भनेर बुझ्न सक्दैनन् | कर्मीले आफ्नो इन्द्रियहरु संतुष्ट गरी रहेको हुन्छ, र भक्तले कृष्णको इन्द्रियहरुलाई संतुष्ट गरी रहेको हुन्छ । कुनै इन्द्रिय संतुष्टि त हुन्छ नै । तर जब तपाईले कृष्णलाई संतुष्ट गर्नुहुन्छ, त्यसलाई भक्ती भनिन्छ। ऋषिकेण ऋषिकेश-सेवनं भक्तिर् उच्यते (सी सी मध्य १९।१७० ) । ऋषिक भनेको इन्द्रियहरु हो, शुद्ध इन्द्रियहरु । मैले त्यो दिन सम्झाएको थिएँ , कि सर्वपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् हृषीकेण हृषीकेश-सेवनं भक्तिर् उच्यते (सी सी मध्य १९।१७० )
भक्तिको अर्थ यो होइन कि तपाईले आफ्नो काम रोक्नुपर्छ। भक्ती भन्नाले भावुक कट्टरता होइन। त्यो भक्ती होइन । भक्तिको अर्थ हो आफ्नो इन्द्रियहरुलाई इन्द्रियको मालिकको संतुष्टिको लागि संलग्न गर्नु। त्यसलाई भक्ती भनिन्छ। तसर्थ कृष्णको नाम ऋषिकेश हो। ऋषिक भनेको इन्द्रिय हो। र ऋषिक ईश, उहाँ इन्द्रियहरुको नियंत्रक हुनुहुन्छ। वास्तवमा, हाम्रा इन्द्रियहरु स्वतंत्र रूपमा काम गरिरहेका छैनन। हामीले यो बुझ्न सक्छौं । कृष्णले निर्देशन गरी रहनु भएको छ।
- सर्वस्य चाहं
- हृदि सन्निविष्टो
- मत्त: स्मृतिर्ज्ञानमपोहनं च
- (भ गी १५।१५ )
मत्त: स्मृतिर्ज्ञानमपोहनं च । एक वैज्ञानिकले काम गरी रहेका छन् किनभने कृष्णले उनलाई सहयोग गरी रहनु भएको छ, उनले स्वतंत्र रूपमा काम गरी रहेका छैनन् । त्यो सम्भव छैन। तर उनी त्यसरी काम गर्न चाहन्छन्। त्यसैले कृष्णले उनलाई सबै सुवि धाहरु दिइरहनु भएको छ। तर कृष्णले काम गरीरहनु भएको छ। यी उपनिषदमा उल्लेखित छन। कृष्णको कार्य बिना, हेराइ बिना, कृष्णको हेराइ बिना, तपाईले हेर्न सक्नुहुन्न। जसरी सुर्यको किरणहरु बारेमा ब्रह्म संहितामा उल्लेख गरिएको छ। यच्चक्षुरेष सविता सकलग्रहाणां । सूर्य कृष्णको आँखाहरु मध्ये एक हो |
- यच्चक्षुरेष सविता सकलग्रहाणां
- राजा समस्तसुरमूर्तिरशेषतेजा:
- यस्याज्ञया भ्रमति सम्भृतकालचक्रो
- गोविन्दमादि पुरुषं तमहं भजामि
- (ब्र स ५।५२)
तसर्थ, सुर्य कृष्णको आँखाहरु मध्य एक भएकाले, किनभने सुर्य त्यहाँ उदाउँछ, किनभने सुर्यले देखिरहेको छ, त्यसैले तपाईले देखिरहनुभएको छ । तपाईले स्वतंत्र रूपमा देख्न सक्नुहुन्न । तपाई आफ्नो आँखाको धैरै गर्व गर्नुहुन्छ, तपाईको आँखाको सुर्य बिना के महत्व छ ? तपाईले देख्न सक्नुहुन्न। यो बिजुली पनि सुर्यबाट प्राप्त हुन्छ । वास्तवमा जब कृष्णले देख्नुहुन्छ, तपाईले देख्न सक्नुहुन्छ। यही स्थिति छ। त्यसैले हाम्रो इन्द्रियहरु....भगवद् गीतामा भनिएको छ, सर्वत: पाणि पादं तत् (भ गी १३।१४ ) । सर्वत: पाणि पाद...सबै तिर कृष्णको हात र पाउ छन्। त्यो के हो? मेरो हात, तपाईको हात, तपाईको खुट्टा, त्यो सबै कृष्णको हो। जसरी कसैले भन्छ कि सरा संसारमा उसको हागाहरु छन भनेर। त्यी हाँगाहरु सर्वोच्च व्यक्तिको व्यवस्थापनमा काम गरी रहेका छन । त्यसै गरी कृष्ण पनि। तसर्थ कृष्णलाई ऋषिकेश पनि भनिन्छ, ऋषिकेश । त्यसैले काम हो...
भक्तिको अर्थ हो जब हामी हाम्रो ऋषिक, हाम्रो इन्द्रियलाई संलग्न गराउछौं , इन्द्रियहरुको मालिकको सेवामा। यही आदर्श जीवन हो। यही हाम्रो आदर्श हो... तर जब हामी हाम्रो इन्द्रियहरुलाई आफ्नो संतुष्टिको लागि उपयोग गर्दछौं, त्यसलाई कर्म भनिन्छ। त्यसलाई भौतिक जीवन भनिन्छ। तसर्थ, भक्तको लागि, केही पनि भौतिक छैन। त्यो हो ईशावास्यं इदं सर्वं (ईशो १) । भक्तले सबै कुरा भगवानसँग जोडीएको देख्छ।
- ईशावास्यं इदं सर्वं
- यत् किन्च जगतयां जगत
- तेन त्यक्तेन भुन्जिथा
- (ईषोपनिषद १ )
सबैकुरा कृष्णसँग सम्बन्धित छ। त्यसैले जे कृष्णले हामीलाई दिनुहुन्छ.. एउटा मालिक जसरी।मलिकले आफ्नो नोकरलाई केहि विभाजित गर्दछ, "तिमी यसको आनन्द लिनसक्छौ"। त्यो प्रसादम् । रसादे सर्वदु:खानां हानिरस्योपजा (भ गी २।६५ )....यो नै जीवन हो। यदि तपाई कृष्ण भावनाभावित हुनुभयो भने, यदि तपाईले बुझ्नुभयो भने कि "सबै कृष्णसंग सम्बन्धित छ, मेरो हात-खुट्टा पनि, तिनीहरु पनि कृष्णका हुन्, मेरा शरीरका सम्पूर्ण अंगहरु, तिनीहरु कृष्णका हुन्, तब त्यो कृष्णको लागि प्रयोगमा हुनुपर्छ," त्यसलाई भक्ति भनिन्छ | अन्याभिलाषिताशून्यं ज्ञानकर्माद्यनावृतं अानुकूल्येन कृष्णानुशीलनं भक्तिरुत्तमा (भ र सि १।१।११) | त्यो कृष्णले गर्नुभयो, होइन, अर्जुनले गरे | उनले आफ्ना इन्द्रियतृप्ति गर्न चाहन्थे लडाईं नगरेर, तर उनले भगवाद गित सुनेपछि माने कि " हुन्छ, कृष्ण सर्वोच्च पुरुष हुनुहुन्छ |"
- अहं सर्वस्य प्रभवो
- मत्त: सर्वं प्रवर्तते
- इति मत्वा भजन्ते मां
- बुधा भावसमन्विता:
- (भ गी १०।८ )
यी कुराहरुको भगवद गीतामा राम्ररी व्याख्या गरिएको छ | त्यो अध्यात्मिक जीवनको प्रारम्भिक अध्ययन हो | र यदि हामी वास्तवमा भगवद गीताको शिक्षासंग सहमत छौं भने, हामी कृष्णप्रति शरणागत हुन्छौं | कृष्णले त्यो चाहनुहुन्छ | सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज (भ गी १८।६६ ) । उहाँ यो चाहनुहुन्छ | जब हामी वास्तवमा यो विधि लिन्छौं, त्यसलाई भनिन्छ श्रद्धा | श्रद्धा | त्यो कविराज गोस्वामी गरिएकोद्वारा व्याख्या गरिएको छ, श्रद्धाको अर्थ के हो |