Please join, like or share our Vanipedia Facebook Group
Go to Vaniquotes | Go to Vanisource


Vanipedia - the essence of Vedic knowledge

NE/Prabhupada 0052 - भक्त र कर्मी बिचको अन्तर

From Vanipedia


भक्त र कर्मी बिचको अन्तर
- Prabhupāda 0052


Lecture on SB 1.2.9-10 -- Delhi, November 14, 1973


भक्ति र कर्म बीच यो अन्तर छ । कर्म इन्द्रियतृप्ति हो , र भक्ति भगवानलाई सन्तुष्ट पार्नु हो। उही कुरा | त्यसैले मानिसहरुले एउटा भक्त र एउटा कर्मी बीच के अन्तर छ भनेर बुझ्न सक्दैनन् | कर्मीले आफ्नो इन्द्रियहरु सन्तुष्ट पारिरहेको हुन्छ र भक्तले कृष्णको इन्द्रियहरुलाई सन्तुष्ट पारिरहेको हुन्छ । कुनै इन्द्रिय सन्तुष्टि त हुन्छ नै । तर जब तपाईले कृष्णलाई सन्तुष्ट पार्नुहुन्छ, त्यसलाई भक्ति भनिन्छ। हृषीकेण हृषीकेश​-सेवनं भक्तिर् उच्यते (सी सी मध्य १९।१७० ) । हृषीक भनेको इन्द्रियहरु, शुद्ध इन्द्रियहरु । मैले अघिल्लो दिन बताएको थिएँ ,

सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम्
हृषीकेण हृषीकेश​- सेवनं भक्तिर् उच्यते
(सी सी मध्य १९।१७० ) |

भक्तिको अर्थ यो होइन कि तपाईले आफ्नो काम रोक्नुपर्छ। भक्ति भन्नाले भावुक पागलपन होइन। त्यो भक्ति होइन । भक्तिको अर्थ हो आफ्नो इन्द्रियहरुलाई इन्द्रियको मालिकको सन्तुष्टिको लागि संलग्न गर्नु। त्यसलाई भक्ति भनिन्छ। तसर्थ कृष्णको नाम हृषीकेश हो। हृषीक अर्थात् इन्द्रिय | र हृषीक ईश, उहाँ इन्द्रियहरुको नियन्त्रक हुनुहुन्छ। वास्तवमा, हाम्रा इन्द्रियहरु स्वतन्त्र रूपले कार्यरत छैनन् । हामीले यो बुझ्न सक्छौं । कृष्णले निर्देशन दिंदै हुनुहुन्छ ।

सर्वस्य चाहं हृदि सन्निविष्टो
मत्तः स्मृतिर् ज्ञानम् अपोहनं च​ :
(भ गी १५।१५ ) ।

मत्त: स्मृतिर् ज्ञानम् अपोहनं च । एउटा वैज्ञानिक कार्यरत छन् किनभने कृष्णले उनलाई सहयोग गर्दै हुनुहुन्छ, उनी स्वतन्त्र रूपले कार्यरत छैनन् । त्यो सम्भव छैन। तर उनी त्यसरी काम गर्न चाहन्छन्। त्यसैले कृष्णले उनलाई सबै सुविधाहरु दिनुहुन्छ । तर वास्तवमा कृष्णले काम गर्दै हुनुहुन्छ । यी कुराहरु उपनिषदमा उल्लेखित छन् । कृष्णको कार्य बिना, कृष्णको हेराइ बिना, तपाईले हेर्न सक्नुहुन्न। जस्तै सूर्यको किरणहरु बारेमा ब्रह्म संहितामा उल्लेख गरिएको छ। यच्-चक्षुर् एष सविता सकल​-ग्रहाणां । सूर्य कृष्णका आँखाहरु मध्ये एक हो |

यच्-चक्षुर् एष सविता सकल​-ग्रहाणां
राजा समस्त​-सुर​-मूर्तिर् अशेष​-तेजाः
यस्याज्ञया भ्रमति सम्भृत​-काल​-चक्रो
गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि
(ब्र स ५|५२)

तसर्थ, सूर्य कृष्णको आँखाहरु मध्य एक भएकाले, सूर्य उदाउँदा, सुर्यले देख्ने भएकाले तपाईले देख्नुहुन्छ । तपाईले स्वतन्त्र रूपमा देख्न सक्नुहुन्न । तपाई आफ्नो आँखामा धैरै गर्व गर्नुहुन्छ, सुर्य बिना तपाईको आँखाको के महत्व छ ? तपाईले देख्न सक्नुहुन्न। यो बिजुली पनि सुर्यबाट प्राप्त हुन्छ । वास्तवमा जब कृष्णले देख्नुहुन्छ, तपाईले देख्न सक्नुहुन्छ। यही स्थिति छ। त्यसैले हाम्रो इन्द्रियहरु....भगवद् गीतामा भनिएको छ, सर्वत: पाणि पादं तत् (भ गी १३।१४ ) । सर्वत: पाणि पाद...सर्वत्र कृष्णका हात र पाउ छन्। त्यो के हो? मेरो हात, तपाईको हात, तपाईको खुट्टा, ती सबै कृष्णका हुन् । जस्तै, कसैले भन्छ कि सारा संसारमा मेरा शाखाहरु छन् । त्यी शाखाहरु सर्वोच्च व्यक्तिको व्यवस्थापन अन्तर्गत कार्यरत छन् | त्यसैगरी, कृष्ण पनि। तसर्थ कृष्णलाई हृषीकेश पनि भनिन्छ । त्यसैले हाम्रो कार्य...

भक्तिको अर्थ भनेको जब हामी हाम्रो हृषीक, हाम्रो इन्द्रियलाई संलग्न गराउँछौं , इन्द्रियहरुको मालिकको सेवामा । यो हाम्रो पूर्ण जीवन हो। त्यो हाम्रो पूर्ण...... तर जब हामी आफ्नो इन्द्रियहरुलाई आफ्नो सन्तुष्टिको लागि प्रयोग गर्दछौं, त्यसलाई कर्म भनिन्छ। त्यसलाई भौतिक जीवन भनिन्छ। तसर्थ, भक्तको लागि केही पनि भौतिक छैन। त्यो हो ईशावास्यं इदं सर्वं (ईशो १) । भक्तले सबै कुरा भगवानसँग जोडिएको देख्छ।

ईशावास्यम् इदं सर्वं
यत् किञ्च जगत्यां जगत्
तेन त्यक्तेन भुञ्जीथा
(ईषोपनिषद १ )|

सबै कुरा कृष्णसँग सम्बन्धित छ। त्यसैले, कृष्णले हामीलाई जे दिनुहुन्छ.. जस्तै एउटा मालिक । मालिकले आफ्नो नोकरलाई केहि कुरा विभाजन गर्दछ, "तिमी यसको आनन्द लिनसक्छौ"। त्यो प्रसादम् । प्रसादे सर्व-दु:खानां हानिर् अस्योपजा......(भ गी २।६५) यो नै जीवन हो। यदि तपाई कृष्ण भावनाभावित हुनुहुन्छ, यदि तपाईले बुझ्नुहुन्छ कि "सबै कृष्णसँग सम्बन्धित छ, मेरो हात-खुट्टा पनि, तिनीहरु पनि कृष्णका हुन्, मेरा शरीरका सम्पूर्ण अंगहरु, तिनीहरु कृष्णका हुन्, र यिनीहरु कृष्णको लागि प्रयोग हुनुपर्छ," त्यसलाई भक्ति भनिन्छ | अन्याभिलाषिता-शून्यं ज्ञान​-कर्माद्य्-अनावृतम् आनुकूल्येन कृष्णानु- शीलनं भक्तिर् उत्तमा (भ र सि १।१।११) | कृष्णले गर्नुभयो, होइन, अर्जुनले गरे | उनले लडाई नगरेर आफ्ना इन्द्रियलाई सन्तुष्ट पार्न चाहन्थे, तर उनले भगवाद् गीता सुनेपछि सहमत भए " हुन्छ, कृष्ण सर्वोच्च पुरुष हुनुहुन्छ |"

अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते
इति मत्वा भजन्ते मां बुधा भाव​-समन्विताः
(भ गी १०।८)

भगवद् गीतामा यी कुराहरुको व्याख्या राम्ररी गरिएको छ | त्यो आध्यात्मिक जीवनको प्रारम्भिक अध्ययन हो | र यदि हामी वास्तवमा भगवद् गीताको शिक्षासँग सहमत छौं भने हामी कृष्णप्रति शरणागत हुन्छौं | कृष्णले त्यो चाहनुहुन्छ | सर्व धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८।६६) । उहाँ यो चाहनुहुन्छ | जब हामी वास्तवमा यो विधि लिन्छौं, त्यसलाई भनिन्छ श्रद्धा | श्रद्धा | कविराज गोस्वामी ले यसको व्याख्या गर्नुभएको छ, श्रद्धाको अर्थ के हो |