NE/Prabhupada 0012 - ज्ञानको स्रोत श्रवण हो

Revision as of 19:29, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 16.7 -- Hawaii, February 3, 1975

हामी सबजना अपूर्ण छौं | हामी आफ्नो आँखामाथि धेरै नै गर्व गर्छौं : " के तपाई मलाई देखाउन सक्नुहुन्छ?" तपाईका आँखाहरुसँग के योग्यता छन् की तपाई देख्न सक्नुहुन्छ ? उसले यो सोच्दैन की "मसँग कुनै योग्यता छैन; तर पनि म हेर्न चाहन्छु " |

यी आँखाहरु विभिन्न परिस्थितिम निर्भर छन् | अहिले बिजुली छ, तपाई देख्न सक्नुहुन्छ। बिजुली बन्द हुनसाथ, तपाई देख्न सक्नुहुन्न | त्यसो हो भने तपाईको आँखाको के मूल्य छ ? तपाईले यो पर्खाल पछाडी के भइरहेको छ देख्न सक्नुहुन्न | त्यसैले ज्ञानका स्रोतका रूपमा आफ्ना तथाकथित इन्द्रियहरुमाथी विश्वास नगर्नुहोस् । हुँदैन |

ज्ञानको स्रोत श्रवण हुनुपर्छ। यसलाई श्रुति भनिन्छ। तसर्थ वेदको नाम श्रुति हो । श्रुति प्रमाण | जस्तै एउटा बालक वा एउटा केटो जान्न चाहन्छ की उसको बुबा को हो | यसको प्रमाण के छ त? यसको प्रमाण श्रुति हो, आमाबाट सुन्नु | आमाले भन्छिन्, "उहाँ तिम्रो पिता हुनुहुन्छ " | उसले सुन्छ; उसले यो हेर्दैन की ती मानिस उसको बुवा कसरी बने | उसको शरीर निर्माण हुनु पूर्व नै ती पिता भएको कारण उसले कसरी देख्न सक्छ ? त्यसकारण हेरेर मात्र, तपाईले पक्का गर्न सक्नुहुन्न की तपाईको पिता को हुन् | तपाईले विश्वस्त सूत्रबाट श्रवण गर्नुपर्छ | आमा विश्वस्त सूत्र हुन् |

तसर्थ श्रुति-प्रमाण: सुन्नु नै प्रमाण हो, देख्नु होइन | हाम्रा त्रुटिपूर्ण आँखाहरु... धेरै अवरोधहरु छन् । त्यसैगरि, प्रत्यक्ष धारणाबाट तपाईले सत्य प्राप्त गर्न सक्नुहुन्न। प्रत्यक्ष अवधारणा अनुमान मात्र हो । डा. भ्यागुतो ।

डा. भ्यागुतोले अनुमान लगाउँदै छ की आन्द्र महासागर के हो। ऊ तीन फीटको कुवाभित्र छ र उसको केहि मित्रले जानकारी दियो, "ओहो मैले विशाल पानी देखेको छु " | " त्यो विशाल पानी के हो?" "आन्द्र महासागर |" "त्यो कत्रो ठूलो छ ?" धेरै धेरै ठूलो" | डा. भ्यागुतोले सोचिरहेको छ, "सायद चार फीट | यो कुवा तीन फीट छ | त्यो सायद चार फीट होला | ल ठीक छ , पाँच फीट | लौ त, दस फीट |" यसरी अनुमान लगाएर कसरी डा. भ्यागुतोले आन्द्र महासागर र प्रशान्त महासागरलाई बुझन सक्ला ?

के तपाईले आन्द्र र प्रशान्त महासागरको लम्बाइ र चौडाइ अनुमान गर्न सक्नुहुन्छ ? अनुमानद्वारा तपाईले प्राप्त गर्न सक्नुहुन्न | उनीहरूले धेरै वर्षदेखि यस ब्रह्माण्डको बारेमा अनुमान गर्दैछन् , कति धेरै ताराहरु छन्, लम्बाइ र चौडाइ कति छ, कहाँ छन् ... भौतिक संसारका बारेमा कसैलाई केहि जानकारी छैन भने आध्यात्मिक संसारको के कुरा गर्ने? त्यो धेरै टाढाको कुरा हो | परस् तस्मात् तु भावो ऽन्यो ऽव्यक्तो ऽव्यक्तात् सनातनः (भ गी ८।२०) |

तपाईले भगवद्-गीतामा भेटाउन सक्नुहुन्छ | त्यहाँ अर्को प्रकृति छ| तपाईले देख्नुभएको यो प्रकृति, आकाश, एउटा गोलो आकार, त्योभन्दा माथि पाँच तत्वका तहहरु छन् | यो आवरण हो | जस्तै तपाईले नरिवल देख्नुभएको छ | यसको आवरण साह्रो हुन्छ र त्यस आवरण भित्र पानी हुन्छ | त्यसैगरी यो आवरण भित्र ... र बाहिर त्यहाँ पाँच तहहरु छन् ,एउटाभन्दा अर्को हजार गुणा ठूलो: जलको तह, हावाको तह , आगोको तह। तपाईले यी सबै तहहरू पार गर्नुपर्छ । तब तपाईले आध्यात्मिक संसार प्राप्त गर्नुहुनेछ |

यी सबै असीमित संख्याका, अनन्त कोटि ब्रह्माण्डहरु | यस्य प्रभा प्रभावतो जगद्-अण्ड​-कोटि (ब्रह्म-संहिता ५|४०) जगद्-अण्ड​ अर्थात् ब्रह्माण्ड | कोटि धेरै लाखौं एकसाथ जम्मा भएको, त्यो भौतिक संसार हो | र यो भौतिक संसारभन्दा पर आध्यात्मिक संसार छ , अर्को आकाश | त्यो पनि आकाश नै हो | त्यसलाई परव्योम भनिन्छ | तसर्थ तपाई आफ्नो इन्द्रियको अवधारणाबाट अनुमान गर्न सक्नुहुन्न की चन्द्र ग्रहमा र सूर्य ग्रहमा के छ, यो ग्रह, यो ब्रह्माण्ड भित्र के छ | तपाईले कसरी अनुमानद्वारा आध्यात्मिक संसारलाई बुझ्न सक्नुहुन्छ? यो मूर्खता हो | त्यसकारण शास्त्रले बताउँछ, अचिन्त्याः खलु ये भावा न तांस् तर्केण योजयेत् | अचिन्त्य, जून अकल्पनीय छ, तपाईको इन्द्रियातित अवधारणाभन्दा पर छ, तर्क गरेर बुझने र अनुमान गर्ने प्रयास नगर्नुहोस् | यो मूर्खता हो | यो सम्भव छैन |

तसर्थ हामी गुरु समक्ष जानुपर्छ | तद्-विज्ञानार्थं स गुरुम् एवाभिगच्छेत्, समित्-पाणिः श्रोत्रियं ब्रह्म​-निष्ठम् (मु उ १|२|१२) यो नै विधि हो |