NE/Prabhupada 0036 - हाम्रो जीवनको लक्ष्य

Revision as of 12:44, 10 June 2018 by Vanibot (talk | contribs) (Vanibot #0019: LinkReviser - Revised links and redirected them to the de facto address when redirect exists)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 2.1-11 -- Johannesburg, October 17, 1975

जब हामी यो भौतिक क्रियाकलापद्वारा दिग्भ्रमित हुन्छौं, के गर्ने, के नगर्ने र के गर्नैपर्ने हो भन्ने स्पष्ट थाहा भएन भने, यो उदाहरण छ - त्यस समयमा हामी एक गुरुका समक्ष जानुपर्छ। यहाँ यो उपदेश छ, हामीले देख्न सक्छौं । पृच्छामि त्वां धर्म​-सम्मूढ​-चेताः | हामीहरु पथभ्रष्ट भएका बेलामा हामीलाई के धर्म हो, के अधर्म हो भन्ने छुट्याउन गाह्रो पर्छ, आफ्नो स्थितिलाई उचित रुपमा प्रयोग गर्दैनौं । कार्पण्य​-दोषोपहत​-स्वभावः (भ गी २।७) | त्यस समयमा गुरुको आवश्यकता पर्छ। यो नै वैदिक उपदेश हो। तद् विज्ञानार्थं स गुरुम् एवाभिगच्छेत् श्रोत्रियं ब्रह्म​-निष्ठम् (मुण्डक उपनिषद् १।२।१२) |

यो नै कर्तव्य हो । सभ्यता यस्तो छ, कि हामीले जीवनमा धेरै धेरै समस्याहरु भोग्नुपर्छ । यो त स्वाभविक हो। यो भौतिक संसारमा जीवनभरि भौतिक समस्या पाइन्छ । पदं पदं यद् विपदम् (श्री भ १०।१४।५८) | भौतिक संसारको भनेको प्रत्येक पाईलामा खतरा हुन्छ। भौतिक संसार यस्तो हुन्छ | तसर्थ हामीले गुरुको मार्गदर्शन लिनुपर्छ, शिक्षकबाट, आध्यातमिक गुरुबाट जीवनमा कसरी प्रगति गर्ने, किनकि..... यो कुरा पछि पनि बताइनेछ कि हाम्रो जीवनको लक्ष्य, कमसेकम यो मानवको जीवनमा, आर्य सभ्यतामा, जीवनको लक्ष्य भनेको हामीले आफ्नो मौलिक स्थिति बुझ्नुपर्छ "हामी को हौँ ?" यदि हामीले "म को हुँ" भन्ने बुझेनौं भने हामी कुकुर र बिरालो समान हुन्छौं | कुकुर र बिरालोले यस्तो बुझ्दैनन् । तिनिहरूले आफुलाई शरीर हुँ भनेर सोच्दछन् । यो कुरा पनि बताइनेछ।

जीवनको त्यस्तो अवस्थामा, जब हामी अन्योलमा परेका हुन्छौं... वास्तवमा हामी प्रत्येक क्षण अन्योलमा हुन्छौं । तसर्थ यो जरुरि छ कि हामी उचित गुरुकहाँ जानुपर्छ । अब अर्जुनले कृष्ण समक्ष जाँदैछन्, पहिलो श्रेणीका गुरु समक्ष । गुरु अर्थात् परमेश्वर। उहाँ सबैका गुरु हुनुहुन्छ, परमगुरु | जसले कृष्णको प्रतिनिधित्व गर्दछ, ऊ पनि गुरु हो। यसको व्याख्या चौथो अध्यायमा बताइनेछ। एवं परम्परा प्राप्तम् इमम् राजर्षयो विदुः (भ गी ४।२) | यहाँ कृष्णले उदाहरण दिनुभएको छ कि हामी कसलाई शरणागत भएर गुरु मान्नुपर्छ ।

यहाँ कृष्ण हुनुहुन्छ । तपाईले कृष्ण वा उहाँका प्रतिनिधीलाई गुरु मान्नुपर्छ | तब तपाईका समस्याहरू समाधान हुनेछन् । अन्यथा यो सम्भव छैन, किनकि उनले तपाईलाई के ठिक छ, के बेठिक छ भन्ने सबै बताउन सक्छन् । उहाँले भन्नुहुन्छ, यच् छ्रेयः स्यान् निश्चितं ब्रूहि तत् (भ गी २।७) | निश्चितं | यदि तपाईलाई सल्लाह वा उपदेश चाहिन्छ, निश्चितं , जुन कुनैपनि शंका बिना हुन्छ, कुनै भ्रम बिना हुन्छ, कुनै गल्ति बिना हुन्छ, कुनै छलकपट बिना हुन्छ, त्यसलाई निश्चितं भनिन्छ। त्यो केवल कृष्ण अथवा उहाँका प्रतिनिधिहरूबाट पाउन सकिन्छ । सत्य कुरा अपूर्ण व्यक्ति र ठगहरुबाट पाउन सकिन्न । यो सहि उपदेश होइन |

आजकल त यो एउटा फेसन भएको छ; सबै गुरु बन्दैछन् र आफ्नो विचार दिंदैछन्, "मलाई लाग्छ ", "मेरो विचारमा |" त्यो गुरु होइन । गुरु भनेको उनले शास्त्रबाट प्रमाण दिनुपर्छ । यः शास्त्र​-विधिम् उत्सृज्य वर्तते काम​-कारतः (भ गी १६।२३) "जसले शास्रबाट प्रमाण दिदैन, तब" न सिद्धिं स अवाप्नोति "उसले कहिले पनि सफलता पाउँदैन," न सुखम्,"न यो भौतिक संसारमा कुनै सुख," न परां गतिम्, "र अर्को जीवनमा उन्नतिको त के कुरा गर्नु |" यी उपदेशहरु छन् |