NE/Prabhupada 0041 - वर्तमान जीवन अशुभताले भरिएको छ

Revision as of 12:45, 10 June 2018 by Vanibot (talk | contribs) (Vanibot #0019: LinkReviser - Revised links and redirected them to the de facto address when redirect exists)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on BG 9.1 -- Melbourne, June 29, 1974


पूर्ण ज्ञान। यदि तपाई भगवद्-गीता पढ्नुहुन्छ भने तपाईले पूर्ण ज्ञान प्राप्त गर्नुहुन्छ। भगवानले के भन्नुहुन्छ ? इदं तु ते गुह्यतमं प्रवक्षयाम्यनसूयवे (भ गी ९।१) भगवान् कृष्ण अर्जुनलाई सिकाउँदै हुनुहुन्छ। उहाँ नवौं अध्यायमा भन्नुहुन्छ, "मेरो प्रिय अर्जुन, मैले अब तिमीलाई सबैभन्दा गोप्य ज्ञान भन्दैछु," गुह्यतमं । तमं अर्थात् अत्युक्ति । , सकारात्मक, तुलनात्मक र अत्युक्ति |

संस्कृतमा तर-तम। तर तुलनात्मक हो र तम भन्नाले अत्युक्ति। यहाँ भगवान् भन्नुहुन्छ, पुर्ण पुरुषोत्तम व्यक्तित्व भन्नुहुन्छ, इदं तु ते गुह्यतमं प्रवक्ष्यामि: "अब म तिमीलाई सबैभन्दा गोप्य ज्ञान बोल्दै छु।" ज्ञानं विज्ञान सहितं। ज्ञान भन्नाले पूर्ण ज्ञान, कल्पना होइन। ज्ञानं विज्ञान सहितं। विज्ञान भन्नाले "व्यावहारिक प्रदर्शन।" त्यसैले ज्ञानं विज्ञान सहितं यज्ज्ञात्वा (भ गी ९।१)। तिमीले यो ज्ञान सिक्यौ भने, यज्ज्ञात्वा मोक्षसे अशुभात् (भ गी ९।१)। अशुभात् । मोक्षसे अर्थात् तिमीले मुक्ति प्राप्त गर्छौ , र अशुभात् भन्नाले, "अशुभता ।" अशुभता ।

हाम्रो वर्तमान जीवन, वर्तमान क्षणमा, वर्तमान जीवन भनेको जबसम्म हामीसँग यो भौतिक शरीर छ, यो अशुभताले भरिएको हुन्छ। मोक्षसे अशुभात् । अशुभात् मतलब अशुभता।