NE/Prabhupada 0044 - सेवा भनेको गुरुको आज्ञा मान्नु हो

Revision as of 05:06, 25 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0044 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 4.1 -- Montreal, August 24, 1968


यसको मतलब उसले कृष्णको आदेश मानिरहेको छ । उसलाई नराम्रो लाग्दैन कि "म कृष्णको दुश्मन बन्दै छु" । यहाँ सिद्धान्त यो छ कि उसले अनुसरण गर्दैछ । यदि कृष्णले भन्नुहुन्छ कि "तिमी मेरो दुश्मन बन" । म उहाँको दुश्मन बन्न सक्छु । यो हो भक्ति योग । हो । म कृष्णलाई सन्तुष्ट पार्न चाहन्छु ।

जस्तै एउटा मालिकले नोकरलाई भन्छ "मलाई यहाँ हान" । त्यसैले उसले हान्छ । यो उसको सेवा हो । अरुले सोच्न सक्छन् "उसले हानिरहेकोछ अनि सोच्छ 'म सेवा गर्दैछु ? यो के हो ? उसले हानिरहेकोछ ।" तर मालिक चाहन्छन् कि "मलाई हान" । यो उसको सेवा हो ।

सेवा भनेको आफ्नो मालिकको आज्ञा मान्नु हो । यो मतलब छैन कि त्यो के हो ? चैतन्य महाप्रभुको जीवनमा एउटा राम्रो उदाहरण छ, कि उहाँको व्यक्तिगत सेवक गोविन्द हुनुहुन्थ्यो । चैतन्य महाप्रभुले प्रसाद लिनुभएपछी उहाँले प्रसाद लिनुहुन्थ्यो । एक दिन, चैतन्य महाप्रभुले प्रसाद लिएपछि उहाँले आफुलाई एउटा सिमामा राख्नुभयो । त्यसलाई क भन्छ ? सिमाना? ढोका? द्वार । गोविन्दले उहाँलाई नाघ्नुभयो । गोविन्दले उहाँको पाउ मालिस गर्नुहुन्थ्यो, जब उहाँ आराम गर्नुहुन्थ्यो । गोविन्दले उहाँलाई नाघ्नुभयो र उहाँको पाउ मालिस गर्नुभयो । त्यसपछि चैतन्य महाप्रभु सुत्नुभय अनि आधा घण्टापछि जब उहाँ उठ्नुभयो, उहाँले "गोविन्द तिमीले अहिलेसम्म प्रसाद लिएको छैन?" "छैन मालिक। " "किन?" "मैले हजुरलाई नाघ्नुहुन्न । हजुर त्यहाँ सुतिरहनुभएको थियो ।" "त्यसोभए तिमी यता कसरी आयौ ?" "नाघेर" "सुरुमा नाघेपछि फेरी किन ननाघेको त ?" "सुरुमा म हजुरको सेवामा थिएँ । अहिले म प्रसाद लिन हजुरलाई नाघ्न सक्दिन । यो मेरो कर्तव्य होइन । यो मेरो लागि हो । अघि हजुरलाई थियो ।"

त्यसैले कृष्णको सन्तुष्टिको लागि तपाईं उहाँको दुश्मन बन्न सक्नुहुन्छ, साथी बन्न सक्नुहुन्छ, जे पनि बन्न सक्नुहुन्छ । यो हो भक्ति योग । किनकि तपाईंको लक्ष्य कृष्णको सन्तुष्टि हो । अनि जब आफ्नो इन्द्रियको मौका आउँछ , तब तपाईं भौतिक जगतमा तुरुन्त खस्नुहुन्छ । कृष्णे बहिर्मुख हय भोग वाञ्छा करे निकटस्थ माया तारे जापटिया धरे (प्रेम विवर्त) । जब हामी कृष्णलाई भुल्छौँ अनि हामी आफ्नो इन्द्रियतृप्ति गर्न चाहन्छौं , त्यो माया हो । र जब हामी यो इन्द्रियतृप्तिलाई त्याग्छौं, र कृष्णको लागि सबै कुरा गर्छौं, त्यो मुक्ति हो । .......................................................