NE/Prabhupada 0044 - सेवा भनेको गुरुको आज्ञा मान्नु हो
Lecture on BG 4.1 -- Montreal, August 24, 1968
यसको मतलब उसले कृष्णको आदेश मानिरहेको छ । त्यति हो | उसलाई नराम्रो लाग्दैन कि "म कृष्णको दुश्मन बन्दै छु" । यहाँ सिद्धान्त यो छ कि उसले अनुसरण गर्दैछ । यदि कृष्णले "तिमी मेरो दुश्मन बन" भन्नुहुन्छ भने म उहाँको दुश्मन बन्न सक्छु । यो हो भक्ति योग । हो । म कृष्णलाई सन्तुष्ट पार्न चाहन्छु ।
जस्तै एउटा मालिकले नोकरलाई भन्छ "मलाई यहाँ हान" । उसले हान्छ । यो उसको सेवा हो । अरुले सोच्न सक्छन् "उसले हानिरहेको छ र उसले सोच्छ 'म सेवा गर्दैछु ? यो के हो ? उसले हानिरहेको छ ।" तर मालिक चाहन्छन् कि "मलाई हान" । यो उसको सेवा हो ।
सेवा भनेको आफ्नो मालिकको आज्ञा मान्नु हो । यो मतलब छैन कि त्यो के हो | चैतन्य महाप्रभुको जीवनमा एउटा राम्रो उदाहरण छ, उहाँको व्यक्तिगत सेवक गोविन्द हुनुहुन्थ्यो । चैतन्य महाप्रभुले प्रसाद लिनुभएपछि उहाँले प्रसाद लिनुहुन्थ्यो । एक दिन, चैतन्य महाप्रभुले प्रसाद लिनुभएपछि उहाँले आफुलाई एउटा सिमामा राख्नुभयो । त्यसलाई के भनिन्छ ? सिमाना? ढोका? द्वार । गोविन्दले उहाँलाई नाघ्नुभयो । जब उहाँ आराम गर्नुहुन्थ्यो, गोविन्दले उहाँको पाउ मालिस गर्नुहुन्थ्यो । गोविन्दले उहाँलाई नाघ्नुभयो र उहाँको पाउ मालिस गर्नुभयो । त्यसपछि चैतन्य महाप्रभु सुत्नुभयो, र आधा घण्टापछि जब उहाँ उठ्नुभयो, उहाँले देख्नुभयो "गोविन्द तिमीले अहिलेसम्म प्रसाद लिएको छैन?"
"छैन मालिक। "
"किन?"
"मैले हजुरलाई नाघ्नुहुन्न । हजुर त्यहाँ सुतिरहनुभएको थियो ।"
"त्यसोभए तिमी यता कसरी आयौ ?"
"नाघेर"
"सुरुमा नाघेपछि फेरी किन ननाघेको त ?"
"सुरुमा म हजुरको सेवामा थिएँ । अहिले म प्रसाद लिन हजुरलाई नाघ्न सक्दिनँ | यो मेरो कर्तव्य होइन । यो मेरो लागि हो । अघि हजुरको लागि थियो ।"
त्यसैले कृष्णको सन्तुष्टिको लागि तपाई उहाँको दुश्मन बन्न सक्नुहुन्छ, साथी बन्न सक्नुहुन्छ, जे पनि बन्न सक्नुहुन्छ । यो हो भक्ति योग । किनकि तपाईको लक्ष्य कृष्णको सन्तुष्टि हो । अनि जब आफ्नो इन्द्रियलाई सन्तुष्ट पार्ने प्रयास हुन्छ , तब तपाई भौतिक जगतमा तुरुन्त खस्नुहुन्छ । कृष्ण-बहिर्मुख हञा भोग वाञ्छा करे निकट-स्थ माया तारे जापटिया धरे (प्रेम विवर्त) । जब हामी कृष्णलाई भुल्छौँ र आफ्नो इन्द्रियतृप्तिमा लाग्छौं , त्यो माया हो । र जब हामी यो इन्द्रियतृप्तिलाई त्याग्छौं, र कृष्णको लागि सबै कुरा गर्छौं, त्यो मुक्ति हो । .......................................................