NE/Prabhupada 0046 - तपाई पशु नबन्नुहोस् - प्रतिकार गर्नुहोस्

Revision as of 05:07, 30 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0046 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Mo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Morning Walk -- May 28, 1974, Rome

योगेश्वरः भगवानले जानुभनदा अघि केहि प्रश्नहरू लेखेरर छाडेका छन। म हजुरलाई केहि प्रश्नहरू सोधुँ ?

प्रभुपादः हुन्छ ।

योगेश्वरः बारम्बार आईपरिरहने समस्याहरु मध्ये एउटा हो आतंककारीहरु, यस्को मतलब, विषेश गरेर राजनैतिक कारणहरू लिएर प्राय: राजनैतिक अभिप्राय भएका मानिसहरू |

प्रभुपादः हो। प्राथमिक सिद्वान्त मैले पहिले नै भनिसकेको छु । किनकि तिनीहरू पशु जस्तै हुन, कुनै बेला साह्रै खतरानाक जनावर जस्ता। त्यहि हो। पशुहरू, यहाँ विभिन्न किसिमका जनावरहरू छन। बाघ र सिँह, तिनीहरू खतरानाक पशुहरू हुन। तर तपाईहरू पशुको समाजमा बाँचिरहनुभएको छ | पशुको समाज, कोहि, कोहि खतरानाक छन, यो त केहि अचम्मको कुरा होईन। वास्तवमा तपाईहरू पशुको समाजमा बस्नुभएको छ । त्यसै कारणले तपाईहरू मानव बन्नुहोस् , आदर्श । यहि हो समस्याको समाधान।

हामीहरूले पहिलै बताईसकेका छौं कि यो त पशुको समाज हो। यदि कोहि खतरनाक पशु देखिन्छन भने, के अचम्म लाग्नु ? वास्तवमा यो पशुको समाज हो। हात्ती आएपनि बाघ आएपनि, पशु नै त हुन। तर तपाईहरू पशु नबन्नुहोस । यसको प्रतिकार गर्नुहोस । यसको आवश्यकता छ। मानिसहरूलाई तर्कसंगत पशु मानिएको छ। तर्कसंगत हुनगयौ भने त्यो आवश्यक कुरा हो। तपाईहरू पनि कुनै एक किसिमको पशु जस्तै भइरहनुभयो भने त्यसले तपाई मदत गर्दैन | तपाईहरू सबै वास्तवमा मानिस बन्नु पर्दछ। तर, भनिएको छ, दुर्लभम् मनुषाम् जन्म तद् अपी अध्रुवं अर्थदम्(श्री भ ७।६।१ )। यी मानिसहरूसंग जीवनको लक्ष्य छैन। मानिसको जीवनको लक्ष्य के हो... तिनीहरुलाई थाहा छैन। तिनीहरूको पशुप्रवृत्तिलाई यता उता गरेर सच्याइएको छ |

जस्तै भनु, तिनीहरू नाङ्गो नाच हेर्न जान्छन। यो पशु प्रवृत्ति हो, ऊ आफ्नी पत्निलाई दिनहुँ नाङ्गै देख्छ, र पनि ऊ पैसा तिरेर नाङ्गो नाच हेर्न जान्छ। किनभने तिनीहरूमा यस्तो पशुतामा व्यस्त रहने बाहेक अरू काम छैन। हो कि होईन? अन्त अरु नाङ्गा स्त्रीहरू हेर्न किन जानु ? तपाईहरूले आफ्नी पत्निलाई रातदिन नाङगै भएकी देखेकै हुनुहुन्छ । किन त? किन भने तिनिहरूको अर्को काम छैन। पशु। पुन: पुनश चर्वित चर्वनानां (श्री भ ७।५।३० ) | एउटा कुकुर, उसलाई रसको स्वाद थाहा हुँदैन। कुकुरले हड्डी केवल यता उता गर्दै टोकिरहेछ। किनभने ऊ पशु हो। पशुको अरु काम हुदैन ।

त्यसैले यो सारा समाज जनावर हो | विशेषत: पश्चिममुलका वासीहरु । तिनीहरूले आफ्नो सभ्यतालाई पशुप्रवृत्तिको आधारमा विकास गरेका छन, त्यसको मतलब, "म यो शरिर हुँ र मेरो जीवनको राम्रो प्रयोग ईन्द्रीयतृप्ति गर्नु हो।" यो पशु हो | "म यो शरिर हुँ ।" शरिर मतलब ईन्द्रियहरू | "र ईन्द्रियतृप्ति गर्नु नै सर्वोत्तम पूर्णता ।" यो तिनीहरूको सभ्यता हो। त्यसै कारण तपाईहरूले वास्तविक मानव सभ्यता ल्याउनुपर्छ। तपाई चकित नहुनुहोस, एक पशु, विभिन्न आकारमा, विभिन्न क्षमतामा, आउँछन् | जे भए पनि, ऊ एक पशु हो। आधारभुत सिद्वान्त पशुता छ। किनकि ऊ सोचिरहेछ "म शरिर हूँ..." कुकरले सोचिरहेछ "म कुकुर हुँ, धेरै बलवान र बलियो कुकुर," यसै गरि अर्को मानिसहरू सोचिरहेछ "म ठुलो राष्ट्र हुँ' |" तर आधारभुत सिद्वान्त के हो? कुकुरले पनि शरिरको आधारमा सोच्दछ, र ठुलठुला राष्ट्रहरूपनि शरिरकै आधारमा सोच्ने गर्दछन।

यसै कारण ठुला यो राष्ट्र र कुकुरमा केहि फरक छैन। फरक यति नै हो कि, प्रकृतिको कृपाले गर्दा उसका श्रेष्ठ ईन्द्रियहरू छन् । र ऊसंग कुनै शक्ति छैन, या शिक्षा छैन श्रेष्ठ इन्द्रियलाई प्रयोगमा ल्याउन, कसरि अध्यात्मिक उन्नति गर्ने र यो भौतिक जगतबाट निस्किने | तिनीहरूमा यो विचार छैन। तिनीहरूले केवल यस्तो श्रेष्ठ ईन्द्रियलाई पशुप्रवृत्तिमा लगाईरहेका छन। यहि हो अर्थ। ऊसंग शिक्षा छैन कसरि श्रेष्ठ बुद्धिको सहि उपयोग गर्ने | त्यसैले उसले केवल पशुप्रवृत्तिमा लगाईरहेको छ। र संसारभरका मानिसहरू, जब कुनै पश्चिम मुलुकक मानिस देख्दछन, "तिनीहरु विकसित छन् |" के हो यो? पशु प्रवृत्तिमा विकास | आधारभुत सिदान्त त पशुता रहेको छ। यो सुन्दा तिनीहरू छक्क पर्छन। तिनीहरु पनि अनुकरण गर्छन | त्यसैले तिनीहरु पशुतामा, पशु सभ्यतामा विस्तार गरिरहेछन | अब हामीहरूले मानव सभ्यताका लागि प्रतिकार गर्नै पर्दछ।