NE/Prabhupada 0096 - हामीले व्यक्ति भागवतबाट अध्ययन गर्नुपर्छ

Revision as of 14:27, 2 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0096 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 13.4 -- Miami, February 27, 1975

यो मैले सोचिरह्को छु,"अमेरिकी, भारतीय, हिन्दु,मुस्लिम," यी सब फोहोर कुराहरु छन् मेरो हृदयमा | तपाई आफ्नो हृदय सफा गर्नुहोस | हृदी अंतः स्थ: अभद्राणी | मेरा हृदयमा फोहोर कुराहरु छन्, त्यसैले यदि हामीले आफ्नो हृदय सफा गर्यौं भने हामी यो उपाधिबाट मुक्त हुन्छौं | नष्ट प्रायेषू अभद्रेषू नित्यं भागवत सेवया (भागवत १|२|१८) | नष्ट प्रायेषू | यी फोहोर कुराहरु सफा हुनेछन यदि हामी नियमित रुपले श्रीमद भागवतम अथवा भगवद-गीता सुन्छौं | नित्यं भागवत ...

र भागवत भनेको किताब भागवत र व्यक्ति भागवत | व्यक्ति भागवत भनेको अध्यात्मिक गुरु | या कोहि उच्च भक्त | उहाँ भागवत हुनुहुन्छ, महा-भागवत, भागवत | त्यसैले भागवत-सेवया भनेको भगवद-गीता र भागवतम पढ्नु मात्र होइन, तर हामीले व्यक्ति भागवतबाट पढ्नुपर्छ | त्यो चाहिएको छ |

चैतन्य महाप्रभुले सल्लाह दिनुभयो, भागवत परा गिया भगवात स्‍थाने: "यदि तपाईलाई भागवत जान्न मन छ भने व्यक्ति भागवतकोमा जानुहोस जसले आत्मा-साक्षात्कार गर्नुभएको छ |" व्यवसायिक होइन | त्यसले तपाईको मदत गर्दैन | आधिकारिक व्यवसायिक- म मन्दिर जान्छु, चर्च, र फेरी नारकीय स्थितिमा फर्कन्छु....होइन, तपाई केवल व्यक्ति भागवतसंग संग गर्नुहोस जसले आत्मा-साक्षात्कार गर्नुभएको र उहाँबाट उही किताब, उही ज्ञान सुन्नुहोस | कृष्णका प्रतिनिधि | जस्तै कृष्णले भन्नुहुन्छ, तत समासेन मे शृणु | मे शृणु :"मबाट या मेरो प्रतिनिधिबाट सुन | तब तिमीलाई फाइदा हुनेछ |"

त्यसैले यी केन्द्रहरु पिडित मानिसहरुलाई मौका दिनको लागि खोलिएको छ यो जीवनमा मात्र होइन, जीवन पछिको जीवनमा |

एई रुपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान जीव
गुरु कृष्ण कृपाय पाय भक्ति लता बीज
(चैतन्य चरितम्रित १९|१५१)

त्यसैले यो हाम्रो कर्तव्य हो, हामीले यो कर्तव्य कृष्णको तर्फबाट लिएका छौं | कृष्ण आफै सिकाउन आउनुहुन्छ | जस्तै उहाँले उहाँको श्रीमद भागवतम छोड्नुभयो | तब उहाँले आफ्ना भक्तहरुलाई जिम्मा दिनुभयो साधारण मानिसलाई बुझाउनको लागि | हामी त्यो गर्ने प्रयास गरिरहेका छौं | हामीले केहि उत्पादन गरेका छैनौं अथवा हामीसंग हाम्रो आफ्नै केहि छ | सारा सम्पत्ति यहीं छन् | हामी केवल पियन जसरी बाँडिरहेका छौं | त्यति हो | र हामीलाई केहि कठिनाई छैन | यदि हामीले केवल भगवद-गीता, कृष्णको उपदेश, यथारुपमा प्रस्तुत गर्दछौं भने हाम्रो कर्तव्य सकिन्छ | हामीलाई केही उत्पादन गर्नुपर्दैन; न त हामीसंग कुनै शक्ति छ केहि उत्पादन गर्नलाई | जस्तै त्यहाँ अरु धेरै छैन | तिनीहरु नयाँ विचार, नयाँ दर्शन उत्पादन गर्छन....सब बेकार | त्यसले मदत गर्दैन | साँचो ज्ञान लिनुहोस् |