NE/Prabhupada 0099 - कसरी कृष्णबाट मान्यता प्राप्त हुने

Revision as of 10:54, 3 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0099 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 13.4 -- Bombay, September 27, 1973

जसरी हामीले विभिन्न वर्गका मानिसहरु पाउँछौं, जबकि तिनीहरु सबै बम्बईमा छन्, या कुनै शहर, त्यसैगरि, सबै जीवहरु, तिनीहरु उही गुणका छैनन् | कोहि भौतिक प्रकृतिको सतोगुणबाट प्रभावित छन्, कोहि भौतिक प्रकृतिको रजोगुणबाट प्रभावित छन्, र कोहि भौतिक प्रकृतिको तमोगुणबाट प्रभावित छन्, त्यसैले जो तमोगुणमा छन्, तिनीहरु पानीमा खसेको जस्तै हो | जसरि आगो पानीमा खस्छ, त्यो पुरै निभ्छ | र सुख्खा घाँस, यदि आगोको झिल्को खस्छ, सुख्खा घाँसको फाइदा लिएर, आफ़ो सल्किन्छ | त्यो फेरी आगो बन्छ |

त्यसैगरी, जो सतोगुणमा छन्, तिनीहरुले सजिलै कृष्ण भावनामृत जगाउन सक्छन | किनकि भगवद गीतामा भनिएको छ, येषां त्व् अन्त​-गतं पापाम् (भ गी ७|२८) | किन मानिसहरु यो मन्दिरमा आउंदैनन ? किनकि कठिनाई यो छ कि तिनीहरु घोर अज्ञानतामा छन् | न मां दुष्कृतिनो मूढः प्रपद्यन्ते नराधमाः(भ गी ७|१५) | तिनीहरु आउन सक्दैनन् | तिनीहरु केवल पापमा संग्लग्न हुन्छन, तिनीहरुले यो कृष्ण भावनामृतलाई सराहना गर्न सक्दैनन् | त्यो सम्भव छैन | तर यो मौका सबैको लागि दिइएको छ | हामी आवेदन गरिरहेका छौं,"कृपया यहाँ आउनुहोस | कृपया..." यो कृष्णको तर्फबाट हाम्रो कार्य हो | जसरी कृष्णले व्यक्तिगत रुपमा भगवद-गीता सिकाउन आउनुहुन्छ र सबैलाई भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​ (भ गी १८|६६) |

हाम्रो कार्य त्यो हो | त्यसैले कृष्णले धेरै सराहना गर्नुहुन्छ,"ओहो ! यी व्यक्तिहरु मेरो तर्फबाट गर्दैछन् | मलाई त्यहाँ जानुपर्दैन | तिनीहरुले मेरो कार्य लिएका छन् | हामीले के कार्य लिएका छौं? हामी केवल मानिसहरुलाई भन्छौं,"कृपया कृष्णमा आत्मसमर्पण गर्नुहोस |" त्यसैले हामीहरु धेरै प्रिय छौं | कृष्णले भन्नुहुन्छ,न च तस्मान् मनुष्येषु कश्चिन् मे प्रिय​-कृत्तमः (भ गी १८|६९) | हाम्रो कार्य भनेको कसरी कृष्णबाट मान्यता प्राप्त हुने हो |

हामीहरु मतलब गर्दैनौं कि एक कृष्ण भावनामृतमा बदलिन्छ या बदलिन्न | हाम्रो कर्तव्य भनेको आवेदन गर्नु हो, त्यति हो,"प्रिय महासय,कृपया यता आउनुहोस्,कृष्णको अर्च-विग्रह हेर्नुहोस्, नमस्कार गर्नुहोस्, प्रसाद लिनुहोस्, र घर जानुहोस् |" तर मानिसहरु मान्दैनन | किन? अब, यो कार्य तिनीहरुले लिन सक्दैन जो पापी गतिविधिले भरिएका छन् |

त्यसैले कृष्णले भन्नुहुन्छ, येषां त्व् अन्त​-गतं पापां | जसले आफ्ना पापी गतिविधि पूर्ण रुपले सकेको छ | येषां त्व् अन्त​-गतं पापां जनानां पुण्य​-कर्मणाम् (भ गी ७|२८)। को पापी गतिविधिबाट मुक्त हुन सक्छ? जो सधैं पुण्य गतिविधिमा संग्लग्न छ | यदि तपाई पुण्य गतिविधिमा संग्लग्न हुनुहुन्छ भने, पाप गर्ने मौका कहाँ हुन्छ ? त्यसैले सबभन्दा पुण्य गतिविधि भनेको हरे कृष्ण महामन्त्र जप्नु हो | यदि तपाई सधै संग्लग्न हुनुहुन्छ, हरे कृष्ण, हरे कृष्ण, यदि तपाईको मन सधै कृष्ण भावनामृतमा संग्लग्न छ भने, तब मनमा अरु कुरा आउने स्थान नै हुदैन | यो कृष्ण भावनामृतको विधि हो | जब हामी कृष्णलाई भुल्छौँ, त्यहाँ माया हुन्छिन्, तत्काल कब्जा गर्छिन् |