NE/Prabhupada 0114 - एक सज्जन व्यक्ति जसको नाम कृष्ण हो, उहाँ सबैलाई नियन्त्रण गर्नुहुन्छ

Revision as of 09:12, 15 March 2016 by Kantish (talk | contribs) (Created page with " <!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0114 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - L...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Laguna Beach, September 30, 1972

भगवद गीतामा भनिएको छ,

देहिनो अस्मिन् यथा देहे
कौमारम् यौवनम् जरा
तथा देहान्तर प्राप्तिर्
धीरस् तत्र न मुह्यति
(भ गी २।१३)

तपाई, म- हामी सबैजना- यो शरीरमा बद्ध छौं | म आत्मा हुँ; तपाई आत्मा हुनुहुन्छ | यो वैदिक उपदेश हो, अहम् ब्रह्मास्मि: "म ब्रह्म हुँ।" यसको मतलब आत्मा | परब्रह्म होइन, गल्ति नगर्नुहोस् | परब्रह्म भगवान हुनुहुन्छ | हामी ब्रह्म हौँ, भगवानका अंश, टुक्रा | तर परम होइन, परम फरक हुनुहुन्छ | जस्तै तपाई अमेरिकी हुनुहुन्छ, तर परम अमेरिकी तपाइको राष्ट्रपति, श्रीमान निक्सन हुनुहुन्छ | तर तपाई यो भन्न सक्नुहुन्न कि "किनकि म अमेरिकी हुँ, तसर्थ म श्रीमान निक्सन हुँ |" तपाई यो भन्न सक्नुहुन्न | त्यसैगरी, तपाई, मा, हामी सबैजना, ब्रह्म, तर त्यसको मतलब यो होइन कि हामी परब्रह्म हौँ | परब्रह्म कृष्ण हुनुहुन्छ | ईश्वर : परम: कृष्ण: (ब्र स ५।१) ईश्वरः परमः | ईश्वर​ भनेको नियन्त्रक | हामी सबैजना केहि हद सम्म नियन्त्रक छौं | कोहि आफ्नो परिवार नियन्त्रण गरिरहेछ, आफ्नो कार्यालय नियन्त्रण गरिरहेछ, व्यापार, आफ्ना शिष्यहरू नियन्त्रण गरिरहेछ | अन्तिममा, ऊ आफ्नो कुकुरलाई नियन्त्रण गरिरहेछ | यदि ऊसंग नियन्त्रण गर्न केहि छैन भने, ऊ नियन्त्रण गर्न एउटा कुकुर राख्छ, घरपालुवा कुकुर, घरपालुवा बिरालो | सबैलाई नियन्त्रक भन्ने इच्छा छ | यो तथ्य हो | तर परम नियन्त्रक कृष्ण हुनुहुन्छ | यहाँ तथाकथित नियन्त्रक कोहि अरुबाट नियन्त्रित छन् | म मेरा शिष्यहरुलाई नियन्त्रण गरुँला, तर म अरु कोही, मेरो गुरुद्वारा नियन्त्रित छु | त्यसैले कसैले भन्न सक्दैन कि "म परम नियन्त्रक हुँ |" सक्दैन | यहाँ तपाईले पाउनुहुन्छ कि तथाकथित नियन्त्रक, अवस्य पनि केहि हदसम्म नियन्त्रक हो, तर ऊ पनि नियन्त्रित छ | तर जब तपाई पाउनुहुन्छ कि उनी नियन्त्रकमात्र हुन्, कोहि अरुबाट नियन्त्रित छैनन्, उनी कृष्ण हुन् | कृष्णलाई बुझ्न त्यति गाह्रो छैन | यो बुझ्ने प्रयास गर्नुहोस् कि सबैजना नियन्त्रण गरिरहेछन्, हामी सबै जना, तर उही समयमा कोहि अरुबाट नियन्त्रित छन् | तर हामी एक सज्जन व्यक्ति पाउँछौं जसको नाम कृष्ण हो | उहाँ सबैलाई नियन्त्रण गर्नुहुन्छ, तर उहाँ कोहिबाट नियन्त्रित हुनुहुन्न | यहि भगवान हुनुहुन्छ |

ईष्वर: परम: कृष्ण:
सच् चिद् अानन्द विग्रह
अनादिर् अादिर् गोविन्द:
सर्व कारण कारणम्
(ब्र स ५।१)

यो कृष्ण भावनामृत अभियान निकै वैज्ञानिक छ, आधिकारिक र तर्कसंगत व्यक्तिद्वारा बुझ्न सकिने छ | त्यसैले यदि तपाईले यस कृष्ण भावनामृत अभियानमा रुचि देखाउनुहुन्छ भने तपाईलाई लाभ हुनेछ | तपाईको जीवन सफल हुनेछ | तपाईको जीवनको लक्ष्य पुरा हुनेछ | यो तथ्य हो | तपाई हाम्रो साहित्य पढ्ने कोशिश गर्न सक्नुहुन्छ | हामीसंग धेरै पुस्तकहरु छन् | तपाई आउन सक्नुहुन्छ र व्यवहारिक रुपले देख्न सक्नुहुन्छ हाम्रा विद्यार्थीले कस्तो गर्दै छन्, कृष्ण भावनामृत अभियानमा अघि बढ्दै छन् | तपाईले यिनीहरुको संघबाट पनि सिक्ने कोशिश गर्न सक्नुहुन्छ | जस्तै कोहि यान्त्रिक मानिस बन्न चाहन्छ भने ऊ कारखानामा प्रवेश गर्छ र कामदार, यान्त्रिकका साथ संग गर्छ र क्रमश: ऊ पनि यान्त्रिक,विशेषज्ञ बन्छ | त्यसैगरी, हामी यी केन्द्रहरु खोल्दैछौं केवल सबैलाई मौका दिन, यो सिक्नको लागि कि कसरि घर जाने, फर्केर, कसै घर जाने, भगवद धाम फर्कने | यो हाम्रो लक्ष्य हो | र यो निकै वैज्ञानिक र आधिकारिक, वैदिक छ | हामी यो ज्ञान प्रत्यक्ष कृष्ण, सर्वोच्च परम पुरुष भगवान बाट प्राप्त गरिरहेका छौं | यो हो भगवद गीता | हामी भगवद गीता यथा रुप प्रस्तुत गरिरहेका छौं, कुनै निरर्थक टिप्पणी बिना | कृष्णले भगवद गीतामा भन्नुहुन्छ कि उहाँ सर्वोच्च परमपुरुष भगवान हुनुहुन्छ | हामीले उही प्रस्ताव राखेका छौं, कि सर्वोच्च परमपुरुष भगवान कृष्ण हुनुहुन्छ | हामीले यसलाई परिवर्तन गरेका छैनौं | कृष्णले भगवद गीतामा भन्नुहुन्छ कि,"मेरो भक्त बन | सधैँ मेरो स्मरण गर | मेरो पुजा गर | मलाई दण्डवत प्रणाम गर |" हामी सबै मानिसहरुलाई सिकाइरहेका छौं कि "तपाई निरन्तर कृष्णको स्मरण गर्नुहोस् - हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे / हरे राम, हरे राम, राम राम हरे हरे। " यो हरे कृष्ण महामन्त्रको जप गरेर तपाईले निरन्तर कृष्णको स्मरण गर्नुहुनेछ |