NE/Prabhupada 0122 - यी दुष्टहरु सोच्छन्,"म यो शरीर हुँ": Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0122 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Mo...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0121 - अन्ततः कृष्णले कार्य गर्दै हुनुहुन्छ|0121|NE/Prabhupada 0123 - शरणागत हुन बाध्य-यो विशेष कृपा हो|0123}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|BmVNcN_4QZI|यी दुष्टहरु सोच्छन्,"म यो शरीर हुँ" <br/> - Prabhupāda 0122}}
{{youtube_right|tMvWb-aad9Q|यी दुष्टहरु सोच्छन्,"म यो शरीर हुँ" <br/> - Prabhupāda 0122}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730517MW.LA_clip3.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730517MW.LA_clip3.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->  
<!-- BEGIN TRANSLATED TEXT -->  


प्रभुपाद : कृष्ण भन्नुहुन्छ, " तिमी पूर्णतः समर्पित होऊ , म तिमीलाई पूर्णतः रक्षा गर्छु |" अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि ([[Vanisource:BG 18.66|भ गी १८|६६]]) | उहाँले तिमीलाई पूर्ण बुद्धि दिनुहुन्छ | (विराम) त्यो नै हाम्रो सबैभन्दा ठुलो सफलता हुनेछ, जब वैज्ञानिक जगतले यसलाई स्वीकार गर्नेछ | उनीहरुलाई यो कुरा स्वीकार्न देऊ | तब हाम्रो कृष्णभावानामृत अभियान ठुलो सफलता हुनेछ | तिमी केवल स्वीकार " हो भगवान् हुनुहुन्छ र रहस्यमय शक्ति छ |" तब हाम्रो अभियान धेरै सफल हुन्छ | र त्यो सत्य हो | केवल नचाहिने मानिसबीच नचाहिने कुरा गर्नु, त्यसमा कुनै श्रेय हुँदैन | अन्धा यथान्धैर् उपनीयमानाः ([[Vanisource:SB 7.5.31|श्री भा ७|५|३१]]) | एउटा अन्धो मानिसले अर्को अन्धो मानिसको नेतृत्व गर्दैछ | त्यसको के अर्थ हुन्छ ? उनीहरु सबै अन्धा छन् | र जबसम्म मानिस अन्धो र दुस्ट रहन्छ, उसले भगवानलाई स्वीकार्दैनन् | यो नै परिक्षा हो | जब हामीले देख्छौं कि उसले भगवानलाई स्वीकार्दैन, उसलाई अन्धो, दुस्ट, मुर्ख तिमीले जे पनि भन्न सक्छौ | यसलाई स्वीकृत रुपमा लिऊ, ऊ जे भए पनि | ऊ एउटा धूर्त हो | यो सिद्धान्तमा हामीले ठुला ठुला रसायनशास्त्री, दार्शनिक तथा हामीकहाँ आउने जसलाई पनि चुनौती दिन सक्छौँ | हामी भन्छौं, " तिमी एउटा दानव हौ |" एउटा रसायनशास्त्री आएका थिए, तिमीले ल्याएका थियौ, ती भारतीय ?  
प्रभुपाद : कृष्ण भन्नुहुन्छ, " तिमी पूर्णतः समर्पित होऊ , म तिमीलाई पूर्णतः रक्षा गर्छु |" अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि ([[Vanisource:BG 18.66 (1972)|भ गी १८|६६]]) | उहाँले तिमीलाई पूर्ण बुद्धि दिनुहुन्छ | (विराम) त्यो नै हाम्रो सबैभन्दा ठुलो सफलता हुनेछ, जब वैज्ञानिक जगतले यसलाई स्वीकार गर्नेछ | उनीहरुलाई यो कुरा स्वीकार्न देऊ | तब हाम्रो कृष्णभावानामृत अभियान ठुलो सफलता हुनेछ | तिमी केवल स्वीकार " हो भगवान् हुनुहुन्छ र रहस्यमय शक्ति छ |" तब हाम्रो अभियान धेरै सफल हुन्छ | र त्यो सत्य हो | केवल नचाहिने मानिसबीच नचाहिने कुरा गर्नु, त्यसमा कुनै श्रेय हुँदैन | अन्धा यथान्धैर् उपनीयमानाः ([[Vanisource:SB 7.5.31|श्री भा ७|५|३१]]) | एउटा अन्धो मानिसले अर्को अन्धो मानिसको नेतृत्व गर्दैछ | त्यसको के अर्थ हुन्छ ? उनीहरु सबै अन्धा छन् | र जबसम्म मानिस अन्धो र दुस्ट रहन्छ, उसले भगवानलाई स्वीकार्दैनन् | यो नै परिक्षा हो | जब हामीले देख्छौं कि उसले भगवानलाई स्वीकार्दैन, उसलाई अन्धो, दुस्ट, मुर्ख तिमीले जे पनि भन्न सक्छौ | यसलाई स्वीकृत रुपमा लिऊ, ऊ जे भए पनि | ऊ एउटा धूर्त हो | यो सिद्धान्तमा हामीले ठुला ठुला रसायनशास्त्री, दार्शनिक तथा हामीकहाँ आउने जसलाई पनि चुनौती दिन सक्छौँ | हामी भन्छौं, " तिमी एउटा दानव हौ |" एउटा रसायनशास्त्री आएका थिए, तिमीले ल्याएका थियौ, ती भारतीय ?  


स्वरुप दामोदर: ..छौरि | (?)  
स्वरुप दामोदर: ..छौरि | (?)  

Latest revision as of 19:44, 29 January 2021



Morning Walk At Cheviot Hills Golf Course -- May 17, 1973, Los Angeles


प्रभुपाद : कृष्ण भन्नुहुन्छ, " तिमी पूर्णतः समर्पित होऊ , म तिमीलाई पूर्णतः रक्षा गर्छु |" अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि (भ गी १८|६६) | उहाँले तिमीलाई पूर्ण बुद्धि दिनुहुन्छ | (विराम) त्यो नै हाम्रो सबैभन्दा ठुलो सफलता हुनेछ, जब वैज्ञानिक जगतले यसलाई स्वीकार गर्नेछ | उनीहरुलाई यो कुरा स्वीकार्न देऊ | तब हाम्रो कृष्णभावानामृत अभियान ठुलो सफलता हुनेछ | तिमी केवल स्वीकार " हो भगवान् हुनुहुन्छ र रहस्यमय शक्ति छ |" तब हाम्रो अभियान धेरै सफल हुन्छ | र त्यो सत्य हो | केवल नचाहिने मानिसबीच नचाहिने कुरा गर्नु, त्यसमा कुनै श्रेय हुँदैन | अन्धा यथान्धैर् उपनीयमानाः (श्री भा ७|५|३१) | एउटा अन्धो मानिसले अर्को अन्धो मानिसको नेतृत्व गर्दैछ | त्यसको के अर्थ हुन्छ ? उनीहरु सबै अन्धा छन् | र जबसम्म मानिस अन्धो र दुस्ट रहन्छ, उसले भगवानलाई स्वीकार्दैनन् | यो नै परिक्षा हो | जब हामीले देख्छौं कि उसले भगवानलाई स्वीकार्दैन, उसलाई अन्धो, दुस्ट, मुर्ख तिमीले जे पनि भन्न सक्छौ | यसलाई स्वीकृत रुपमा लिऊ, ऊ जे भए पनि | ऊ एउटा धूर्त हो | यो सिद्धान्तमा हामीले ठुला ठुला रसायनशास्त्री, दार्शनिक तथा हामीकहाँ आउने जसलाई पनि चुनौती दिन सक्छौँ | हामी भन्छौं, " तिमी एउटा दानव हौ |" एउटा रसायनशास्त्री आएका थिए, तिमीले ल्याएका थियौ, ती भारतीय ?

स्वरुप दामोदर: ..छौरि | (?)

प्रभुपद: मैले उसलाई भनें कि" तिमी एउटा दानव हौ |" तर ऊ क्रोधित भएन | उसले स्वीकार्यो | र उसका सबै तर्कहरु खण्डन भयो | सायद तिमीलाई याद होला |

स्वरुप दामोदर : हो, उसले भन्दै थियो" कृष्णले मलाई खोज गर्नका लागि पूर्णतः मदत गर्नुभएन |" त्यो.....उसले त्यस्तो भन्दै थियो.... |

प्रभुपद: हो | तिमीलाई किन दिने? तिमी धूर्त हौ, तिमी कृष्णको विरुद्धमा छौ, किन कृष्णले तिमीलाई सुविधा दिनुहुन्छ ? यदी तिमी कृष्णको विरुद्धमा छौ र तिमीलाई कृष्ण बिना नै श्रेय चाहन्छौ भने त्यो सम्भव छैन | सर्वप्रथम, तिमी विनम्र हुनुपर्छ | तब कृष्णले तिमीलाई सबै सुविधाहरु दिनुहुन्छ | जसरी हामी कुनै रसायनशास्त्री, वैज्ञानिक, दार्शनिकसँग तर्क गर्न अघि सर्छौं | किन ? कृष्णको शक्तिमा हामी विश्वास गर्छौं कि "कृष्ण हुनुहुन्छ | जब म ऊसँग कुरा गर्छु, कृष्णले मलाई बुद्धि दिनुहुन्छ |" यो नै मूल कुरा हो | अन्यथा योग्यता, स्तरले उनीहरु धेरै योग्य छन् | हामीहरु उनीहरुको अगाडि साधारण व्यक्ति हौँ | तर हामीले उनीहरुलाई चुनौती दिन कसरी सक्छौं ? किनकि हामीलाई थाहा छ | जस्तै, एउटा सानो बालकले धेरै ठुलो मानिसलाई पनी चुनौती दिन तयार हुन्छ किनकि उसलाई थाहा छ ,"मेरो बुवा त्यहाँ हुनुहुन्छ |" उसले आफ्नो बुवाको हात समात्छ र ऊ दृढ छ, "कसैले मलाई केहि गर्न सक्दैन |"

स्वरुप दामोदर : श्रील प्रभुपाद, मलाई तद् अप्य् अफलतां जातंको अर्थ जान्न चाहन्छु |

प्रभुपाद : तद् अप्य् अफलतां जातं |

स्वरुप दामोदर: तेषाम् आत्माभिमानिनाम्, बालकानाम् अनाश्रित्य | तेषाम् आत्माभिमानिनाम्...........,बालकानाम् अनाश्रित्य ......गोविन्द-चरण-द्वयम् |

स्वरूप दामोदर: "मानव जीवन उनीहरुको लागि नाश हुन्छ जसको......"

प्रभुपाद: हो | "जो कृष्ण भगवानलाई बुझ्ने प्रयास गर्दैन |" ऊ एउटा पशु जसरी मर्छ | त्यहि हो | उनीहरु पनि कुकुर बिरालो जसरी जन्म लिन्छन्, खान्छन्, सुत्छन् र बच्चा जन्माउँछन् र मर्छन् | मानव जीवन त्यस्तो हुन्छ | स्वरुप दामोदर: जात भनेको वर्ग हो ? जात ? प्रभुपद: जात भनेको जन्म | अफलतां जातम् | जात भनेको निष्फल हुनु | निष्फल | मानव जीवन निष्फल हुन्छ यदि उसले गोविन्द चरण स्वीकार्दैन | गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि | यदि ऊ आश्वस्त हुँदैन कि "म सर्वोच्च पुरुषोत्तम भगवान् गोविन्दको आराधना गर्छु," तब ऊ नाश हुन्छ | त्यहि हो | उसको जीवन नाश हुन्छ | स्वरुप दामोदर: आत्माभिमानिनाम् भनेको..... प्रभुपाद: आत्मा, देहात्मा- मानिनाम् |

स्वरुप दामोदर: जो आत्म केन्द्रित छन्....

प्रभुपाद:"म यो शरीर हुँ |" आत्मा? उनीहरुसँग आत्माको कुनै सूचना छैन | यी दुष्टहरु सोच्छन् ," म यो शरीर हुँ |" आत्मा भनेको शरीर, आत्मा भनेको स्वयं, आत्मा भनेको मन | यो आत्माभिमानी भनेको जीवनको शारीरिक धारणा हो | बालक भनेको मूर्ख, बच्चा, बालक | आत्माभिमानिनं बालकानाम् | जो शारीरिक धारणा अनुरुप जीवन बिताउँछन् , उनीहरु केवल बच्चा, मूर्ख वा पशु जस्तै हुन्छन् |

स्वरुप दामोदर: मैले यो श्लोकबाट स्थानान्तरणको सिद्धान्तलाई व्याख्या गर्ने योजना बनाएको छु |

प्रभुपद: हो...स्थानान्तरण | भ्रमद्भिः | भ्रमद्भिः भनेको स्थानान्तरण, एउटा शरीरबाट अर्को शरीरमा जानु | जस्तै म यहाँ छु | मसँग यो शरीर छ, एउटा पहिरन वा आवरण छ | र जब म भारत जान्छु, यो आवश्यक छैन | तिनीहरु शरीर त्यसरी विकसित भएको छ भनेर कुरा गर्दैछन् | तर होइन | यहाँ, केहि कारणवश मैले यो वस्त्र स्वीकार्छु | अर्को स्थानमा, केहि कारणवश म अर्को वस्त्र स्वीकार्छु | म महत्वपूर्ण छु, यो वस्त्र होइन | तर यी धूर्तहरु यस वस्त्रकोमात्र अध्ययन गर्दैछन् | त्यसलाई आत्माभिमानम् भनिन्छ, केवल वस्त्र वा शरीरको अवाधराना | बालकानाम् |