NE/Prabhupada 0123 - शरणागत हुन बाध्य-यो विशेष कृपा हो

Revision as of 02:15, 19 March 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0123 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture-Day after Sri Gaura-Purnima -- Hawaii, March 5, 1969

भक्त: के हामी कृष्णलाई उहाँप्रति बाध्यतापूर्वक शरणागत गराउन अनुरोध गर्न सक्छौं, हाम्रो परिस्थितिको कारणले ?

प्रभुपाद: हो, तपाई उहाँलाई अनुरोध गर्न सक्नुहुन्छ | र कहिले काहीं उहाँ बाध्य बनाउनुहुन्छ | उहाँले तपाईलाई यस्तो परिस्थितिमा राख्नुहुन्छ कि तपाईसंग उहाँप्रति शरणागत हुने बाहेक अन्य कुनै उपाय हुँदैन | हो | त्यो विशेष कृपा हो | त्यो विशेष कृपा हो | हो | मेरो गुरु महाराजले मैले प्रचार गरेको चाहनुहुन्थ्यो, तर मलाई यो मन पर्दैनथ्यो, तर उहाँले मलाई बाध्य बनाउनुभयो | हो | यो मेरो व्यवहारिक अनुभव हो | मलाई सन्यास आश्रम स्विकार्ने कुनै इच्छा थिएन, तर मेरो गुरु महाराजले यो चाहनुहुन्थ्यो | मेरो त्यति झुकाव छैन, तर उहाँले मलाई बाध्य बनाउनुभयो | त्यो पनि गरिन्छ | त्यो विशेष कृपा हो | जब उहाँले मलाई बाध्य गराउनुभयो, त्यस समयमा मैले सोचेको थिएँ कि "यो के हो ? के...? मैले कुनै गल्ति गरिरहेको छु वा त्यो के हो ?" म अल्मलिएको थिएँ | तर केहि पछि, मैले बुझें कि यो मलाई गरिएको उच्चतम कृपा हो | तपाई देख्नुहुन्छ? त्यसैले जब कृष्णले कसैलाई शरणागत हुन बाध्य गराउनुहुन्छ, त्यो उच्च कृपा हो | तर साधारणतया, उहाँले त्यसो गर्नुहुन्न | तर उहाँले त्यस व्यक्तिलाई त्यस्तो गर्नुहुन्छ जो कृष्णको सेवामा निकै ईमानदार छ तर त्यहि समयमा ऊसंग भौतिक आनन्दको लागि केहि इच्छा छ | त्यस परिस्थितिमा उहाँले गर्नुहुन्छ, कि "यो मुर्ख मानिस जान्दैन कि भौतिक सुविधाले उसलाई कहिल्यै खुशी बनाउदैन, र उसले इमानदारीपूर्वक मेरो कृपा खोजिरहेको छ | त्यसैले ऊ मुर्ख छ | तसर्थ जेसुकै साधन, थोरै साधन ऊसँग भौतिक आनन्दको लागि छ, तोडिदेउ | तब ऊसँग ममा शरणागत हुने बाहेक अरु केहि उपाय हुँदैन |" त्यो भगवाद गीता, अँ, श्रीमद भागवतममा भनिएको छ | यस्याहम् अनुघृनामि हरिष्ये तद्-धनं सनै: | कृष्ण भन्नुहुन्छ कि "यदि मैले कसैलाई विशेष कृपा गर्छु, तब म उसलाई कंगाल बनाउँछु | म उसका इन्द्रियतृप्तिका सबै स्रोत खोसिदिन्छु |" तपाई देख्नुहुन्छ? यो श्रीमद भागवतममा भनिएको छ | किनकि यहाँ यो भौतिक जगतमा सबैजना धेरै पैसा, व्यापार, सेवा, यो बाटो वा त्यो बाटोबाट खुशी हुन प्रयासरत छन् | तर विशेष परिस्थितिमा कृष्णले उसको व्यापार वा सेवा असफल बनाइदिनु हुन्छ | तपाईलाई त्यो मन पर्छ ? (हाँस्नुहुन्छ) त्यस समयमा ऊसँग कृष्ण प्रति शरणागत हुने बाहेक अन्य कुनै उपाय हुँदैन | तपाई देख्नुहुन्छ ? तर कहिले काहीं, जब हामी हाम्रो व्यापारको प्रयासमा वा कमाउने प्रयासमा असफल हुन्छौं, हामी दु:खी हुन्छौं कि "ओहो, कृष्ण मप्रति यति निर्दयी हुनुहुन्छ कि मैले यसमा विश्वास गर्न सकिंन |" तर त्यो उहाँको कृपा हो, विशेष कृपा | तपाईले त्यसरी बुझ्नुपर्छ |