NE/Prabhupada 0131 - पितामा शरणागत हुनु स्वाभाविक हो

Revision as of 04:49, 20 March 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0131 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 7.11-16 -- New York, October 7, 1966

यो पागलपन, यो माया, यो भौतिक जगतको भ्रम, पार गर्न धेरै कठिन छ | यो धेरै कठिन छ | तर कृष्ण भन्नुहुन्छ, माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते (भ गी ७।१४) | यदि कसैले स्वइच्छाले, वा आफ्नो पीडादायी जीवन बुझेर, यदि ऊ कृष्णमा शरणागत हुन्छ, "मेरो प्रिय कृष्ण, मैले हजुरलाई धेरै जीवन देखि बिर्सिएँ | अहिले मैले बुझें कि हजुर मेरो पिता हुनुहुन्छ, मेरो रक्षक हुनुहुन्छ | म तपाईमा शरणागत हुन्छु |" जसरी एउटा हराएको बच्चा पिताकहाँ जान्छ, "मेरो प्रिय पिता, मेरो भ्रान्तिको कारणले म तपाईको संरक्षणबाट टाढा गएँ, तर मैले दु:ख पाएँ | म अब तपाईकहाँ आउंछु |" ती पिताले अङ्गालछन्,"मेरो प्रिय बाबु, तिमी आऊ | म तिम्रो लागि यति दिन देखि चिन्तित थिएँ | ओहो, म खुशी छु कि तिमी फर्कियौ |" पिता निकै दयालु हुन्छन् | त्यसैले हामी पनि त्यहि परिस्थितिमा छौं | जब हामी परम भगवानमा शरणागत हुन्छौं.... त्यो त्यति गाह्रो छैन | एक पुत्रको पिताप्रति शरणागति, के यो धेरै कठिन कार्य हो ? के तपाईलाई लाग्छ यो धेरै कठिन कार्य हो ? एक पुत्रको आफ्नो पिताप्रति शरणागति | यो स्वाभाविक छ | त्यहाँ कुनै अपमान छैन | पिता सधैं वरिष्ठ हुन्छन् | त्यसैले यदि मैले मेरो पिताको चरण छुन्छु, यदि म मेरो पिता अघि निहुरिन्छु, यो महिमा हो | यो मेरो लागि यशस्वी हुन्छ | यहाँ कुनै अपमान हुँदैन | यहाँ कुनै कठिनाई छैन | किन हामी कृष्णमा शरणागत नहुने ?

त्यसैले यो विधि हो । माम् एव ये प्रपद्यन्ते | "यी सबै भ्रमित जीवहरु, जब तिनीहरु ममा शरणागत हुन्छन्," मायाम् एतां तरन्ति ते (भ गी ७।१४),"ऊसँग जीवनका कुनै दु:ख हुँदैन |" ऊ एकैपटकमा पिताको संरक्षणमा हुन्छ | तपाईले भगवद गीताको अन्तिममा पाउनुहुन्छ, अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः (भ गी १८।६६) | जब पिता...जब पिता आफ्नी माताको स्तनमा आउँछ, ती माताले रक्षा गर्छिन् | यदि कुनै खतरा हुन्छ, ती माता पहिले आफ्नो जीवन दिन तयार हुन्छिन्, अनि त्यस बच्चाको | त्यसैगरी, जब हामी भगवानको संरक्षणमा हुन्छौं, तब कुनै भय हुँदैन |