NE/Prabhupada 0131 - पितामा शरणागत हुनु स्वाभाविक हो



Lecture on BG 7.11-16 -- New York, October 7, 1966


यो पागलपन, यो माया, यो भौतिक जगतको भ्रम पार गर्न धेरै कठिन छ | यो धेरै कठिन छ | तर कृष्ण भन्नुहुन्छ, माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते (भ गी ७।१४) | यदि कोहि स्वइच्छापूर्वक वा आफ्नो पीडादायी जीवन बुझेर कृष्णमा शरणागत हुन्छ, "मेरो प्रिय कृष्ण, मैले हजुरलाई धेरै जीवनदेखि बिर्सिएँ | अहिले मैले बुझें कि हजुर मेरो पिता हुनुहुन्छ, मेरो रक्षक हुनुहुन्छ | म तपाईमा शरणागत हुन्छु |" जसरी एउटा हराएको बच्चा पिताकहाँ जान्छ, "मेरो प्रिय पिता, मेरो भ्रान्तिको कारणले म तपाईको संरक्षणबाट टाढा गएँ, तर मैले दु:ख पाएँ | म अब तपाईकहाँ आउँछु |" ती पिताले अंकमाल गर्छन्,"मेरो प्रिय बाबु, तिमी आऊ | म तिम्रो लागि यति दिनदेखि चिन्तित थिएँ | ओहो, म खुसी छु कि तिमी फर्कियौ |" पिता निकै दयालु हुन्छन् | हामी पनि त्यस्तै परिस्थितिमा छौं | जब हामी परम भगवानमा शरणागत हुन्छौं.... यो त्यति गाह्रो छैन | एक पुत्रको पिताप्रतिको शरणागति, के यो धेरै कठिन कार्य हो ? के तपाईलाई लाग्छ यो धेरै कठिन कार्य हो ? एक पुत्रको आफ्नो पितामा शरणागत हुन्छ | यो स्वाभाविक हो | त्यसमा कुनै अपमान छैन | पिता सधैं वरिष्ठ हुन्छन् | यदि मैले आफ्नो पिताको चरण छुन्छु, यदि म मेरो पिता अघि निहुरिन्छु भने यो महिमावान हुन्छ | यो मेरो लागि यशस्वी हुन्छ | यसमा कुनै अपमान हुँदैन | यसमा कुनै कठिनाई छैन | किन हामी कृष्णमा शरणागत नहुने ?

यो नै विधि हो । माम् एव ये प्रपद्यन्ते | "जब यी सबै भ्रमित जीवहरु ममा शरणागत हुन्छन्," मायाम् एतां तरन्ति ते (भ गी ७।१४),"उसको जीवनमा कुनै दु:ख हुँदैन |" ऊ एकैपटकमा पिताको संरक्षणमा हुन्छ | तपाईले भगवद् गीताको अनत्यमा पाउनुहुन्छ, अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः (भ गी १८।६६) | जब बाच्छा आफ्नी माताको स्तनपान गर्न आउँछ, तब ती माताले उसको रक्षा गर्छिन् | यदि कुनै खतरा हुन्छ भने ती माता पहिले आफ्नो जीवन दिन तयार हुन्छिन्, त्यसपछि उक्त बच्चाको | त्यसैगरी, जब हामी भगवानको संरक्षणमा हुन्छौं, तब कुनै भय हुँदैन