NE/Prabhupada 0139 - यो आध्यात्मिक सम्बन्ध हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0139 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0138 - भगवान् धेरै दयालु हुनुहुन्छ । तपाईले जे इच्छा गर्नुहुन्छ, उहाँले पुरा गर्नुहुन्छ|0138|NE/Prabhupada 0140 - एउटा मार्ग धार्मिक छ, अर्को मार्ग धार्मिक छैन- कुनै तेस्रो मार्ग छैन|0140}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|76yRD3XHjb0|यो आध्यात्मिक सम्बन्ध हो <br/> - Prabhupāda 0139}}
{{youtube_right|EgcKPtJW0LQ|यो आध्यात्मिक सम्बन्ध हो <br/> - Prabhupāda 0139}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/741207SB.BOM_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/741207SB.BOM_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 19:47, 29 January 2021



Lecture on SB 3.25.38 -- Bombay, December 7, 1974


यदि तिमीले कृष्णलाई प्रेम गर्छौ भने भौतिक वस्तुको जस्तो विनाश भोग्नुपर्दैन | तिमी उहाँलाई मालिकको रुपमा प्रेम गर वा..... तिमीले सेवा गरे मालिक खुसी हुन्छ | र सेवक पनि पैसा पाए खुसी हुन्छ | तर आध्यात्मिक जगतमा त्यस्तो कुरा हुँदैन | यदि मैले कुनै परिस्थितमा सेवा गर्न सकिनँ भने पनि मालिक खुसी हुन्छ | र सेवक पनि-मालिकले पैसा नदिए पनि-ऊ खुसी हुन्छ | यसलाई परम एकता भनिन्छ | यहाँ उदाहरण छ | यो संस्थामा धेरै शिष्यहरु छन् | हामीले केहि तिरेका छैनौं तर उनीहरुले मेरो लागि सबै कार्य गर्छन् | यो आध्यात्मिक सम्बन्ध हो | पण्डित जवाहरलाल नेहरु जब लन्डनमा थिए, उनका पिता मोतीलाल नेहरुले उनलाई सेवक राख्न तीन सय रुपैंया दिए | जब उनी लन्डन गए, उनले देखे कि त्यहाँ सेवक छैनन् | पण्डितले भने "तिम्रो सेवक कहाँ छन् ?" उनले भने "सेवकको के काम ? गर्नुपर्ने केहि काम छैन | मैले सबै कार्य आफैं गर्छु |" "होइन, होइन | म चाहन्छु कि एउटा बेलायती तिम्रो सेवक हुनुपर्छ |" उनले त्यसको लागि तिर्नुपर्थ्यो | यो एउटा उदाहरण हो | मसँग हजारौं सेवक छन्, जसलाई मैले केहि तिर्नुपरेको छैन | यो आध्यात्मिक सम्बन्ध हो | उनीहरुले सेवाको लागि पैसा पाएका छैनन् | मसँग के छ ? म गरिब भारतीय हुँ | मैले के दिन सक्छु ? तर उनीहरुले आध्यात्मिक प्रेमको कारण सेवा गर्दैछन् | र मैले पनि उनीहरुलाई कुनै तलब बिना सिकाउँदैछु | यो आध्यात्मिक सम्बन्ध हो | पूर्णस्य पूर्णम् आदाय (ईशो मङ्गलाचरण) | सबै कुरा पूर्ण मात्रामा छन् | यदि तिमीले कृष्णलाई आफ्नो पुत्र, आफ्नो मित्र, आफ्नो प्रेमीको रुपमा स्वीकार्छौ भने तिमी कहिल्यै ठगिनेछैनौ | त्यसैले कृष्णलाई स्वीकार्ने प्रयास गर | यो झुठो भ्रामिक सेवक, पुत्र, पिता वा प्रेमीलाई त्यगिदेऊ | तिमी ठगिनेछौ |