NE/Prabhupada 0202 - प्रचारक भन्दा राम्रो प्रेम कसले गर्छ ?

Revision as of 06:53, 25 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0202 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Mo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Morning Walk -- May 17, 1975, Perth

अमोघ: अस्त्रीच आफ्नो टाउको जमिनको प्वालमा छिराउछन् ।

प्रभुपाद: हो ।

परमहंस: तर केहि प्रगति त हुनुपर्छ, धेरैले हरे कृष्ण आन्दोलनमा सहभागी भइरहेछन् ।

प्रभुपाद: तिनीहरुले असली प्रगति गर्दैछन् । भव महादावाग्नी निर्वापणम् । तिनीहरुको भौतिक चिन्ता सकिन्छन् । तिनीहरुको प्रगति हुदैछ । चेतो दर्पण मार्जनम् भव महादावाग्नी निर्वापणम् (चैच अन्त्य २०।१२) हरे कृष्ण जप गरेर तिहारुको फोहोरी हृदय सफा हुन्छ। अनि जब यो पूर्ण रुपले सफा हुन्छ, भौतिक जीवनको समस्या सकिन्छ । अरु दु:ख हुदैन ।

परमहंस: उनीहरु खुसी देखिन्छन् तर......कृष्णका भक्त खुसी देखिन्छन् तर तिनीहरु त्यति व्यवहारिक काम गर्दैनन् । तिनीहरु सधै गाउँछन् नाच्छन् र केहि पैसा माग्छन् । तर तिनीहरु कुनै व्यवहारिक काम गर्दैनन्। हामी कति धेरै व्यवहारिक काम गर्दैछौं।

प्रभुपाद: नाच्नु चाहिँ काम होइन? अनि किताब लेख्नु चाहिँ काम होइन? किताब बेच्नु चाहिँ काम होइन? के हो त काम? हँ ? बाँदर उफ्रेको जस्तो ? हो ? त्यो हो काम?

अमोघ: तर हामीले व्यवहारिक रुपले मान्छेलाई अस्पताल, कुलतबाट मदत गर्दैछौं । प्रभुपाद:होइन, तिमीले कसरि मदत गर्दैछौ ? अस्पताल जाँदा चाहिँ मान्छे मर्दैनन् ? अनि कसरि मदत गर्दैछौ? तिमि सोच्दैछौ तिमि मदत गर्दै छौ ।

अमोघ: तर ऊ धेरै बाँच्छ ।

प्रभुपाद: त्यो अर्को मुर्खता हो. तिमि कति धेरै बाँच्छौ? मृत्युको समय आएपछि तिमि एक क्षण पनि लामो बाँच्दैनौ । जब एक मानिस मर्न लग्छ, उसको जीवन सकिन्छ । के तिम्रो सुई, औषधिले १ मिनेटको जीवन दिन्छ ? कुनै औषधि छ?

अमोघ: छन त छ .

प्रभुपाद:छैन....

अमोघ: कहिलेकाहीं कुनै औषधिले आयु बढाउछ ।

परमहंस:तिनीहरु भन्छन् कि मुटु प्रत्यारोपण गरेर मानिसको जीवन.....

प्रभुपाद: तिनीहरु भन्छन्........ हामी तिनीहरुलाई मुर्खको रुपमा लिन्छौं, तिनीहरुको शब्द किन लिने? हामीले तिनीहरुलाई मुर्खको रुपमा लिनुपर्छ । (पछाडी कोहि कराउँछ । प्रभुपाद तिनीहरुलाई गालि गर्नुहुन्छ ।हाँसो चल्छ ) अर्को मुर्ख | ऊ जीवनको आनन्द लिदैंछ। त्यसैले यो संसार मुर्खहरुले भरिएको छ । हामी यो संसारप्रति धेरै निराशावादी हुनुपर्छ, आशावादी होइन। जबसम्म तिमि निराशावादी हुदैनौ, तबसम्म तिमी घर फर्कन सक्दैनौ | यदि यो संसारप्रति थोरै पनि आशक्ति- "यो राम्रो छ"- भयो भने तिमी यहि रहन्छौ | कृष्ण धेरै कडा हुनुहुन्छ ।

परमहंस: तर इशुले भन्नुहुन्छ कि " आफ्नो दाजु-भाइलाई आफु समान प्रेम गर" त्यसैले यदि हामीले आफ्नो दाजु-भाइ.......

प्रभुपाद: हामी प्रेम गरिरहेका छौं । हामी उनीहरुलाई कृष्ण भावना दिदैंछौ। यो हो प्रेम, साँचो प्रेम। हामि उनीहरुलाई नित्य जीवन, नित्य आनन्द दिदैछौं । उनीहरुलाई प्रेम नगरेको भए किन यत्रो समस्या उठाउनु ? प्रचारकले मानिसप्रति प्रेम गर्नुपर्छ ? नत्र किन लिनु? उसले अफ्नोलागी घरमै गर्न सक्छ । किन यत्रो समस्या लिन्छ? मा ८० बर्षमा किन आएँ यदि म प्रेम गर्दिनथें भने? त्यसैले एउटा प्रचारक भन्दा राम्रो कसले प्रेम गर्छ? ऊ जनावरलाई पनि प्रेम गर्छ। उनीहरु प्रचार गर्छन् "मासु नखाउ" । ति मुर्खहरु जनावरलाई प्रेम गर्छन् ? उनीहरु खंचन अनि आफ्नो देशलाई प्रेम गर्छन् । यो केबल इन्द्रियतृप्ति हो । यदि कसैले प्रेम गर्छ भने ऊ कृष्णचेतनाम छ। सबै मुर्ख छन् । तिनीहरु आफ्नै इन्द्रियतृप्ति पछि छन्, अनि एउटा बोर्ड राख्छन् "म सबैलाई प्रेम गर्छु"। यो हो तिनीहरुको काम । अनि मुर्खहरु स्विकार्छन् "ओहो! यो मानिस त मानवतावादी रहेछ"। ऊ कसैलाई प्रेम गर्दैन। ऊ आफ्नो इन्द्रियलाई प्रेम गर्छ । इन्द्रियको दास । त्यहि हो ।