NE/Prabhupada 0202 - प्रचारक भन्दा राम्रो प्रेम कसले गर्छ ?



Morning Walk -- May 17, 1975, Perth


अमोघ: अस्त्रीचहरु आफ्नो टाउको जमिनको प्वालमा छिराउँछन् ।

प्रभुपाद: हो ।

परमहंस: तर केहि प्रगति त हुनुपर्छ किनकि धेरै मानिस हरे कृष्ण अभियानमा सहभागी हुँदैछन्।

प्रभुपाद: तिनीहरुले वास्तविक प्रगति गर्दैछन् । भव महादावाग्नि-निर्वापणम् | तिनीहरुका भौतिक चिन्ताहरु समाप्त हुनेछन् । तिनीहरुले प्रगति गर्दैछन् | चेतो दर्पणमार्जनं भव​-महा-दावाग्नि-निर्वापणम् (चै च अन्त्य २०।१२) | हरे कृष्ण जप गरेर तिनीरुको अशुद्ध हृदय सफा हुन्छ, र जब यो पूर्णतः शुद्ध हुन्छ, तब भौतिक अस्तित्वका समस्याहरु समाप्त हुनेछन् । अरु दु:ख हुनेछैन ।

परमहंस: उनीहरु खुसी देखिन्छन् तर......कृष्णका भक्त खुसी देखिन्छन् तर तिनीहरु त्यति व्यवहारिक काम गर्दैनन् । तिनीहरु सधैं गाउँछन्, नाच्छन् र केहि पैसा माग्छन् । तर तिनीहरु कुनै व्यवहारिक काम गर्दैनन्। हामी कति धेरै व्यवहारिक काम गर्दैछौं।

प्रभुपाद: नाच्नु काम होइन ? अनि किताब लेख्नु काम होइन? किताब बेच्नु काम होइन? के हो त काम? हँ ? बाँदर उफ्रेको जस्तो ? हो ? त्यो काम हो ?

अमोघ: तर हामीले व्यवहारिक रुपमा मान्छेलाई मदत गर्दैछौं, जस्तै अस्पतालमा वा कुलतमा.....

प्रभुपाद: होइन, तिमीले कसरि मदत गर्दैछौ ? के तिमीलाई लाग्छ कि अस्पताल गएपछि मान्छे मर्दैन ? तिमीले कसरी मदत गर्दैछौ ? तिमी सोच्दैछौ कि तिमी मदत गर्दैछौ ।

अमोघ: तर ऊ धेरै बाँच्छ ।

प्रभुपाद: त्यो अर्को मूर्खता हो | तिमी कति बाँच्नेछौ ? मृत्युको समय आएपछि तिमी एक क्षण पनि बाँच्दैनौ । जब मानिसको मर्ने समय हुन्छ, उसको जीवन समाप्त हुन्छ । के तिम्रो सुई, औषधिले १ मिनेटको जीवन दिन्छ ? कुनै औषधि छ?

अमोघ: हुन सक्छ |

प्रभुपाद: छैन....

अमोघ: कहिलेकहीं कुनै औषधिले आयु बढाउँछ ।

परमहंस: तिनीहरु भन्छन् कि मुटु प्रत्यारोपण गरेर मानिसको जीवन.....

प्रभुपाद: तिनीहरु भन्छन्........ हामी तिनीहरुलाई मूर्खको रुपमा लिन्छौं, तिनीहरुको शब्द किन लिने? हामीले तिनीहरुलाई मूर्खको रुपमा लिनुपर्छ, त्यति हो | (पछाडि कोहि कराउँछ । प्रभुपाद तिनीहरुलाई गालि गर्नुहुन्छ) (हाँसो चल्छ ) अर्को मूर्ख | ऊ जीवनको आनन्द लिंदैछ । यो संसार मूर्खहरुले भरिएको छ । हामी यो संसारप्रति धेरै निराशावादी हुनुपर्छ, आशावादी होइन। जबसम्म तिमि निराशावादी हुँदैनौ, तबसम्म तिमी घर फर्कन सक्दैनौ | यदि यो संसारप्रति थोरै पनि आशक्ति- "यो राम्रो छ"- भयो भने तिमी यहाँ रहन्छौ | कृष्ण धेरै कडा हुनुहुन्छ ।

परमहंस: तर येसुले भन्नुहुन्छ कि "आफ्नो दाजु-भाईलाई आफु समान प्रेम गर" | त्यसैले यदि हामीले आफ्नो दाजु-भाई.......

प्रभुपाद: हामी प्रेम गर्दैछौं । हामी उनीहरुलाई कृष्ण भावना दिंदैछौं । यो हो प्रेम, वास्तविक प्रेम। हामी उनीहरुलाई शाश्वत जीवन, शाश्वत आनन्द दिंदैछौं । उनीहरुलाई प्रेम नगरेको भए किन यत्रो समस्या उठाउनु ? प्रचारकले मानिसलाई प्रेम गर्नुपर्छ | अन्यथा किन उसले समस्या स्वीकार्छ ? उसले अफ्नो लागि घरमा गर्न सक्छ । किन उसले यत्रो समस्या स्वीकार्छ ? यदि मैले प्रेम गर्दिनँ भने किन असी वर्षको उमेरमा म यहाँ आएँ ? एउटा प्रचारकभन्दा राम्रो प्रेम कसले गर्छ? उसले जनावरलाई पनि प्रेम गर्छ। त्यसैले उनीहरु प्रचार गर्दैछन् "मासु नखाऊ" । के ती मूर्खहरु जनावरलाई प्रेम गर्छन् ? उनीहरु खाँदैछन्, र तिनीहरु आफ्नो देशलाई प्रेम गर्छन्, त्यति हो । कसैले प्रेम गर्दैन | यो केवल इन्द्रियतृप्ति हो । यदि कसैले प्रेम गर्छ भने ऊ कृष्ण भावनाभावित हुन्छ। सबै मूर्ख छन् । तिनीहरु आफ्नै इन्द्रियतृप्तिको पछि छन्, अनि तिनीहरुले एउटा बोर्ड राख्छन् "म सबैलाई प्रेम गर्छु"। यो तिनीहरुको कार्य हो । र मूर्खहरु स्वीकार्छन् "ओहो! यो मानिस त मानवतावादी रहेछ"। ऊ कसैलाई प्रेम गर्दैन। ऊ केवल आफ्ना इन्द्रियहरुलाई प्रेम गर्छ । इन्द्रियको दास, त्यति हो ।