NE/Prabhupada 0227 - म किन मर्ने ? म मर्न चाहन्नँ

Revision as of 20:01, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture -- Los Angeles, May 18, 1972

कृष्णलाई बुझ्न थोरै कठिन छ | वास्तवमा, भगवानलाई बुझ्ने विषय धेरै कठिन हुन्छ | तर भगवान् आफैंले भगवद् गीतामा आफुलाई वर्णन गर्नुभएको छ | "म यस्तो छु | म यस्तो छु, यो भौतिक प्रकृति यस्तो छ, यो आध्यात्मिक प्रकृति यस्तो छ, जीवहरु यस्ता छन्....." सबै कुरा भगवद् गीतामा पूर्णत: वर्णित छ | भगवान् आफैंले, आफ्नै ज्ञान दिनुभएको छ, र त्यो भगवानलाई बुझ्ने एकमात्र विधि हो | अन्यथा, कल्पनाद्वारा हामीले भगवानलाई बुझ्न सक्दैनौं | यो सम्भव छैन | उहाँ असिमित हुनुहुन्छ र हामी सिमित छौं | हाम्रो ज्ञान, हाम्रो दृष्टिकोण, यी सबै सिमित छन् | हामीले असिमितलाई कसरी बुझ्न सक्छौं ? तर जब हामीले असिमितको संस्करण स्वीकार्छौं, कि उहाँ यस्तो, त्यस्तो हुनुहुन्छ, तब हामीले बुझ्न सक्छौं | त्यो पूर्ण ज्ञान हो | भगवानको काल्पनिक ज्ञानको कुनै मूल्य छैन | वास्तविक ज्ञान, जस्तै.... मैले यो उदाहरण दिन्छु | जस्तै यदि एउटा बालकले आफ्नो पिता को हुन् भनेर जान्न चाहन्छ भनेर सजिलो प्रक्रिया भनेको आफ्नी मातालाई सोध्नु हो | वा आमाले भन्छिन्,"यहाँ तिम्रो पिता हुनुहुन्छ |" त्यो पूर्ण ज्ञान हो | र यदि तपाई कल्पना गर्नुहुन्छ,"मेरा पिता को हुनुहुन्छ ?" र सम्पूर्ण शहरलाई सोध्नुहुन्छ "के तपाई मेरो पिता हुनुहुन्छ ? के तपाई मेरो पिता हुनुहुन्छ ? के तपाई मेरो पिता हुनुहुन्छ ?" ज्ञान सधैं अपूर्ण रहनेछ | उसले कहिल्यै थाहा पाउँदैन कि उसको पिता को हुन् | तर यो सरल विधि, यदि उसले अधिकारी, आफ्नी आमाबाट ज्ञान लिन्छ भने, "मेरो प्रिय बाबु, यहाँ तिम्रो पिता हुनुहुन्छ," उसको ज्ञान पूर्ण हुन्छ | त्यसैगरी, दिव्य ज्ञान..... जस्तै मैले भन्दै थिएँ कि त्यहाँ आध्यात्मिक जगत् छ | यो हाम्रो कल्पनाको विषय होइन | तर जब भगवान् भन्नुहुन्छ,"हो, यहाँ आध्यात्मिक जगत् छ, त्यो मेरो केन्द्रिय कार्यालय हो," त्यो ठिक छ | हो | त्यसैले हामी कृष्णबाट ज्ञान प्राप्त गर्छौं, सर्वोत्तम अधिकारी | तसर्थ हाम्रो ज्ञान पूर्ण छ | हामी पूर्ण छैनौं, तर हाम्रो ज्ञान पूर्ण छ | किनकि हामी पूर्णबाट ज्ञान प्राप्त गर्छौं | उही उदाहरण, कि म मेरा पिता को हुनुहुन्छ बुझ्नको लागि पूर्ण छैन, तर मेरी माता पूर्ण हुनुहुन्छ, र मैले आफ्नी माताबाट पूर्ण ज्ञान स्वीकारेको कारण पिता सम्बन्धिको मेरो ज्ञान पूर्ण छ | त्यसैले यो कृष्ण भावनामृत अभियान मानव समाजलाई पूर्ण ज्ञान दिनको लागि हो, उहाँ को हुनुहुन्छ, भगवान को हुनुहुन्छ, यो भौतिक जगत् के हो, किन तपाई यहाँ आउनुभएको छ, किन तपाईले यति पीडा तथा जीवनको पीडादायी परिस्थिति भोग्नुपरेको छ, म किन मर्छु | मलाई मर्ने इच्छा छैन, तर मृत्यु अनिवार्य हुन्छ | मलाई वृद्ध हुने इच्छा छैन, तर यो अनिवार्य हुन्छ | मलाई रोगबाट पीडा भोग्ने इच्छा छैन, तर यो अनिवार्य हुन्छ | यी कुराहरुको समाधान हुनुपर्छ | यो वास्तवमा मानव जीवनको समस्या हो | यो होइन कि खाने, सुत्ने, मैथुन गर्ने र रक्षा गर्ने विधिलाई प्रगति गर्ने | त्यो मानव जीवन होइन | एउटा मानिस सुत्छ, एउटा कुकुर सुत्छ | एउटा मानिस धेरै राम्रो भवनमा सुतेको कारण त्यसको मतलब यो होइन कि ऊ कुकुरभन्दा अझै विकसित छ | कार्य सुत्नु हो | त्यति हो | मानिसले रक्षा गर्न आणविक हतियारको खोज गर्यो र कुकुरको आफ्नो नङ र दांत छ..... उसले पनि रक्षा गर्न सक्छ | रक्षा त्यहाँ हुन्छ | तपाईले भन्न सक्नुहुन्न कि "मसँग यो आणविक बम भएको कारण मैले सम्पूर्ण संसार वा सम्पूर्ण ब्रह्माण्ड जित्न सक्छु |" त्यो सम्भव छैन | तपाईले आफ्नो तरिकाले रक्षा गर्न सक्नुहुन्छ र कुकुरले आफ्नो तरिकाले रक्षा गर्न सक्छ | त्यसैले रक्षा गर्ने सुन्दर विधि, खाने सुन्दर विधि, सुत्ने सुन्दर विधि र यौन जीवनको सुन्दर विधिले एउटा राष्ट्र वा मानिसलाई विकसित बनाउँदैन | त्यो विकास होइन | त्यो समान कुरा हो | उही अनुपात, पाँचलाई दुई हजारले भाग गर्ने, वा पाँचसय लाई दुई हजारले भाग गर्ने र पाँचलाई बिसले भाग गर्ने, उही अनुपात | तसर्थ, पाशुको गुणलाई चिप्लो ढंगमा, वैज्ञानिक ढंगमा प्रस्तुत गर्नु, मानव समाजको विकस होइन | त्यसलाई चिप्लो पशुता भन्न सकिन्छ | त्यति हो | वास्तविक विकास भनेको भगवानलाई बुझ्नु हो | त्यो विकास हो |