NE/Prabhupada 0300 - मूल व्यक्ति मृत हुनुहुन्न

Revision as of 05:57, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0300 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 2, 1968


प्रभुपाद : गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

भक्तहरु :गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

प्रभुपाद: हाम्रो कार्यक्रम मूल पुरुषोत्तम भगवान गोविन्दको आराधना गर्नु हो | यो कृष्ण भावनामृत अभियान हो, मूल पुरुष को हुन् पत्ता लगाउ | स्वभावले, सबै चिंतित छन् कि घरको मूल मान्छे थाहा पाउन, समाजको मूल मान्छे, राष्ट्रको मूल मान्छे को हो भनेर, मानवताको मुख्य मान्छे ... तिमी खोज्दै जाउ, खोज्दै | तर यदि तिमीले मुख्य मान्छे थाहा पायौ जोसबाट सबै कुरा विस्तार भएको छ, त्यो हो ब्राह्मण | जन्माद्य् अस्य यतः (श्री भा १|१|१)| वेदान्त सुत्र भन्छ ब्राह्मण, परम सत्य, त्यो हो जुनबाट सबैकुराको उत्पत्ति हुन्छ | धेरै सजिलो व्याख्या छ | भगवान भनेको को हो, परमसत्य भनेको के हो, धेरै सजिलो व्याख्या - एकदम मूल व्यक्ति | त्यसैले यो कृष्ण चेतना अभियान भनेको मूल व्यक्तिलाई पत्ता लगाउने | मूल व्यक्ति मरेको छैन, किनकि सबैकुरा मूल व्यक्तिबाट उत्पत्ति हुन्छ, त्यसैले सबैकुरा राम्रोसँग चल्दै छ | सुर्य उदाईराहेको छ, चन्द्रमा उदाइरहेको छ, मौसम परिवर्तन भैरहेको छ त्यसैले ..... त्यहाँ रात पर्छ, दिन हुन्छ, एकदम व्यवस्थित छ | त्यसैले मूल व्यक्तिको कार्य चलिरहेको छ | तिमीले कसरी भन्न सक्छौ कि भगवान मर्नुभयो भनेर ? जस्तै तिम्रो शरीरमा, डाक्टरले तिम्रो नारि हेरेर मुटु चलेको पत्ता लगाउँछ ऊ यत्तिकै मृत घोषणा गर्दैन "यो मान्छे मर्यो भनेर |" ऊ भन्छ,"हो , ऊ जिउदै छ |" त्यसैगरी, यदि तिमी बुद्धिवान छौ भने, तिमीले भगवानको अथवा त्यो मूल व्यक्तिको धड्कन महशुस गर्न सक्छौ - र त्यो राम्रोसँग चल्दै छ | त्यसैले कसरी भन्न सक्छौ कि भगवान् मार्नु भयो भनेर ? भगवान् कहिल्यै मार्नु हुन्न | त्यो मुर्खको सिद्धान्त हो कि भगवान् मार्नुभयो भनेर - थोरै बुद्धि भएको व्यक्तिहरु, मान्छेलाई जिउँदो र मृत पत्ता कसरी लगाउने भन्ने कुरा जान्दैनन् | कोहिलाई थाहा छ कि केहि चिज जिउँदो छ य मृत छ भनेर, यो बुझ्न सक्नेले , उसले कहिल्यै नि भन्दैन कि भगवान् मर्नु भयो भनेर | त्यसैले भगवद् गीतामा भानिएको छ : जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः (भा गि ४|९) "जो कोहि बुद्धिमानी व्यक्तिले जोसले यो ज्ञान बुझ्न सक्छ, कसरी म जन्मिए र कसरी म चलिरहेको छु, " जन्म कर्म ... अब, यो जन्म, जन्म र कर्म, काम लाई याद गर | उसले कहिल्यै भन्दैन कि जन्म मृत्यु | मृत्यु भनेको देथ | ज चिज जन्म लिन्छ, त्यसको मृत्यु पनि हुन्छ | जे पनि | हामीले केहि कुराको पनि अनुभव गरेका छैनौ कि जुन चिज जन्मन्छ, त्यो मर्दैन भनेर | यो शरीर जन्मियो त्यसैले यो अवश्य मर्छ | जन्म संगै मृत्युको जन्म हुन्छ | मेरो उमेर बढ्दै छ , धेरै उमेर, भन्नुको अर्थ म मार्दै छु | तर भगवाद् गीताको यो श्लोकमा, कृष्ण भन्नुहुन्छ जन्म कर्म, तर उँहा कहिले भन्नुहुन्न कि "मेरो मृत्यु" भनेर | मृत्यु हुनै सक्दैन | भगवान् सदा सर्वदा हुनुहुन्छ | तिमिपनि छौ, तिमी पनि कहिल्यै मार्दैनौ | त्यो हामीलाई थाहा छैन | म मात्र शरीर परिवर्तन गरिरहेको छु | त्यसैले यो कुरा बुझ्नु जरुरी छ | कृष्ण चेतनाको विज्ञान भनेको ठुलो विज्ञान हो | त्यहाँ उल्लेख छ ... यो कुनै नयाँ कुरा होइन, यो भगवाद् गीतामा उल्लेख गरिएको छ |.... धेरै जस्तो तिमीहरुलाई, भगवाद् गीताको बारेमा अवगतनै छ | भगवाद् गीतामा, शरीरको मृत्यु पछि भनेर केहि कुरा स्वीकार गरिएको छैन ... ठ्याक्कै मृत्यु होइन - विनाशपछि, अर्को शरीर प्राप्त गर्ने वा नगर्ने, तिमि र म मार्दैनौ | न हन्यते | न हन्यते भनेको "कहिले मर्दैन " अथवा "कहिल्यै नाश हुदैन, " यो शरीरको नाश भएपनि | यो हो हाम्रो अवस्था |