NE/Prabhupada 0302 - मानिसहरु आत्मसमर्पण गर्न इच्छुक छैनन्

Revision as of 06:02, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0302 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 2, 1968


प्रभुपाद : त्यसैले हामी चैतन्य महाप्रभुको उपदेश पढिरहेका छौँ | हामीले हाम्रो अघिल्लो भेटबाट सुरु गरेका थियौँ, र हामी फेरी पढ्छौ | तिमी पढ्छौ ? हो |

तमल कृष्ण :पेज २९, तर तिमीले कहाँ गएर सिद्ध्याको थियौ ?

प्रभुपाद : त्यो जहाँबाट पढे पनि हुन्छ, त्यत्ति हो | हो |

तमल कृष्ण : हुन्छ |"भगवद्-गीतामा हामीलाई अवगत गराईएको छ कि हाम्रो वास्तविक स्वभाव के हो भनेर र व्यक्तिगत तत्व नै आत्मा हो | ऊ भौतिक तत्व होइन | त्यसैले आत्मा भएको नाताले ऊ परमात्माको अंश हो, परमसत्य भनेको सर्वच्चो पुरुषोत्तम भगवान | हामीले यो पनि सिक्छौँ कि शरण पर्ने, यो आत्माको कर्तव्य हो, अरुको लागि, अनिमात्रै ऊ खुसि हुनसक्छ | भागवाद गीतको अन्तिम सन्देशनै, आत्मा पूर्ण रुपमा परमात्मा सँग मिल्नु हो, कृष्णसँग, र त्यहि तरिकाबाट खुसि सत्क्ष्यात्कार गर्न सकिन्छ | यहाँ पनि चैतन्य महाप्रभु सनातन गोस्वमिको प्रश्नको उत्तर दिनुहुँदै छ, त्यहि सत्य कुरा | तर उँहालाई आत्माको केहि ज्ञान नदिकन जुन कुरा भगवाद गीतामा पहिल्यै दिईसकेको छ |"

प्रभुपाद : हो | कुरा के हो भने, आत्माको मौलिक अवस्था भनेको के हो, जुन कुरा श्रीमद भागवतममा उल्लेख गरिएको छ | अब भागवत गीतको अन्तिम सन्देशमा कृष्ण भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भा गी १८|६६) उँहाले अर्जुनलाई धेरै योगअभ्याशको तरिका वर्णन गर्नुहुन्छ, सबै प्रकारको धार्मिक कर्मकाण्डको विधि, त्याग, र दार्शनिक कल्पना, शरीरको मौलिक अवस्था, आत्माको मौलिक अवस्था | सबैकुरा उँहाले भागवाद् गीतामा वर्णन गर्दै हुनुहुन्छ | र अन्तिममा उँहा अर्जुनलाई भन्नुँहुदै छ कि "प्यारो अर्जुन, किनकि तिमी मेरो नजिक र प्रिय छौ, त्यसैले म वैदिक ज्ञानको एकदम गोप्य ज्ञान भन्दै छु|" र क हो त्यो ?"मेरो शरण पर |" त्यत्ति हो | मानिसहरु शरण पर्न मान्दैनन्; त्यसैले उसले धेरै कुरा सिक्नुपर्ने छ | जस्तै एउटा बच्चा, उसलाई आफ्नो पिता माताको शरण परेर खुसि हुन्छ | त्यहाँ शास्त्र पढ्नुको अर्थ छैन, कसरी खुसिसंग बाँच्ने भनेर | त्यो बच्चा पुर्णरुपमा मातापिताको समर्पणमा छ त्यसैले ऊ खुसि छ | सजिलो दर्शन हो | किनकि हामि सभ्यताको स्थरमा प्रगति गरिरहेका छौँ, ज्ञानमा, त्यसैले हामीले यो दर्शन एकदम गाह्रो शव्दमा बुझ्न चाहन्छौँ | त्यत्ति हो | त्यसैले यदि तिमीलाई यस्तो गाह्रो शब्द सिक्न मन छ भने, कृष्ण चेतनाको यो अभियान अपुग छैन | हामीसँग धेरै सिद्धान्तको चांग छन् | तर यदि तिमीले यो सामान्य तरिका अपनायौँ भने, हामीले ... भगवान महान हुनुहुन्छ र हामी उँहाको अंश हौँ ; त्यसैले मेरो कर्तब्य हो कि उँहाको शरण परेर सेवा गर्ने | त्यत्ति हो | त्यसैले चैतन्य महाप्रभुले, अरु मौलिक अवस्थाको, दर्शन, ज्ञानको कुरो नगरिकन, र धेरै योग, र अन्य कुरा नगरिकन, उँहा भन्नुहुन्छ कि जीवको मौलिक सिद्धान्त भनेकै, परमपूर्णको सेवा गर्नु हो | त्यो हो ... त्यो चैतन्य महाप्रभुको प्रारम्भको शिक्षा हो | त्यो भनेको जहाँ भगवद गीतको अन्त्य हुन्छ, चैतन्य महाप्रभु त्यहिँबाट सुरु गर्नुहुन्छ |

प्रभुपाद : हो | अगाडी बढ |

तमल कृष्ण : "उँहा त्यहाँबाट सुरु गर्नुहुन्छ जहाँ कृष्णले आफ्नो शिक्षा रोक्नु भएको थियो महान महान भक्तहरुले यो कुरा स्वीकार गर्नुहुन्छ कि चैतन्य महाप्रभु नै कृष्ण हुनुहुन्छ भनेर, र जुन ठाउँमा उँहाले आफ्नो ज्ञान रोक्नुभएको थियो भागवाद गीतामा, उँहा त्यहि ठाउँबाट सनातन गोस्वामीलाई शिक्षा दिन सुरु गर्नुहुन्छ | उँहाले सनातन गोस्वमिलाई भन्नु हुन्छ,'तिम्रो मौलिक अवस्था भनेको तिमी एक शुद्द आत्मा हौ | यो भौतिक शरीर तिम्रो परिचय होइन, न नै तिम्रो यो मन वास्तविक परिचय हो, न त तिम्रो बुद्धिनै हो, नत अहंकार नै तिम्रो वस्तविक परिचय हो | तिम्रो परिचय भनेको तिमी कृष्णको नित्य दास हौ |"

प्रभुपाद : र यहाँ केहि महत्वपूर्ण कुरा छ, कि यो आत्मा सत्क्ष्यातकारमा, तिनीहरु हो भौतिक स्तरमा छन्, तिनीहरु यो सोच्चछन् कि,"म यो शरीर हुँ |" म यो शरीर हुँ, शरीर भनेको इन्द्रिय | त्यसैले मेरो तृप्ति भनेको इन्द्रियको तृप्ति हो | यो स्थूल स्तरको सात्क्ष्यातकार हो | यो शरीर पनि आफू हुँ | यो शरीर आफू, मन आफू , आत्मा आफू | आफू, उस्तै | शरीर, मन र आत्मा, सबै छन् ... तिनता चाहिँ आफू हो | र अहिले स्थूल अवस्थाको हाम्रो जीवनमा, हामी सोच्छौँ कि यो शरीर नै हामी हौँ भनेर | र सुक्ष्म स्तरमा हामी सोच्छौँ कि हामी मन र अहंकार हौँ भनेर | तर वस्तवमा, आफू यो शरिरभन्दा पर छ, मनभन्दा पर, अहंकार भन्दा पर | त्यो हो अवस्थामा | जो शारीरिक चेतनाको स्तरमा सत्क्ष्यातकार छ भने, तिनीहरु भौतिकतावादी हुन् | र जो मन र बुद्धिको स्तरमा छन्, उनीहरु दार्शनिक र कवि हुन्छन् | तिनीहरु हामीलाई दर्शन दिदैँ छन्, हामीलाई केहि ज्ञान दिन खोज्दै छन्, तर तिनीहरुको धारणा गलत छ | जब तिमी अध्यात्मिक स्तरको सत्क्ष्यातकारसम्म आइपुग्छौ, अनि यसलाई भक्ति भनिन्छ | यो चैतन्य महाप्रभुले वर्णन गर्नुभएको छ |