NE/Prabhupada 0306 - हामीले आफ्नो सन्देहपूर्ण प्रश्न प्रस्तुत गर्नुपर्छ

Revision as of 06:14, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0306 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 2, 1968


प्रभुपाद : त्यसैले केहि प्रश्न ? सर्वप्रथम दर्शकस्रोता बाट | हामी प्रश्न चाहन्छौँ, यदि तिमीहरुसंग केहि प्रश्न छ भने, सोध्न सक्छौ | तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया (भा गि ४|३४)| सबै कुराहरु, यदि तिमीलाई बुझ्न मन छ भने, हामीले हाम्रो जिज्ञासा प्रस्तुत गरेर बुझ्नुपर्छ | बुज्यौ | हो ?

युवक मान्छे : मान्छेले यो संसार भन्दा बाहिरको चेतना प्राप्त गर्न सक्छ ? अथवा, के कोसैले यस्तो यो संसार बाहिरको ध्वनिसँग संवाद गर्न सक्छ ? जुन चाहिँ आवाज जस्तो छ ? जस्तै ऊँ को स्तर सम्म पुग्नको लागि | त्यहाँ केहि संवाद छ ? तपाई र म बीच केहि बुझाई, म आफै र मेरो भाई, अरु, हामी सबै ? त्यहाँ केहि महशुस छ कि हामी .... के त्यो आवाज "दोंग ", "औंग |" आउँछ ? मौखिक कुराभन्दा अरु केहि त्यस्तो कुरा छ ? कुरा ?

प्रभुपाद : हो, यो हरे कृष्ण |

युवक मान्छे : हरे कृष्ण |

प्रभुपाद : हो |

युवक मान्छे: तपाईं विस्तृत गर्न सक्नुहुन्छ ? तपाईं वर्णन गर्न सक्नुहुन्छ कि यो कसरी हुन सक्छ ? यो सधै कसरी हुन सक्छ ? मान्छे नभएर, अंग्रेजी नबोलेर, अथवा अरु भाषा नबोलेर ? कसरी त्यो एउटी भाषा बोल्ने ?

प्रभुपाद : ठिक छ, आवाज त जुनै भाषामा पनि ध्वनि निकाल्न सकिन्छ | हरे कृष्ण संस्कृतमा हुनुपर्छ भन्ने छैन | तिमीले यो आवाजलाई अंग्रेजी शुरमा पनि उच्चारण गर्न सक्छौ "हरे कृष्ण " त्यहाँ केहि अफ्ठ्यारो छ ? यी केटाहरु, यिनीहरु पनि हरेकृष्ण भन्दै छन् | त्यसैले त्यहाँ केहि गाह्रो हुँदैन | त्यो आवाजको तरङ्गमा भर पर्छ | यो होइनकि कोसले गयो | जस्तै हार्मोनियम, यदि तिमीले छोयोउ भने त्यहाँ "डुंग " आवाज आउँछ|" त्यो मान्छे अमेरिकन होस् या त इंडियाको होस, यसले हार्मोनियम बजाउनुमा केहि फरक गर्दैन अथवा हिन्दु अथवा मुस्लिमले बजाए पनि आवाज भनेको आवाज हो | त्यसैगरी यो हार्मोनियम, हरे कृष्ण, तिमीले बोल्नासाथ आवाज आउँछ | त्यो हो | हो ?

युवक मान्छे(२): तपाईं एक्लै बसेर ध्यान गर्न सक्नुहुन्छ ? तपाईको मन स्थिर भएन भने के गर्नु हुन्छ ? तपाईं अरु केहि सोच्नु हुन्छ ? तपाई त्यस्तो अवस्थामा केहि अर्को कुराले धकिदिनुहुन्छ कि त्यसकै बारेमा सोच्नु हुन्छ ?

प्रभुपाद : सबै भन्दा पहिले मलाई यत्ति बुझाउ कि ध्यान भनेको तिमीले क बुझेको छौ ?

युवक मान्छे (२): चुपलागेर बसिराख्ने |

प्रभुपाद : हँ ?

तामल कृष्ण : चुपलागेर बसिराख्ने |

प्रभुपाद : चुपलागेर बस्नु | के यो सम्भव छ ? तिमि सोच्न सक्छौ कि यो सम्भव छ भनेर ?

युवक मान्छे (२): यदि हामीले हाम्रो मनको अवाजलाई सुन्यौ भने |

प्रभुपाद : त्येसोभए मन सधैं व्यस्त हुन्छ |

युवक मान्छे (२): यसले तपाइँलाई बकवास गराउँछ|

प्रभुपाद : कसरी तिमी शान्त बस्न सक्छौ ? मन सधैँ चन्चल छ | के तिमी चुपलगेर बसिरहेको अवस्थामा मनले काम नगेरेको केहि तथ्य छ ? जब तिमि सुत्छौ, मनले काम गरिरहेको छ | तिमि सपना देखिरहेको छौ | यो मनको कार्य हो | त्यसैले कहिले तिमीले आफ्नो मन चुप लगेर बसेको देखेका छौ ?

युवक मान्छे(२): त्यो प्रश्न मैले तपाइलाई गर्न खोज्दै थिए |

प्रभुपाद : हो, त्यसैले मन कहिले पनि स्थिर हुँदैन | तिमीले आफ्नो मन केहि कुरामा लगाउनुपर्छ | यो ध्यान हो |

युवक मान्छे (२): तपाई केमा त्यो मन केन्द्रित गराउनु हुन्छ |

प्रभुपाद: हो | त्यो हो कृष्ण | हामी हाम्रो मन कृष्णमा लगाउँछौ, सुन्दर परम पुरुषोत्तम भगवान | मन मात्रै होइन, हाम्रो इन्द्रियहरुलाई पनि लगाउँछौ| किनकि मन इन्द्रियहरुको साथ पाएर चल्छ |