NE/Prabhupada 0310 - येशु भगवानको प्रतिनिधि हुनुहुन्छ, र हरि-नाम भगवान हुनुहुन्छ

Revision as of 06:23, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0310 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 2, 1968


प्रभुपाद : हुँ ?

महापुरुष : प्रभुपाद, त्यहाँ केहि अंतर्विरोध छ, किनकि येशु र चैतन्य महाप्रभु कलियुगमा आउनुभयो, र येशुले भन्नुभयो, भगवान प्राप्तिको लागि मद्वारा मात्रै हुन्छ | मेरो विश्वाश गर अथवा मेरो शरण पर, " र चैतन्य महाप्रभु आएर हरि-नाम संकिर्तननै आत्मा सत्क्ष्यातकारको विधि हो भनेर सिकाउनुभयो ?

प्रभुपाद : त्यसैले तिमीले कहाँ फरक पायौ ? यदि येशुले मद्वारा भन्नुभयो भने, यसको मतलब यो हो कि उँहा भगवानको प्रतिनिधि हुनुहुन्छ, र हरिनाम भगवन हुनुहुन्छ | त्यसैले कित भगवानको प्रतिनिधिद्वारा अथवा भगवान्द्वारा, त्यो एउटै कुरा हो | भगवान अथवा भगवानको प्रतिनिधि, त्यहाँ केहि भिन्नता छैन | यदि सामान्य कुरामा मैले कोहि प्रतिनिधिलाई पठाए भने, यदि उसले सहि गर्यो भने, मैले त्यो स्वीकार गर्नुपर्छ, किनकि ऊ मेरो प्रतिनिधि हो | त्यसैगरी, भगवानले पनि भगवान अथवा उँहाको प्रतिनिधिद्वारा आउनुहुन्छ | त्यहि कुरा | बुझाईमा फरक हुनसक्छ | किनकि येशुले यस्तो समाजलाई बोल्नु भयो जुन धेरै उन्नत थिएन | तिमीले बुझ्न सक्छौ कि त्यस्तो ठुलो व्यक्तित्व, भगवान चेतना भएको व्यक्तिलाई क्रूसमा राखियो | हेर त समाजको हालत | अर्को शब्दमा भन्नुपर्दा, त्यो तल्लो स्तरको समाज थियो | त्यसैले तिनीहरुले भगवानको पूर्ण ज्ञान प्राप्त गर्न सकेनन् | त्यो नै पर्याप्त थियो | "भगवानले श्रृस्टि गर्नुभयो | मात्रै यत्ति बुझ |" तिनीहरु यो बुझ्न सक्दैन थिए कि श्रृस्टि कसरी भयो भनेर | यदि तिनीहरुको बुद्धि भएको भए, तिनीहरुले त्यस्तो ठुलो व्यक्तित्वलाई सुलीमा राख्दैनन् थिए होला | त्यसैले हामीले बुझ्न सक्छौँ कि त्यो समाजको अवस्था कस्तो थियो भनेर | जस्तै कोरानमा मुहम्मद भन्नुहुन्छ "आजको दिनबाट तिमीले तिम्रो आमासंग यौन सम्बन्ध राख्न पाउने छैनौ |" मात्र समाजको अवस्था बुझ्न खोज | त्यसैले हामीले समय, परिवेश,समाजलाई मध्यनजर गरेर प्रचार गर्नुपर्छ | त्यसैले त्यो जस्तो समाजको लागि, उच्च ज्ञान बुझ्न असम्भव छ, भागवद गीतामा भनिएअनुसार | तर मुख्य कुरा, प्रतिनिधि भगवान हुनुहुन्छ, त्यो बाइबल र भागवाद गीतामा मानिएको छ | बाइबलमा "भगवान सर्वच्व हुनुहुन्छ" भनेर सुरुवात हुन्छ र भागवद गीतामा, "तिमी शरण पर " भन्ने निचोड छ | फरक कहाँ छ ? मात्रै व्याख्या समय, समाज र स्थान, मानिसको मात्र छ | त्यत्ति हो | तिनीहरु अर्जुन होइनन | हेर त ? त्यसैले जुनकुरा अर्जुनले बुझे, त्यो कुरा ति मानिस, जोसले येशुलाई सुली चढाए , उनीहरुले बुझ्न सक्दैनन् | तिमीले त्यहि अनुसार बुझ्नु पर्ने हुन्छ | त्यहि एउटै कुरा | एउटा शब्दकोष छ, गोजीमा अट्ने शब्दकोष, बच्चाको शब्दकोष, र अन्तरास्ट्रिय स्तरको शब्दकोश, त्यो दुवै शब्दकोश, तर मूल्य फरक छ | त्यो शब्दकोष बच्चाको स्तरको लागि हो, र अर्को थरि शब्दकोष ठुला विध्वानको लागि हो | तर कुनैलाई पनि तिमी यो शब्दकोश होइन भन्न सक्दैनौ | त्यो तिमीले भन्न सक्दैनौ | त्यो दुवै शब्दकोश हो | त्यसैले हामीले समय, स्थान, मानिस र धेरै कुराको ख्याल राखेर प्रचार गर्नुपर्छ | जस्तै बुद्ध,उँहाले मात्र भन्नुभयो कि" यो जनावर मार्ने प्रक्रिया बन्ध गर " यो उँहाको प्रचार प्रसार थियो | त्यहाँ यति तल्लो स्तरको मानिस थिए कि, जनावरको हत्या गरेर आनन्द लिन्थ्ये उनीहरु | त्यसैले तिनीहरुलाई उच्च स्तरमा लेराउनको लागि, बुद्धले "हत्या हिंशा बन्द गर " भनेर प्रचार गर्नु भयो |" त्यसैले प्रत्येक समयमा भागवानको प्रतिनिधि, अथवा भगवान स्वयं आएर मानिसलाई सिकाउनु हुन्छ | त्यसैले स्थान अनुसार व्याख्यामा केहि फरक आउन सक्छ, तर मुख्य तथ्य भनेको एउटै हुन्छ | बुद्धले भन्नुभयो, "ठिक छ, त्यहाँ भगवान छैन, तर मेरो शरण पर |" उसोभए कहाँ छ भिन्नता ? यसको मतलब यो हो कि हामीले भगवानको प्रतिनिधिलाई कुनैपनि तरिकाबाट स्वीकार गर्नुपर्छ |