NE/Prabhupada 0316 - नक्कल गर्ने प्रयास नगर, त्यो धेरै खतरनाक हुन्छ

Revision as of 06:39, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0316 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 7.9.5 -- Mayapur, February 25, 1977


प्रभुपाद : तुरुन्तै हामी पहिलो श्रेणीको भक्त बन्न सक्दैनौ | हामी हरिदास ठाकुरको नक्कल गर्न सक्दैनौँ | त्यो सम्भव छैन | तर थोरै | सङ्ख्या-पूर्वक​-नाम​-गान​-नतिभिः (षड्-गोस्वाम्य्-अष्टक​) | हामीले अभ्यास गर्नुपर्छ | थोरै शक्ति हामीले पनि बनाईराख्नु पर्छ | र हामीले त्यो बनाईसक्यौँ, त्यसैले .... कोहि तथाकथित भक्तहरु, तिनीहरु मेरो कुरा काट्छन् कि मैले १६ मालामा सिमित पारेँ | होइन, किन १६ माला ? तिमीले तिन सय माला बनाउन सक्छौ, तर थोरैमा १६ माला, किनकि हामीले त्यत्ति धेरै समय दिन सक्दैनौ | हामी सधैँ व्यस्त हुनुपर्छ | तर एउटै ठाउँमा बसेर हरे कृष्ण मन्त्र निरन्तर जप्ने , त्यो कुनै वद्द जीवलाई सम्भव छैन - जबसम्म ऊ मुक्त हुँदैन | त्यसैले अनुकरण गर्न नखोज | मेरो गुरु महाराजले कडा रुपमा,"ठुलो व्यक्तित्व जस्तै, हरिदास ठाकुर, रुप गोस्वामी को अनुकरण गर्न " अस्विकार गर्नुभएको छ | उँहा भन्ने गर्नुहुन्थ्यो, रूप गोस्वामी के मोघ वाञ्छा | रुप गोस्वामी, किनकि उँहाले सिंहको छाला लगाउनु हुन्थ्यो ... त्यक्त्वा तूर्णम् अशेष​-मण्डल​-पति-श्रेणीं सदा तुच्छवत् भूत्वा दीन​-गणेशक्औ करुणया क्औपीन​-कन्था... त्यसैले रुप गोस्वामीको अनुकरण गरेर केहि काम छैन, लुगाको अनुकरण गरेर, र जब मौका पर्छ अनि बिडी खान्छन् |(हाँस्दै) यो वाईहात नगर | त्यसको अर्थ छैन, अनुकरण नगर | अनुशरण गर , अनुकरण होइन | अनुकरण खतरनाक हुन्छ | आनुसरण​. साधु-मार्गानुगमनम् | यो भक्ति हो | हामी ठूलो ठूलो भक्तको पदचिन्ह समाउछौँ, साधुको हामी सक्दैनौ ... हामीले पालन गर्न सक्नुपर्छ | अनुकरण गर्न नखोज | त्यो धेरै खतरनाक छ | कोहि हाम्रो भक्तहरुले छोडेर गए, "यहाँ भजन छैन भनेर,"(हाँस्दै) र मलाई आशिर्वाद मागे कि अर्को गुरु प्राप्त गर्नको लागि | त्यसैले ऊ चाहन्छ कि म उसलाई आशिर्वाद दिउँ ताकी उसले नयाँ गुरु पाओस | यो मुर्खता राम्रो होइन | त्यसैले उत्तम कुरा भनेको महाजनो येन गतः स पन्थाः (चै चअध्य १७|१८६) | उँहा महाजन हुनुहुन्छ | प्रह्लाद महाराज एक महाजन हुनुहुन्छ | १२ जना महाजनमा प्रह्लाद महाराज एक महाजन हुनुहुन्छ | स्वयम्भूर् नारदः शम्भुः कपिलो मनुः प्रह्लादः (श्री भा ६|३|२०)| प्रह्लाद महाराजको नाम यहाँ छ | जनको भीष्मो बलिर् व्ऐयासकिर् वयम् (श्री भा ६|३|१९)| त्यसैले प्रह्लाद महाराज महाजन हुनुहुन्छ | त्यसैले उँहालाई पालन गर, प्रल्हाद महाराजलाई | आनुसरण​ साधु-मार्गानुगमनम् | त्यसैले प्रह्लाद महाराजले के गर्नु भयो ? उँहालाई उँहाको पिताले धेरै अफ्ठ्यारो स्थितिमा राख्नु भयो, र उँहाले के गर्नु भयो ? उँहा मात्रै कृष्ण सम्झिनुहुन्थ्यो, "म के गर्न सक्छु ? मेरो पिता मेरो विरुद्दमा हुनुहुन्छ |" त्यो भनेको मन्-मना भव मद्-भक्तः र जब अन्तिममा पिता बित्नुभयो, उँहाले दण्डवत गर्दै हुनुहुन्थ्यो | त्यसैले यी चार कुराहरु, चरणकमल पालन गर्ने, सुद्द भक्त भएर | सर्वोपाधि-विनिर्मुक्तम् (चै च अध्य १९|१७०) प्रह्लाद महाराजले कहिल्यै पनि हिरण्यकशिपुको छोरा भनेर सोच्नु भएन | उँहा जहिल्यै पनि सोच्नु हुन्थ्यो कि, "म नारद मुनिको दास हुँ भनेर |" त्यो उँहाले भन्नुभयो | जब उँहाले आशीर्वाद दिन चाहनुभयो, उँहाले नृसिंह​-देव​लाई सोध्नु भयो, "कृपा गरेर तपाईंको दासको सेवामा संग्लग्न गराउनुहोस, नारद मुनि , जोबाट मैले यो आशिर्वाद पाएको थिएँ | " उँहाले कहिल्यै भन्नुभएन, "म पिताजिको सेवामा संग्लग्न हुन्छु |" छैन | किनकि उँहाले आशिर्वाद पाउनुभएको थियो ... चक्षुदान दिलो जन्मे जन्मे पिता सेइ | उँहा पिता हुनुहुन्छ | अरु कोहि पिता होइनन् | चक्षुदान दिलो जन्मे जन्मे पिता सेइ | अर्को हरफ के छ ?

भक्तहरु : दिव्य ज्ञान हृदे प्रकाशितो |

प्रभुपाद : अँ, दिव्य ज्ञान हृदे प्रकाशितो | त्यसैले उँहा पिता हुनुहुन्छ | त्यसैले हामीले सधैँ मनमा राखीराख्नु पर्छ | केहि धेरै कुरा पाइसक्यौ, त्यसैले आवेशमा आएर कृष्णभावना नछोड | धेरै धन्यवाद |