NE/Prabhupada 0318 - सूर्यको प्रकाशमा आऊ

Revision as of 06:41, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0318 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 4.22 -- Bombay, April 11, 1974


वैष्णव कहिल्यै पनि मत्सर हुदैन | मत्सरह भनेको ... त्यो श्रीधर स्वामीले वर्णन गर्नुभएको छ | मत्सरता परा उत्कर्षणम् असहनम् | भौतिक संसार यस्तो छ कि यदि तिम्रो आफ्नै भाई खुसि भयो भने, तिमीलाई इर्ष्य लाग्छ, "ओहो मेरो भाई यस्तो खुसि भयो, म हुन सकिन |" यो प्राकृतिक छ | डाह गर्ने प्रवृत्ति | किनकि डाह गर्ने प्रवृत्ति कृष्ण देखिनै सुरु भएको हो कि, "किन कृष्ण मात्रै भोक्ता हुने ?म पनि भोग्छु |" यो डाह गर्ने प्रबृत्ति सुरु भयो | त्यसैले सारा भौतिक जीवन डाह गर्ने प्रवृत्तिमा बित्यो | म तिम्रो डाह गर्छु, तिमी मेरो डाह गर्छौ | भौतिक संसाको यहिनै काम हो | त्यसैले यहाँ विमत्सरह भनिन्छ, डाह नगर्ने | को डाह नहुन सक्ला जबसम्म ऊ कृष्णको भक्त भयो भने ? ऊसमा डाह गर्ने प्रवृत्ति हुनै पर्छ | यो प्रकृति हो | त्यसैले श्री भागवत भन्छ धर्मः प्रोज्झित​-क्ऐतवो ऽत्र परमो निर्मत्सराणाम्, वास्तवं वस्तु वेद्यम् अत्र (श्री भा १|१|२)| धर्म ... त्यहाँ धेरै धार्मिक सिद्धान्त छन् | त्यहाँ इर्ष्य छ | तथाकथित धार्मिक सभ्यता, जनावरको घाँटी काटेर | किन ? यदि तिमी यस्तो अन्तर्यामी छौ कि जहाँ पनि नारायण देख्छौ भने, किन तिमीले खसीको गाईको, र अन्य जनावरको घाँटी काट्छौ ? तिमी तिनीहरुको लागि पनि करुणामय हुनुपर्छ | तर त्यो करुणा, भक्त नभएसम्म प्रस्फुटन हुदैन विमत्सरह | निर्मत्सरह | त्यसैले तथाकथित धार्मिक सिद्धान्त जुन मत्सरता, डाह गर्ने प्रवृत्तिले भरिएको छ, यो भनेको कैतव-धर्म हो, धर्मको नाममा ठगीगर्ने | त्यसैले यो कृष्ण चेतना ठगी गर्ने धर्म होइन | यो धेरै खुल्ला मन छ | तितिक्षवः कारुणिकाः सुहृदः सर्व​-भूतानाम् (श्री भा ३|२५|२१)| यो कृष्ण चेतनाको अभियान भनेको सबैजना सबैको साथि बन्न तयार हुन्छन् | नत्र यदि कृष्ण भावनाभवित व्यक्तिले त्यसो सोचेन भने, किन उसले कृष्ण भावनाको यो सन्देश सारा संसारभार प्रचार गर्न यत्रो जोखिम उठाईराख्नुपर्यो ? विमत्सरह | उसले बुझ्नु पर्छ कि कृष्ण चेतना निकै राम्रो हो भनेर, कि सबैजनाले यो पाउनु पर्छ, सबैजनाले यसमा भाग लिन पाउनुपर्छ | कृष्ण चेतना भनेको भगवान चेतना | किनकि मानिसहरु भगवान चेतनाको कमीले पिडामा छन् | यो हो पिडा | कृष्ण​-बहिर्मुख हना भोग वाञ्छा करे निकट​-स्थ माया तारे जापटिया धरे (प्रेम​-विवर्त​) यो शुत्र हो | हामीले कृष्ण बिर्सिना साथ त्यहाँ माया हुन्छ | जस्तै घाम र छायाँ एक अर्को गरेर रहन्छन् | यदि तिमी घाममा रहन मन छैन भने छायाँमा बस्ने पर्छ | यदि तिमी छायाँमा बस्दैनौ भने घाममा आउनेपर्छ | त्यसैगरी यदि हामीले कृष्णचेतना अपनाएनौ भने हामीले मायाचेतना अपनाउनु पर्छ | र यदि हामीले मायाचेतना अपनाएनौ भने हामीले कृष्णचेतना अपनाउनु पर्छ | एउटा नभए अर्को | त्यसैले कृष्ण चेतना भनेको अँध्यारोमा रहने होइन | तमसि मा ज्योतिर् गम​ | त्यो वेदिक ज्ञान हो, "अँध्यारोमा नबस |" र के हो त्यो अँध्यारो ? त्यो अँध्यारो भनेको शारीरिक स्तरको जीवन हो |