NE/Prabhupada 0320 - हामी भाग्यवान बन्न सिकाउँदैछौं

Revision as of 06:46, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0320 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 16.6 -- South Africa, October 18, 1975


केटि : श्रीला प्रभुपाद, यदि .... सबै जीवात्मा कृष्णको अंश हो भने | यदि हामी उँहाको शरण परेनौ भने, हामी शरण त आखिर सबैजना पर्नुनै छ |

पुस्त कृष्ण : हामी सबै शरण पर्छौं .... यदि हामी यो जीवनमा शरण परेनौ भने, के सबै जना कृष्णको शरण पर्छन् त ? के सबैजना भगवत धाम जान्छन् त ?

प्रभुपाद : हँ ? त्यसैले तिमीमा संका छ ? सबैले त्यो गर्दैनन् | त्यसैले तिमीसंग चिन्ता छैन | त्यो सबैले गर्दैनन् | त्यसैले चैतन्य महाप्रभु भन्नुहुन्छ एइ रूपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव (चै च अध्य १९|१५१)| जबसम्म कोहि भाग्यवान छैन, ऊ भगवत धाम जान पाउँदैन | ऊ यहि कुहिएर बस्छ | त्यसैले यो कृष्णभवनको अभियान भनेको हामीले मानिसलाई भाग्यवान बनाउने हो | यदि, उसले चायो भने, ऊ भाग्यवान बन्न सक्छ | त्यो हाम्रो प्रयास हो | हामीले धेरै केन्द्रहरु स्थापना गरेका छौँ | हामीले कसरी भाग्यावान बन्ने भनेर सिकाउँदै छौँ, कसरी भगवत धाम फर्किने, कसरी खुसि रहने भनेर | यदि कोहि भाग्यवान छन् भने, उनीहरुले यो ज्ञान पाएर जीवन परिवर्तन गर्न सक्छन् | त्यसैले यो अभियान हो | तर भाग्यवान नभैकन कोहि पनि जान सक्दैन | भाग्यवान | हामी तिनीहरुलाई भाग्यवान बन्ने मौका दिदैँ छौँ | त्यो हो हाम्रो अभियान | धेरै भन्दा धेरै अभागिले पनि भाग्यवान बन्ने मौका पाएका छन् | सबैले यो कुरा बुझ्न सक्छ कि कसरी त्यस्तो अभागी जिन्दगिबाट भाग्यमानी भएँ भनेर | यो कृष्ण चेतनाको अभियान हो कि हामीले अभागीलाई मौका दिदैँ छौँ | सबै अभागी छन्, सबै दुस्ट छन् | हामीले मौका दिदैँ छौँ कि कसरी बुद्धिमान र भाग्यमानि हुने भनेर | यो कृष्ण चेतनाको अभियान हो | यदि मानिसहरु अभागी र मुर्ख भएनन् भने त्यहाँ प्रचार गर्नुको के अर्थ भयो र ? प्रचार भनेको तिमीले अभागी मुर्खहरुलाई भाग्यमानी र बुद्धिमान बनाउने कार्य हो | त्यो हो प्रचार | तर जबसम्म तिमी भाग्यमानी र बुद्धिमान छैनौ, तिमीले कृष्ण चेतनाको यो सिद्धान्त ग्रहण गर्न सक्दैनौ | त्यो वास्तविक हो |